Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीलाई दैनिक रासनका लागि छुट्याइने रकम साह्रै न्यून भएको बताएका छन् । मुलुकको आर्थिक अवस्था कमजोर रहे पनि दैनिक प्रहरीलाई छुट्याइएको २ सय ३ रुपैयाँले नपुग्ने गरेको बताए । प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा महानिरीक्षक अर्यालले रासनका लागि छुट्याइएको रकमबारे सांसदहरूलाई जानकारी गराएका हुन् । सांसदहरूले पनि उक्त कुरालाई चासोका साथ लिएका थिए । ‘रासनसम्बन्धी समस्या छ । हुन त देशको आर्थिक अवस्था नै त्यस्तै छ तर सुरक्षामा अलिकति ध्यान दिनुपर्ने १ उदाहरणका लागि काठमाडौंमा हेर्दा २०३ रुपैयाँले बिहान चिया अण्डा त्यसपछि खाना (लन्च) त्यसपछि खाजा र बेलुका खाना,…

Read More

बैतडी : बैतडीमा बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छन् । झुलाघाटबाट बैतडीतर्फ आउदै गरेको से१ ज ४०९ नम्बरको जिपमा सवार बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौकी ४२ वर्षीया पुष्पा बोहरालाई सोही नगरपालिकाको वडा नं ८को झुलाघाट नजिकैको मौरीभीर भन्नेस्थानबाट बारुद बनाउन प्रयोग गरिने करिब १२ किलो कच्चा पर्दाथसहित प्रहरीले पक्राउ गरेको हो । बोहराको साथबाट बारुद बनाउन प्रयोग गरिने गन्धजस्तो देखिने पदार्थ २ केजी र बारुद नै बनाउन प्रयोग गरिने सुरा जस्तो देखिने पदार्थ १० केजीसहित १२ केजी अवैध पदार्थ फेला परेको प्रहरीले जनाएको छ । सुराकीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले चेकजाँच गर्नेक्रममा…

Read More

काठमाडौं : आन्दोलनरत शिक्षकहरु र सरकारबीचको आजको बैठक पनि निष्कर्षविहीन बनेको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नजुटेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानूमन्त्री धनराज गुरुङले भोलि टुंग्याइने बताए । उनले समस्या टुंगिएपछि विद्यालय खोल्ने बताए । नेपाल शिक्षक महासंघले भने यो वार्ता नभएर अनौपचारिक छलफल भएको बताए । नेपाल राष्ट्रिय राष्ट्रिय शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले अनिश्चितकालीन आन्दोलन जारी रहने बताए । उनले सहमति नभइ आन्दोलन नछोड्ने बताए । वार्ता कमिटी गठन गरेर मात्रै सहमति हुने उनले बताए । ‘अहिले छलफल मात्रै भयो । वार्ता कमिटी गठन भएर जबसम्म बैठक हुँदैन तबसम्म हामी छलफल…

Read More

काठमाडौं : शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षकहरु र सरकारबीच दोस्रो चरणको वार्ता सुरु भएको छ। सिंहदरबारमा सरकारका चार मन्त्रीसहितको टोली र आन्लोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको हो। बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ र सरोकारवाला मन्त्रालयका सचिवहरूको उपस्थिति छ। यस्तै महासंघको तर्फबाट महासंघकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन्। गत हप्ता सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति…

Read More

काठमाडौं : नेकपा (एमाले)का तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने र संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति रहेका सांसदहरुले शिक्षामन्त्री अशोक राइसँग भेट गरी शिक्षा विधेयक फिर्ता लिन सुझाव दिएका छन् । भेटपछि एमालेका सचेतक महेश बर्तौलाले यस्तो जानकारी गराएका हुन् । ‘सामूदायिक र सरकारी शिक्षालाई अझ व्यवस्थित ढंगले अघि बढाउने कुरामा सरकारले पछिल्लो समय ल्याएको शिक्षा विधेयकले सरकारको नियतमाथि नै आशंका पैदा गरिदिएको बर्तौलाले बताए । उनले भने- ‘तीन तहको सरकारको दायित्वलाई व्यवस्थित ढंगले संविधानले दिएको सीमा भित्र रहेर अघि बढ्ने गरी संघीय शिक्षा ऐन आउनुपर्ने थियो । तर, सरकारले सबै दायित्वबाट पन्छिने गरी विधेयक ल्याएको छ ।’ सरकार सदासयताका…

Read More

धनगढी: नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम अध्यक्षमा अरुण कुँवर चयन भएका छन्। डोटीमा आज सम्पन्न युवा संघको प्रदेश अधिवेशनबाट अध्यक्षमा कुँवर चयन भएका हुन्। यस्तै अधिवेशनबाट उपाध्यक्षमा बमबहादुर शाही, सचिवमा प्रकाश खड्का, सह-सचिवमा रामबहादुर रोकाया र दिपेन्द्र खड्का, कोषाध्यक्षमा खगेन्द्र नाथ चयन भएका छन्।

Read More

डडेल्धुरा : डडेल्धुरामा विवाहित महिलामाथि सामूहिक बलात्कार गर्ने चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। भागेश्वर गाउँपालिकाकी २० वर्षीया विवाहित महिलालाई सामूहिक बलात्कार गर्ने चार युवालाई प्रारम्भिक रूपमा बलात्कार गरेको स्विकारेपछि जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। प्रहरीले भागेश्वर गाउँपालिका–३ ओडगाउँका २३ वर्षीय कमल ओड, १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओडलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार प्रकाश र दीपक अविवाहित हुन्। केही महिनादेखि पेट दुख्यो भनेपछि परिवारका सदस्यले ती महिलालाई ३० भदौमा भागेश्वर गाउँपालिका–३ मा आयोजित स्वास्थ्य शिविरमा पठाएका रहेछन्। त्यहाँ शिविरमा उनको भिडिओ एक्सरे गर्दा ५ महिनाको गर्भ रहेको…

Read More

धनगढीः कैलालीबाट पाँच जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ बाँस्कोटाका लोकबहादुर खड्काको पसलबाट उनीहरू पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार ५५ वर्षीय मनिराज महतासहित पाँच जना पक्राउ परेका हुन। उनीहरूको साथबाट २० हजार पाँच सय ७० रुपैयाँ बरामद गरिएको छ। उनीहरूको साथबाट तीन बुक ताससमेत बरामद गरिएको छ।

Read More

डोटीः डोटीमा एक होटलमा विद्युत सर्ट हुदा आगलागी भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ कुन्जेडीका कृष्णबहादुर कुन्जेडाको होटेलमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी हुँदा पसल भित्र रहेका खुद्रा सामान, कस्मेटिक, भाँडावर्तन, बाकसमा रहेका कागजपत्र, फर्निचर, काउण्टर र पसल पछाडी राखेको सु.प.प्र ०१००९ प ७२४४ नम्बरको मोटरसाइकल समेत जलेर नष्ट भएको छ। आगलागीबाट अन्दाजी करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विभिन्न मितिमा फैसला भएका फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो । नक्कली बिल भरपाई बनाई सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार आज पुनरावेदन दिइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । सो मुद्दामा दिपा रेग्मीसहित ३६ जना प्रतिवादी रहेका छन् ।

Read More