Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका २ भन्सार रोड नजिकबाट भन्सार छलिका समान बरामद गरिएको हो। भन्सार छली ल्याएका अन्दाजी १९ हजार मूल्य बराबरको चिनी, नरिवल, मिश्री, चामल लगायतका सामानहरु बुधवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ।

Read More

काठमाडौं : साफ अन्डर नाइन्टिन च्याम्पियनसिपमा आज नेपाल–पाकिस्तान भिड्ने भएका छन्। आजदेखि काठमाडौंमा सुरु हुन लागेको च्याम्पियनसिपमा नेपाल र पाकिस्तानको खेल साँझ साढे ५ बजे सुरु हुनेछ। समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। पाकिस्तानी टोली बुधबार मात्र काठमाडौं आइपुगेको छ। पाकिस्तान पहिलोपटक यो प्रतियोगितामा सहभागी हुन लागेको हो। भारत पछिल्ला दुई संस्करणको विजेता हो। दुवैपटक नेपाल फाइनल पुग्न नसक्दा बंगलादेश उपविजेता बनेको थियो। यसपटक देशभरबाट छानिएका दुई सय खेलाडीमध्येबाट नेपालको टिम तयार पारिएको छ। यसैबीच, दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दिउँसो साढे १ बजे बंगलादेश र भारत आमने–सामने हुनेछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको…

Read More

डडेल्धुराः डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ। आज दिउँसो पत्रकार सम्मेलन गरि तीनै जनालाई सार्वजनिक गरिने डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिएका छन्। भागेश्वर गाउँपालिका ३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओडलाई प्रहरीले पक्राउ गरेको हो भने १८ वर्षीय किशोर फरार रहेका छन् । कमल र १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ । त्यस्तै तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा…

Read More

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ । महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशहरूका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको…

Read More

अछाम: ‘रेन्बो फेमिली’ ले अछामको रामारोशनमा गर्ने भनिएको भेलामा आएर सीमामा रोकिएका विदेशीलाई नरोक्न गृह मन्त्रालयले आदेश दिएको छ। प्रमुख जिल्ला अधिकारीलाई गृहले भिसा भएकालाई नरोकी यातायातमा सहजीकरण गर्न भनेको बताइएको छ। “हामीलाई यातायातमा सहजीकरण गरिदिनू, भिसा भएकालाई आगमनका लागि नरोक्नू भनेर निर्देशन आयो,” प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने। रामारोशनमा कार्यक्रमका लागि संस्कृति तथा पर्यटन मन्त्रालयबाट छुट्टै आदेश आउने बताइएको छ। कार्यक्रम गर्न दिने आदेश आएपछि विस्तृत रूपमा कार्ययोजना बनाएर त्यसै अनुसारको सुरक्षा प्रबन्ध हुने प्रजिअ पोखरेलको भनाइ छ। आएका विदेशीले नेपालको कानुनविपपरीतका काम गरेमा भने कारबाही हुने बताइएको छ। गृह मन्त्रालयले पर्यटकलाई नरोकी आवतजावतमा सहजता गर्नू भनेसँगै अछामका…

Read More

काठमाडौं : सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेको व्यवस्थामाथि असन्तुष्ट जनाउँदै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरु गरेका छन् । सरकारले सो विधेयकमा समेटिएको विषयमा छलफलका लागि बोलाएको वार्ता अस्वीकार गरेर शिक्षकहरू आन्दोलित भएका हुन् । संविधानअनुसार शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिकालाई अस्वीकार गर्दै उनीहरूले सो विषय संसद्बाट संशोधन हुनुपर्ने प्रमुख माग राखेका छन् । संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ । यस व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालले गए राती २ बजे बाग्मती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ। काठमाडौको दक्षिणकाली नगरपालिका – ८ कटुवालदह स्थित बाग्मती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामाको उद्धार गरिएको हो। पानीको बहाव कम भएको बेला नदी पारी गएका लामा बहाव बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए। सो बारे खबर प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरूङ्गको कमाण्डमा ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गण कीर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोस केसीको कमाण्डमा गएको १५…

Read More

डडेल्धुराः डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका ३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओड रहेका छन् भने १८ वर्षीय किशोर फरार रहेका छन्। कमल र १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ। त्यस्तै तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगि जबरजस्ती करणी गरेकोे उनीहरुमाथि उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ…

Read More

धनगढीः सरकारी विद्यालय बन्द गराएर सुदूरपश्चिमका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्। सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावित विद्यालय शिक्षा विधेयकमा १८ बुँदे असहमति राखेर देशभरका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरु आन्दोलनमा उत्रिएका छन् । प्रदेशभित्र रहेका चार हजार ३०१ शिक्षक शिक्षिकाहरु पनि बुधबार आन्दोलनकै लागि काठमाडौं पुगेका हुन्। विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणासहित राजधानी पुगेका शिक्षक–शिक्षिकाहरूका कारण प्रदेशभरका विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। आन्दोलनका लागि शिक्षकहरू काठमाडौ पुगेपछि सुदूरपश्चिमका ९ लाख २० हजार ९३७ विद्यार्थीको पठनपाठन प्रभावित हुने देखिएको छ।

Read More

बैतडी : बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–२ मल्लाढिकबाट एक नाले भरुवा बन्दुक र ७१० ग्राम बारुदसहित सोहि गाँउपालिका–१ रिमका ४५ वर्षीय बिष्णुसिंह साउँदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । प्रहरी चौकी खोचलेकबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक र बारुदसहित पक्राउ गरेको उनले बताए । पक्राउ परेका साउँदमाथि हातहतियार तथा खरखाजना सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

Read More