Author: महेन्द्रनगर पोष्ट

पाल्पाः पाल्पामा तीज कार्यक्रममा झडप हुँदा एक युवकको ज्यान गएको छ। तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको ज्यान गएको हो। आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए। गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए। महिला नाचिरहेका बेला युवाहरुबीच झगडा भएको थियो। त्यही विषयलाई लिएर पुनः झगडा भएको बुझिएको छ। झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार हुँदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले बतए । हत्याको…

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरूको दाहसंस्कारका लागि ५ हजार प्रदान गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाको ९औं स्थापना दिवसको अवसरमा विपन्न परिवारलाई दाहसंस्कार गर्न प्रति परिवार ५ हजार दिने निर्णय गरिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए। उनले आर्थिक अवस्था कमजोर भएका परिवारले खर्च लिन नगर प्रहरीलाई सम्पर्क गर्न आग्रह गरे। त्यसपछि नगरपालिकाका प्रतिनिधिहरुले घरमै रकम गएर उक्त रकम दिने हमालले बताए।

Read More

डडेल्धुरा: डडेल्धुराको भागेश्वर गाउँपालिका-५ का वडाअध्यक्ष नरेन्द्रबहादुर थापामगरले आफुले पाउने सेवा, सुविधा विद्यालयलाई सहयोग गर्ने भएका छन्। उनले आफ्नो वडामा रहेका ४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सीपको विकासका लागि आफूले पाउने ४० हजार सहयोग गरेका हुन्। उनले शिक्षा दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्न प्रति विद्यालय १० हजारका दरले ४० हजार दिएको वडा कार्यालयले जानकारी दिएको छ। साथै खेल शिक्षकहरुलाई खेलाडी पोशाक खरिद गर्न वडाअध्यक्ष थापामगरले ९ हजार सहयोग गरेका छन्। वडाअध्यक्ष नरेन्द्र थापामगर नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन्।

Read More

कैलाली: सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइदैछ। भाद्र १ गतेदिन गाडिएको ‘बुढी’लाई आज पाल्ने गरिन्छ। ‘बुढी’लाई राक्षशकी पुतनाको संघ्या दिने गरिएको छ। रुख तथा झ्याङलाई काटेर कुनै सार्वजनिक स्थानमा गाड्नुलाई बुढी हालेको भनिन्छ। यो भाद्र १ गते ओल्के संक्रान्तीको दिन कुनै बाटो वा चौतारामा गाड्ने गरिएको छ। सोही ‘बुढी’लाई आज पाल्ने गरिन्छ। सबैको घरघरबाट आगोको राँको लिएर ‘बुढी’ गाडेको ठाउँमा गएर बुढी पोल्ने गरिएको छ। यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग जोडिएको छ। भगवान् श्रीकृष्णलाई पुतनाले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवानले पुतनाको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको लासलाई हटाउन नसकेपछि गोकुलवासीले टुक्राटुक्रा पारेको दिनको…

Read More

धनगढीः कैलालीको टिकापुर नगरपालिकाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। टिकापुर नगरपालिका-१ पानी ट्याङ्की नजिकबाट १५० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २९ वर्षीय कुवेरराज वनलाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिइएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारि पक्राउ गरेको बताएको छ। 

Read More

अछाम: अन्तर्राष्ट्रिय सम्मेलनका लागि भनेर अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन जान धेरै पर्यटक आएका छन्। तर, भारत, अमेरिका, क्यानडा, पोल्यान्ड, इटाली, रुस, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मनी र थाइल्यान्डलगायतका देशबाट आएका उनी अहिले अलपत्र परेका छन्। विभिन्न देशबाट २ हजारभन्दा बढी व्यक्ति रामारोशनमा आएर बृहत् सम्मेलनमा सहभागी हुने सूचना सार्वजनिक भएको थियो तर त्यसको आधिकारिता भने हालसम्म कहीँकतैबाट पुष्टि नहुँदा विदेशी नागरिक अन्योलमा परेका हुन्। अछाम प्रवेश गरिसकेका र रामारोशन जाँदै गरेको अवस्थामा उनीहरु जयगढ बजारमा रोकिएका छन्। सरकारको इजाजतबिना आएका उनीहरु प्रवेश नाका चौखुट्टेमा रोकिएका छन् भने कोही सम्मेलन हुने भनिएको स्थलमा त्रिपाल टाँगेर बसेका छन्। यता सम्मेलनबारे तीनै…

Read More

कैलाली: कैलालीमा साइकलबाट नालामा खस्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–४ का ३४ वर्षीय नरेन्द्र थापाको साइकलबाट लडेर नाला खस्दा हिजो(आइतबार) मृत्यु भएको हो। सोही नगरपालिकाको ४ नम्बर वडाको गिदिनिया नालामा साइकलबाट लडेर गम्भीर घाइते भएका थापाको भल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ

Read More

काठमाडौं: पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक हुँदै आएको छ। एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको  छ। त्यसैलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै तीजका नाममा अनावश्यक तडक भडक नगर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी किरण जोशीले अनावश्यक तडक भडक तथा फजुल खर्च नगरी असल संस्कारको विकास गर्न सूचनमार्फत आग्रह गरेकी छिन्। साथै उनले अनावश्यक तडक भडक तथा खर्चिलो हुनेगरी तीजका कार्यक्रम गरे/गराएमा सुरक्षा निकायबाट निगरानी गरि कानुन अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएकी छिन्।

Read More

काठमाडौँ: धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य अध्यक्ष प्रा डा देवमणि भट्टराई बताउछन्। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा…

Read More

काठमाडौँ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू-भाग र मध्य प्रदेशको पश्चिमी भू-भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More