Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा अनियमितता भएको निष्कर्ष निकालेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्का अनुसार जडान नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको भन्दै अनियमितता भएको निष्कर्ष निकालेको हो । इमान्दारितापूर्वक काम भएको थियो भने मुचुल्कामा पछि थपघट गर्नुपर्ने अवस्था नहुने अख्तियार उच्च स्रोत बतायो । दुई वर्षअघि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको मन्दिर पुगेर सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए । चौतर्फी विरोधका बावजुद पशुपति क्षेत्र विकास कोषले मन्दिरमा चाँदीको साटो सुनको जलहरी राख्ने…

Read More

काठमाडौँ : नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको हो । बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव सुनाउँदै विद्यालय शिक्षा विधेयकबारे पार्टीको धारणा सार्वजनिक गरेका हुन् । शर्माका अनुसार कांग्रेसले सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिलाई सकारात्मक रूपमा लिएको छ । कांग्रेसले विद्यालयको पठन पाठन सहज ढंगले हुने वातावरण निर्माण गर्न पनि अपिल गरेको छ । यता सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले भने असहमति जनाएका छन् । २०७५ सालभन्दा अगाडिका ४०…

Read More

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताए । ‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन, राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौं । हामी विज्ञप्ति निकाल्छौं’, अधिकारीले भने । २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग बैठकमा राखिएको तर सुनुवाइ नभएको उनले बताए । यस्तै राहत शिक्षक संघका महासचिव कुमार बजगाईँले नेपाल शिक्षक महासंघबाट अलग हुने बताए । उनले माइतीघर मण्डलामा ४० हजार राहत…

Read More

काठमाडौँ : सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित गरेको छ । यससँगै नयाँ व्यवस्थाअनुसार नागरिकता वितरणको बाटो खुलेको छ । बिहीबार नियमावली प्रकाशित भएसँगै उमेर पुगेका र बाबुको पहिचान हुन नसकेका व्यक्तिले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र पाउने भएका छन् । त्यस्ता व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेश गर्नुपर्नेछ । यसअघि बाबुको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधनसँगै बाबुको पहिचान नभएका व्यक्तिले अवदेखि आमाका नामबाट नेपाली नागरिकता पाउने भएका हुन् । तर यस प्रावधानमा विदेशी मुलुकको नागरिकता नलिएको भनी अनुसुची –७ क। बमोजिम स्वघोषणा गर्नुपर्ने छ । यस्तै संशोधित नियमावलीमा गैरआवासीय…

Read More

काठमाडौं : सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। गृहमन्त्रालय बसेको बैठकमा सहमति बनेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्। सहमतिलाई ड्राफ्टलाई पूर्णता दिने काम भइरहेको बताइन्। सहमति कार्यान्वयमा सरकार प्रतिबद्ध रहेको उनले सुनाइन्।सरकार र शिक्षकहरुबीच सहमति भएसँगै आन्दाेलनरत शिक्षकहरुले आन्दाेलन फिर्ता लिएकाे छ । हेर्नुहो: सहमतिको मस्यौदाको पूर्णपाठ १. नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने । २. “विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मा भएका देहायका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडी बढाउन सहजीकरण गर्ने (क) शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका…

Read More

काठमाडौँ: नेपाल क्रिकेट सङ्घ (क्यान) को साधारण सभा आज शुक्रबार काठमाडौँमा सुरु भएको छ । बालुवाटारस्थिति एक पार्टी प्यालेसमा भोलि शनिबारसम्म चल्ने साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् । उनले सर्वसम्मत अध्यक्ष हुन चाहेका थिए, तर लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । सचिवमा भने पूर्व कप्तान पारस खड्का उठ्ने भएका छन् । उनी बागमती प्रदेशका अध्यक्ष समेत हुन् ।

Read More

काठमाडौँ: सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरूको बैठकले सहमतिको सात बुँदे मस्यौदापत्र तयार गरेको छ । आज शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरको टोलीले वार्ता गरेको थियो । उक्त वार्तामा सात बुँदे सहमतिपत्र तयार गरिएको छ । यो सहमतिपत्रमाथि अहिले गृह मन्त्रालयमा जारी वार्तामा छलफल भइरहेको स्रोतले बताएको छ । सहमतिको पहिलो बुँदामा नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरूको मर्यादाक्रम कायम गर्ने उल्लेख छ । दोस्रो बुँदामा विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा विभिन्न ९ वटा संशोधन प्रस्ताव गरिएको छ । शिक्षकको समायोजन,…

Read More

डडेल्धुरा: डडेल्धुरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिका–४ कटालका टेकबहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ जर्नेमा घरधनी बोहरासँगै करनदेव ओझा, करन बोहरा, जयराज पन्त, भीमबहादुर स्नेही र शन्तोष साउँद रहेको प्रहरी निरिक्षक बीरबहादुर थापाले जानकारी दिए। उनका अनुसार बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद १५ हजार ५ सय १५ र ३ गड्डी ताससहित पक्राउ गरिएको हो।

Read More

काठमाडौं: आउँदो आइसिसी यू–१९ विश्वकपमा पहिलो खेलमा नेपालले न्यूजिल्याण्डसँग खेल्ने भएको छ । आइसिसीले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले आउँदो वर्षको १३ जनवरीमा न्यूजिल्याण्डसँग खेल्ने भएको हो । नेपालले दोस्रो खेल १७ जनवरीमा पाकिस्तानसँग खेल्नेछ । नेपालले २० जनवरीमा समूह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्ने तालिका छ । श्रीलंकामा आयोजना हुने विश्वकप १३ जनवरीदेखि ४ फेब्रुअरीसम्म हुनेछ । गत २ मार्चमा भएको एसिया छनोट फाइनलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो । नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकप छनोट भएको हो । आसन्न विश्वकपमा १६ देशको सहभागिता रहनेछ । सहभागी १६ देशलाई चार समूहमा विभाजन गरिएको छ…

Read More

बैतडी: बैतडीमा एक किशोरी मृत फेला परेकी छिन्। जिल्लाको दोगडाकेदार गाउँपालिका ७ बुदीलकी १९ वर्षीया चन्द्रा बिष्ट बिजुलीको पोलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। घरभन्दा डेढसय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए शुक्रबार दिउँसो एक बजेतिर उनी झुण्डिएको बताइएको छ। सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत बिष्ट झुण्डिनुको कारण भने खुलेको छैन् । घटनास्थलतर्फ प्रहरी खटिएको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More