Author: महेन्द्रनगर पोष्ट

बैतडीः बैतडीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन्। जिल्लाको सिगास गाउँपालिका–२ की ३२ वर्षीया भागादेवी धामीलाई अस्ति बुधबार साँझ सर्पले टोकेको हो। धामीलाई घरै नजिकै घाँस काट्नेबेला सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। धामीको दाहिने खुट्टाको पैतालामा सर्पले टोकेको बताइएको छ। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

Read More

लमजुङ: खसी चोरी गरेको अभियोगमा करिब साँढे दुई महिना अघि पक्राउ परेर धरौटी छुटेका एक युवक बोका चोरी गरेको आरोपमा पुनः पक्राउ परेका छन्। लमजुङको मध्यनेपाल नगरपालिका-६ का शिरोमणि भट्टराईको दुई वटा बोका चोरी गरेको आरोपमा प्रहरीले क्व्होलासोथार गाउँपालिका-४ भुजुङका घर भएका ३४ वर्षीय कालु गुरुङलाई नियन्त्रणमा लिएको हो। उनलाई मध्यनेपाल नगरपालिका ५ पराजुलीबेसीबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए। आरोपित गुरुङ उपर जिल्ला अदालत लमजुङबाट चोरी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि लमजुङको बेसीशहर नगरपालिका-९ साम्दी बस्ने शान्ति बहादुर बस्नेतको खोरबाट एउटा खसी र…

Read More

काठमाडौं: गायक तथा संगीतकार तिलकसिंह पेलाको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। मानसखण्डीय भाषा, संस्कृति झल्काउने ‘देउसरा आईगै’ बोलको गीत पेलाको आफ्नै युट्युब च्यानलमा बिहीबार सार्वजनिक भएको हो। गीतकार हेमन्त विवशले रचना गरेको गीतमा संगीत गायक पेलाकै रहेको छ। गीतको भिडियोमा मानसखण्डीय भाषा, संस्कृति, परम्परा एवम् सभ्यतासम्बन्धी विभिन्न दृष्य (हुड्केली, ठाडोखेल, छलिया नृत्य, होली, धामी कामेको आदि) समावेश गरेको देखिन्छ। https://youtu.be/1rcGiKbTYCQ?si=TCswUNmwo7qpmCd2

Read More

काठमाडौं: नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकको ‘सार्वजनिक विद्यालयको शिक्षकको आचरण’ सम्बन्धी परिच्छेद–८ को दफा ७१ देखि ८३ सम्म संशोधन र केही अन्य व्यवस्थाले शिक्षकलाई हतोत्साही पार्ने भन्दै ती व्यवस्थाहरू खारेज गरे आन्दोलन रोकिन सक्ने जनाएको छ। संघका उपाध्यक्ष हेमचन्द्र महतोले शिक्षकलाई हतोत्साही हुनेगरी ल्याइएका ती दफा र उपदफा खारेज वा महासंघको रायअनुसार संशोधन गरेपछि मात्र तत्कालका लागि आन्दोलन स्थगित हुन सक्ने बताए। उनले भने– ‘१७ बँुदे संसोधन प्रस्ताव सार्वजनिक गरेका थियौं, तीमध्ये शिक्षकको आचरणसँग जोडिएका बुँदा संशोधन गरे आन्दोलन स्थगित हुन सक्छ।शिक्षकको आचरणसम्बन्धी कतिपय विषय ठिक होला, तर कतिपय शिक्षकको मानमर्दन हुनेगरी लेखिएको छ।’ त्यसबाहेक पनि महासंघले शिक्षकको पेशागत…

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ। राति भने कोशी, मधेस, बागमती र  गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम…

