Author: महेन्द्रनगर पोष्ट

धनगढीः बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। छेलाबाट दशरथचन्द नगरपालिका ३ दुर्गाभवानी जाँदै गरेको से १ ज ३२० नम्बरको जीप अनियन्त्रित भएर बिहीबार राति १० बजेतिर डुवापानी भन्ने स्थानमा दुर्घटनामा परेको हो। दुर्घटनामा परि जीपमा सवार ८ जनामध्ये ६ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जना जिल्ला अस्पताल बैतडीमा उपचार गराएर घर फर्किसकेका छन् भने दशरथचन्द नगरपालिका ३ का दिलिप नाथलाई थप उपचारका लागि धनगढी ल्याइएको छ।

Read More

काठमाडौंः क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरी ५० लाख रुपैयाँ असुलिएको घटनामा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका दुई प्रहरी पक्राउ परेका छन्। हवल्दार गणेश खड्का र जवान साजन शर्मा चपाईलाई परिसरले थुनामा राखी मुद्दा अघि बढाएको छ। गत १४ भदौमा उनीहरुले क्यानडा बस्दै आएका आशिष आचार्यलाई पक्राउ गरेका थिए। क्रिप्टो कारोबारका आरोपमा थुनामा परेका युवाका आफन्तसँग रकम लेनदेनमा प्रहरी सहायक हवल्दार र एक जवानको भूमिका शंकास्पद भएको निष्कर्ष निकाल्दै छानबिन समितिले प्रतिवेदन बुझाएको थियाे। उपत्यका प्रहरी कार्यालयले क्रिप्टो कारोबारमा सोधपुछका लागि थुनामा राखेका युवा आशिष आचार्यको आफन्तबाट ५० लाख रुपैयाँ लिएर छाडेको घटनाको अनुसन्धान गर्न समिति बनाएको थियो। कार्यालयका…

Read More

धनगढीः कञ्चनपुरका किशोरहरु लागुऔषधको दलदलमा फस्न थालेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो समय लागुऔषधसहित पक्राउ पर्नेमा भर्खर किशोरहरु पनि रहेका छन् । सोही क्रममा बिहीबार तीन जना १८ वर्षीया किशोरलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट मझगाउँबाट संयुक्त खटिएको प्रहरी टोलीले तीन किशोरलाई पक्राउ गरेको हो । भीमदत्त नगरपालिका वडा नम्बर १७ मझगाउँबाट वडा नमबर १५ बस्ने १८ वर्षीया तीन किशोर पक्राउ परेका हुन् । उनीहरुको साथमबाट ०.९६ ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै म २ प ४२०८ नम्बरको मोटसाइकल पनि बरामद गरिएको छ ।

Read More

धनगढीः भीषण वर्षाको आकलन भई रेडअलर्ट जारी भएकामध्ये सुदूरपश्चिमका दुईसहित ४२ पहाडी र हिमाली जिल्लामा सरकारले रात्रिकालीन बस चलाउन रोक लगाएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रातको समयमा यात्रा गर्दा बाढीपहिरोको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेका पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय गरेको हो। मौसम पूर्वानुमान महाशाखाले यसअघि विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म भीषण वर्षाको चेतावनी दिइसकेको छ भने सात प्रदेशका ५६ जिल्लामा रेडअलर्ट जारी गरेको छ। प्राधिकरणले तराईमा भने रात्रिकालीन बस चलाउन रोक लगाएको छैन। कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा…

Read More

धनगढी: कैलालीमा दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार तीन ठुला पर्वलाई लक्षित गर्दै सुरक्षा योजना तयार पारिएको हो। उक्त योजनाअनुसार जिल्लाभर साढे आठ सय प्रहरी परिचालन गरिने कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जानकारी दिए। आम नागरिकलाई सुरक्षा दिनेगरि जनशक्तिको सही परिचालन, सिघ्र सेवा, तत्काल कारवाही र सहज पहलको उद्देश्यले जिल्लाभर शान्ति, सुरक्षा व्यवस्था मजबुत बनाउने गरि योजना तयार गरिएको उनले बताए। `दसैंदेखि छठ पर्वसम्म जिल्लामा चोरी, डकैती, जुवातास, मदिरा सेवन, लागुऔषध सेवन नियन्त्रण, अपराधिक घटना न्यूनीकरण गर्दैै नागरिकलाई सुरक्षा प्रदान गर्न नियमित चेकजाँच बढाइनेछ,´ उनले भने, `त्यसका जागि सामान्य…

