Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरको पुनर्वासबाट यौन धन्दामा संलग्न एक समूहलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। प्रहरीको प्रदेश अनुसन्धान समूह (आरआइटी)को टोलीले शुक्रवार पुनर्वास नगरपालिका वडा नम्बर – ३ स्थित आईबीआरडीबाट बजारमा रहेको आरके होटेलबाट यौन क्रियाकलापमा संलग्न होटेल सञ्चालक सहित ४ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दुई युवती एक युवक र होटेल सञ्चालक छन्। उनीहरूको परिचय भने प्रहरीले खुलाएको छैन। श्रोतका अनुसार आरके होटेलमा खुल्लेयाम यौन धन्दा भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो। आरआइटीको टोलीले पक्राउ परेका चार जनालाई त्रिभुवन प्रहरी चौकीको जिम्मा लगाएको छ। उक्त होटेलमा लामो समयदेखि यौन धन्दा भइरहेको थियो । होटेल सञ्चालकले युवतीहरूलाई काममा राखेर…

Read More

काठमाडौं : सरकारले आज (शुक्रबार)बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । आजको बैठकले आठ ओटा महत्वपुर्ण निर्णय गरेको छ । सुचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बैठकको निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विदेश भ्रमणबारे पनि जानकारी गराएका छन् । यस्ता छन् मन्त्रीपरिषद बैठकका निर्णय: –कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने । –साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छूट गरी १०/१० हजार मेट्रिक टन चिनी आायात गर्न स्वीकृति दिने । –सिंचाई नीति, २०८० स्वीकृत गर्ने । –संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्ताकां एवं वाग्मती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीच सहकार्य भएको छ । यस सहकार्य अन्तर्गत काठमाडौंमा क्रिकेटको विकासलागि ५० जनालाई आइसीसी लेभल ० क्रिकेट कोचको प्रशिक्षण दिइने समझदारीमा हस्ताक्षर भएको छ । यस बारेमा जानकारी दिदै बालेनले वाग्मती क्रिकेट सङ्घको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल 0 क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएका हुन् । उनले भनेका छन्- पारस खडका, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटा पछि काठमाडौंबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन । कारण काठमाडौंमा खेल्ने वातावरण नै नभएर हो…

Read More

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले काम गर्न नसकेपछि समाजमा अराजकता बढेको टिप्पणी गरेका छन् । नेकपा एसनिकट सहकारी सङ्गठनको प्रथम स्थापना दिवसलाई सम्बोधन गर्दै सरकार दिशाहिन भएको बताएका हुन् । उनले भने, ‘अहिले अराजकता बढ्दै छ । अहिले मान्छेले भोट हाल्नुपर्दा राप्रपालाई पो हाल्न थालेका छन् हिजो तीस वर्ष तानासाही शासन गरेको होइन उनीहरूले, तीस वर्ष तानाशाह शासन गर्नेलाई अहिले मान्छेहरूले माया गर्न थालेका छन् । अनि त्यो रास्वपा भन्ने के हो के हो ? कसैले चिनेको पनि छैन । तर, मान्छेहरूले त्यतैतिर भोट हाल्न थालेका छन् । किनभने पहिलेदेखि स्थापित पार्टीहरूले काम गर्न नसकेपछि…

Read More

काठमाडौं : नेपाल शिक्षक महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने जनाएको हो । महासंघका अध्यक्ष कमला तुलाधरले बारम्बार सरकारसँग माग गरेको र वार्तामा भएको मागहरू सम्बोधन नभएकाले सडक आन्दोलन गर्न बाध्य भएको बताइन्। उनले पटक पटकको संवाद र छलफल पछि पनि सरकारले यो विधेयक मार्फत शिक्षक(कर्मचारीलाई धोका दिएको बताइन्। उनका अनुसार उक्त विधेयकले एकातिर स्थायी, अस्थायी करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुलभूत…

Read More

कैलाली: कैलालीको एक विद्यालयमा नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको छ । जिल्लाको चुरे-५ खानिडाडास्थित शुक्र माध्यमिक विद्यालयमा नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा ४३२ जना विद्यार्थीको आँखा परीक्षण गरिएको बताइएको छ । विद्यालयमा बाल गीत प्रतियोगिता पनि आयोजना गरिएको थियो । ्

Read More

काठमाडौँ : न्याय परिषद्ले उच्च अदालतका ३४ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले न्यायाधीशहरूको सरुवा गरेको हो । Naya_parishadDownload

Read More

वेदकोट: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका खड्के बुढाको परिवार विसं २०३९ मा जाजरकोटबाट बसाइँसरी यहाँ आएको थियो । जाजरकोटमा पहिरोले उठीबास लगाएपछि बुढाको परिवार कुतियाबर झरेको थियो । चार दशकअघि कुतियाकबर आउँदा बुढा १२ वर्षका मात्रै थिए । जाजकोटबाट पहिराले लखेटिएका बुढाको परिवारलाई प्राकृतिक विपत्तिले यहाँ पनि दुःख दिइरहेको छ । विसं २०४० मा महाकालीमा आएको भीषण बाढीले बुढाको घरखेत, अन्नपात सबै बगायो । “सात दिनरात ठूलो बाढी आएको थियो, अन्नपात जमिन सबै लग्यो, धौधौ ज्यान जोगायौँ”, ४० वर्षअघिको बाढी सम्झदै बुढाले भने, “त्यति बेलादेखिको कटान, बाढीको समस्या अझै समाधान भएको छैन ।” वर्षौंदेखि बाढीको समस्या झेल्दै आएका बुढालाई कुतियाकबरबाट…

Read More

डडेल्धुराः डडेल्धुरा जिल्ला अदालतका न्यायाधीश वालकृष्ण वाग्लेको सरुवा भएको छ। वाग्लेको बाँके जिल्ला अदालत सरुवा भएको हो। उनको स्थानमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दयाराम ढकाल आउने भएका छन्। शुक्रबार बसेको न्यायपरिषद् बैठकले ६० जना न्यायाधीशको सरुवा गरेको थियो। न्यायपरिषद्को निर्णयअनुसार वाग्लेको सरुवा भएको हो।

Read More

काठमाडौँ: नेकपा (एमाले)ले संविधानसभा अध्यक्ष स्व. सुवास नेम्वाङको स्मृतिमा असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा विचार गोष्ठी गर्ने निर्णय गरेको एमालेको केन्द्रीय प्रचार विभागले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई सम्बोधन गर्नेछन् । त्यस्तै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेश, उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुदूरपश्चिम प्रदेश, उपाध्यक्ष रामबहादुर थापा कोशी, उपाध्यक्ष युवराज ज्ञवाली लुम्बिनी, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य गण्डकी र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाने बताइएको छ…

Read More