Read More

काठमाडौँ : सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीलाई दैनिक रासनका लागि छुट्याइने रकम साह्रै न्यून भएको बताएका छन् । मुलुकको आर्थिक अवस्था कमजोर रहे पनि दैनिक प्रहरीलाई छुट्याइएको २ सय ३ रुपैयाँले नपुग्ने गरेको बताए । प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा महानिरीक्षक अर्यालले रासनका लागि छुट्याइएको रकमबारे सांसदहरूलाई जानकारी गराएका हुन् । सांसदहरूले पनि उक्त कुरालाई चासोका साथ लिएका थिए । ‘रासनसम्बन्धी समस्या छ । हुन त देशको आर्थिक अवस्था नै त्यस्तै छ तर सुरक्षामा अलिकति ध्यान दिनुपर्ने १ उदाहरणका लागि काठमाडौंमा हेर्दा २०३ रुपैयाँले बिहान चिया अण्डा त्यसपछि खाना (लन्च) त्यसपछि खाजा र बेलुका खाना,…

Read More

बैतडी : बैतडीमा बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छन् । झुलाघाटबाट बैतडीतर्फ आउदै गरेको से१ ज ४०९ नम्बरको जिपमा सवार बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौकी ४२ वर्षीया पुष्पा बोहरालाई सोही नगरपालिकाको वडा नं ८को झुलाघाट नजिकैको मौरीभीर भन्नेस्थानबाट बारुद बनाउन प्रयोग गरिने करिब १२ किलो कच्चा पर्दाथसहित प्रहरीले पक्राउ गरेको हो । बोहराको साथबाट बारुद बनाउन प्रयोग गरिने गन्धजस्तो देखिने पदार्थ २ केजी र बारुद नै बनाउन प्रयोग गरिने सुरा जस्तो देखिने पदार्थ १० केजीसहित १२ केजी अवैध पदार्थ फेला परेको प्रहरीले जनाएको छ । सुराकीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले चेकजाँच गर्नेक्रममा…

Read More

काठमाडौं : आन्दोलनरत शिक्षकहरु र सरकारबीचको आजको बैठक पनि निष्कर्षविहीन बनेको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नजुटेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानूमन्त्री धनराज गुरुङले भोलि टुंग्याइने बताए । उनले समस्या टुंगिएपछि विद्यालय खोल्ने बताए । नेपाल शिक्षक महासंघले भने यो वार्ता नभएर अनौपचारिक छलफल भएको बताए । नेपाल राष्ट्रिय राष्ट्रिय शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले अनिश्चितकालीन आन्दोलन जारी रहने बताए । उनले सहमति नभइ आन्दोलन नछोड्ने बताए । वार्ता कमिटी गठन गरेर मात्रै सहमति हुने उनले बताए । ‘अहिले छलफल मात्रै भयो । वार्ता कमिटी गठन भएर जबसम्म बैठक हुँदैन तबसम्म हामी छलफल…

Read More

काठमाडौं : शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षकहरु र सरकारबीच दोस्रो चरणको वार्ता सुरु भएको छ। सिंहदरबारमा सरकारका चार मन्त्रीसहितको टोली र आन्लोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको हो। बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ र सरोकारवाला मन्त्रालयका सचिवहरूको उपस्थिति छ। यस्तै महासंघको तर्फबाट महासंघकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन्। गत हप्ता सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति…

Read More

काठमाडौं : नेकपा (एमाले)का तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने र संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति रहेका सांसदहरुले शिक्षामन्त्री अशोक राइसँग भेट गरी शिक्षा विधेयक फिर्ता लिन सुझाव दिएका छन् । भेटपछि एमालेका सचेतक महेश बर्तौलाले यस्तो जानकारी गराएका हुन् । ‘सामूदायिक र सरकारी शिक्षालाई अझ व्यवस्थित ढंगले अघि बढाउने कुरामा सरकारले पछिल्लो समय ल्याएको शिक्षा विधेयकले सरकारको नियतमाथि नै आशंका पैदा गरिदिएको बर्तौलाले बताए । उनले भने- ‘तीन तहको सरकारको दायित्वलाई व्यवस्थित ढंगले संविधानले दिएको सीमा भित्र रहेर अघि बढ्ने गरी संघीय शिक्षा ऐन आउनुपर्ने थियो । तर, सरकारले सबै दायित्वबाट पन्छिने गरी विधेयक ल्याएको छ ।’ सरकार सदासयताका…

Read More