Read More

काठमाडौँ:  देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। सबै प्रदेशको एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।   आज दिउँसो देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका थोरै स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी…

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रन्जिता श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ। सो पार्टीका संरक्षक तथा रन्जिताका पति रेशमलाल चौधरीले हिजो सामाजिक सञ्जालबाट पत्नीको अपरेसन भएको जानकारी गराएका हुन्। अपरेसन सफलतासँगै उनले पत्नीको स्वास्थ्यलाभको पनि कामना गरेका छन्। ‘हाम्रो नागरिक उन्मुक्ति पार्टीको संस्थापक अध्यक्ष तथा मेरो श्रीमती रन्जिता श्रेष्ठ चौधरीलाई मुटु अपरेसन कक्षमा लगिएको छ’, रेशमले लेखेका छन् ‘उहाँको शीघ्र स्वास्थ्य लाभको कामना। अपरेसन सफल होस्। पत्नीको अपरेसन हुँदै गरेको जानकारी दिएका रेशमले यसबारे थप जानकारी गराएका छैनन्। तर, रन्जितालाई बोलाउन राजनीतिक दलका नेता नआएको आसयको गुनासो गर्दै भनेका छन्, ‘अस्ति तिम्रो स्टाटस आएको थियो, भकारी रित्तिएपछि मुसाले त…

Read More

काठमाडौँ: सर्वोच्च फुलकोर्टको बैठकले १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो। सर्वोच्च अदालतले बिहीबार एक सूचनामार्फत १५९ जनाको नाम पनि सार्वजनिक गरेको छ। वरिष्ठता, पेसामा सक्रिय निरन्तरता, आचार संहिता उल्लंघन तथा फौजदारी कसुरमा पनि सजाय नपाएकोलगायतका मापदण्डका आधारमा सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्छ।

Read More

काठमाडौं: सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हद खारेजीको माग गरिएको रिट खारेज भएको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बिहीबार रिट खारेज गरिदिएको हो। सशस्त्रको ३० वर्षे सेवा हद हटाउन माग गर्दै अवकाशनजिक रहेका डीआईजी अभिकुमार खत्रीसहित चार जनाले गत भदौ १ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठको नेतृत्वमा अवकाशको पत्र पाएका २१ प्रहरी अधिकृतले नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा हद कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको थियो। यसपछि गृह मन्त्रालयले भ्याकेट दिएको थियो। सरकारको भ्याकेट स्वीकार गर्दै भदौ १४ मा न्यायाधीशद्वय विनोद शर्मा र शारंगा सुवेदीको…

Read More

काठमाडौं: विवादित प्रहरी इन्सपेक्टर बिनुकुमारी शाही निलम्बन सिफारिस भएपछि मुद्दा चलाउने तयारीसमेत थालिएको छ। प्रहरी प्रभाग भैँसेपाटीकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) शाहीमाथि प्रहरीले नै मुद्दा चलाउने तयारी गरेको हो। उनीमाथि ‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेर एक युवाबाट ३० लाख रुपैयाँ असुल गरेको आरोप छ। सो आरोपपछि शाहीको जिम्मेवारी खोसिएको छ भने निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ। शाहीकै योजनामा एक जग्गा व्यवसायीलाई बलात्कारको मुद्दा चलाउने भन्दै ३० लाख असुल गरेको खुलेपछि उनीमाथि समेत ललितपुर प्रहरीले मुद्दा चलाउने तयारी गरेको हो। उपत्यका प्रहरी कार्यालय स्रोतका अनुसार इन्स्पेक्टर शाहीमाथि मुद्दा नै चलाउनुपर्ने केही आधार देखिएका छन्। थप प्रमाण भेटिए मुद्दा चल्ने स्रोतको…

Read More