Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : एक महिनाअघि प्रयोगात्मक अध्ययनका लागि इजरायल पुगेका दार्चुलाका लोकेन्द्रसिंह धामीको पनि हमासको आक्रमणमा परी मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका-४ का वडाध्यक्ष धनसिंह धामीका अनुसार लोकेन्द्रले १२ कक्षासम्मको पढाइ गाउँमै पूरा गरेका हुन्। उनले टीकापुरबाट बिएस्सी एजीसम्मको पढाइ पुरा भएपछि थप अध्ययनका लागि सुदूरपश्चिम विश्वविद्यालय गएका थिए। त्यहीँबाट एक महिनाअघि इजरायल गएका हुन्। ‘लोकेन्द्रको खबर सुनेर हामी शोकाकुल छौं’ वडाध्यक्ष धामीले भने । सोमबार दिउँसो मृतक लोकेन्द्रका परिवारलाई जिल्लाबाट सिडिओ, जिल्ला प्रहरी प्रमुखसहितको टोलिले भेट गरेको वडाध्यक्ष धामीले बताए । उनले भने,‘उनका बुवाले अहिले पनि खेती किसानी गरेर घरको गुजारा चलाइराख्नु भएको छ। छोरालाई कृषि वैज्ञानिक बनाउने उहाँको धोको…

Read More

काठमाडौं: नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले इजरायलमा आतंकवादी आक्रमणम परी भएको नेपाली नागरिकको मृत्युप्रति दु:ख व्यक्त गरेका छन्। परराष्ट्रमन्त्री एनपी साउदलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनले इजरायलमा भएको १० नेपाली नागरिकको मृत्युप्रति दु:ख व्यक्त गरेका हुन्।पत्रमा राजदूत श्रीवास्तवले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन्। उनले यस दुखद् घडीमा नजिकको छिमेकी मुलुकको नाताले भारत नेपालको साथमा रहेको सन्देश पनि दिएका छन्।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक जारी छ । इजरायल घटना, शिक्षा विधेयकलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा जारी छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरू सहभागी छन् ।

Read More

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले इजरायलमा रहेका नेपालीको उद्धारको लागि परराष्ट्रमन्त्री एनपी साउदलाई पठाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालीहरू खान नपाएर बंकरभित्रै मर्ने अवस्थामा रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले इजरायलमा रहेका फोन वार्ता गरेको सुनियो त्यसका लागि धन्यवाद। फोन वार्ता मात्रै भएर सकिँदैन भने परराष्ट्रमन्त्रीज्यूलाई तुरुन्तै इजरायल पठाएर भएपनि नेपालीहरूलाई उद्धार गर्ने, खान नपाएर त्यहाँ नेपाली विद्यार्थी मर्ने अवस्थामा छन् । उनीहरूलाई बचाएर नेपाल ल्याउन माग गर्छु ।’

Read More

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले युद्धग्रस्त ईजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको शव तत्काल नेपाल ल्याउन सरकारसंग माग गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत लेखकले ईजरायलमा हमासको हमलामा परि घाईते भएका नेपालीको स्वास्थ्य ऊपचारको व्यवस्था गर्न, मृतकको शव तत्काल नेपाल ल्याउन सरकार समक्ष माग गरेका हुन् । यी हुन् उनले सामाजिक सञ्जाल मार्फत सरकार समक्ष राखेका मागहरुः१) घाईतेको शिघ्र स्वास्थ्य ऊपचारको व्यवस्था गरियोस।२) बंकरमा रहेका र जोखिममा परेकोलाई तत्काल ऊद्धार गरियोस।३) हराएका वा सम्पर्कमा नरहेकाको खोजी होस।४) मृत्यु भएकाको लाश तत्काल ल्याई परिवारको जिम्मा दिईयोस।५) असुरक्षा, पिडा र जोखिममा रहेका नेपाली र परिवारजनलाई…

Read More

बुटवल : लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दाङको तुलसीपुरमा दुर्घटनामा परेको छ । उपमहानगरपालिका वडा नं. १२ सितलपुरको घुम्तीमा सोमबार दिउँसो ४ बजेतिर मन्त्री सवार लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो । राप्ती राजमार्ग अन्तरगत तुलसीपुरबाट अमेलिया हुँदै मन्त्रालय तर्फ जाँदै गरेको गाडी दुर्घटनामा परी अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पिएसो मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर घाइते भएका छन् । अर्थमन्त्रीसहित सबै चारै जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको तथा सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । बच्चा जोगाउन खोज्दा गाडी खाडलमा हाल्नु परेको बताइएको छ । विद्यालय छुट्टीपछि…

Read More

बैतडी : बैतडीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ६ को हिरापुर नजिकै सोमबार जिपले मोटरसाइकललाई ठक्कर दिएको हो । खोड्पेबाट बैतडी सदरमुकाम गोठलापानीतर्फ आइरहेको बा २ ग २२६२ नम्बरको मोटरसाइकललाई गोठलापानीबाट खोडपेतर्फ गइरहेको म १ ज २२७ नम्बरको जिपले ठक्कर दिएको हो । मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका घर भई कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत नरेन्द्रबहादुर चन्द गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक कृष्ण पाण्डेय समान्य घाइते रहेका प्रहरीले जनाएको छ । जिपले जिपको ठक्करबाट मोटरसाइकल भीरमा खसेको छ । उनीहरुको दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ…

Read More

काठमाडौं : इजरायलको द्वन्द्वनग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ। उनीहरुलाई इजरायली आर्मी क्याम्पभित्र लगेर राखिएको छ। आजै सरकारले इजरायली पक्षसँग कुरा गरी युद्ध क्षेत्रमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा लान आग्रह गरेको थियो। सोही अनुसार उनीहरूलाई सुरक्षित स्थानमा लगिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको बंकरभित्र रहेका विद्यार्थीसँग संवाद पनि गरिसकेका छन् ।

Read More

काठमाडौँ : सरकारले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मंगलबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरकेो छ। आज बसेको मन्त्रिपरिषद बैठकले भोलि सार्वजनिक बिदा दिदै इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो। बैठकले नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ। इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको छ भने केही घाइते छन्। कतिपय नेपाली अझै उद्धारको पर्खाइमा छन्।

Read More

धनगढी : धनगढीबाट डडेल्धुरा जान लागेको बस दुर्घटना भएको छ। आज (सोमबार) बिहान ११ बजे धनगढीबाट जोगबुढाका लागि छुटेको बस शिवपुरी यातायातकाे ना ४ ख ९५५४ नम्बरकाे बस गोदावरीमा दुर्घटना भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार जोगबुढाका हरिश भट्टराईले चलाएको सो बस अनियन्त्रित भएर सडकको नालीमा पल्टिएपछि दुर्घटना भएको हो। दुर्घटनामा जोगबुढाका तीनजना घाइते भएका छन्। घाइते हुनेमा आलितालकी सपना ओली, जोगबुढाका धनसिंह बोहरा र जोगबुढाकै सपना बम रहेका छन्। अहिले उनीहरुको पदमा अस्पतालमा उपचार भैरहेको छ भने चालक प्रहरीको नियन्त्रणमा छन्।

Read More