Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम अध्यक्षमा अरुण कुँवर चयन भएका छन्। डोटीमा आज सम्पन्न युवा संघको प्रदेश अधिवेशनबाट अध्यक्षमा कुँवर चयन भएका हुन्। यस्तै अधिवेशनबाट उपाध्यक्षमा बमबहादुर शाही, सचिवमा प्रकाश खड्का, सह-सचिवमा रामबहादुर रोकाया र दिपेन्द्र खड्का, कोषाध्यक्षमा खगेन्द्र नाथ चयन भएका छन्।

Read More

डडेल्धुरा : डडेल्धुरामा विवाहित महिलामाथि सामूहिक बलात्कार गर्ने चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। भागेश्वर गाउँपालिकाकी २० वर्षीया विवाहित महिलालाई सामूहिक बलात्कार गर्ने चार युवालाई प्रारम्भिक रूपमा बलात्कार गरेको स्विकारेपछि जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। प्रहरीले भागेश्वर गाउँपालिका–३ ओडगाउँका २३ वर्षीय कमल ओड, १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओडलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार प्रकाश र दीपक अविवाहित हुन्। केही महिनादेखि पेट दुख्यो भनेपछि परिवारका सदस्यले ती महिलालाई ३० भदौमा भागेश्वर गाउँपालिका–३ मा आयोजित स्वास्थ्य शिविरमा पठाएका रहेछन्। त्यहाँ शिविरमा उनको भिडिओ एक्सरे गर्दा ५ महिनाको गर्भ रहेको…

Read More

धनगढीः कैलालीबाट पाँच जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ बाँस्कोटाका लोकबहादुर खड्काको पसलबाट उनीहरू पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार ५५ वर्षीय मनिराज महतासहित पाँच जना पक्राउ परेका हुन। उनीहरूको साथबाट २० हजार पाँच सय ७० रुपैयाँ बरामद गरिएको छ। उनीहरूको साथबाट तीन बुक ताससमेत बरामद गरिएको छ।

Read More

डोटीः डोटीमा एक होटलमा विद्युत सर्ट हुदा आगलागी भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ कुन्जेडीका कृष्णबहादुर कुन्जेडाको होटेलमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी हुँदा पसल भित्र रहेका खुद्रा सामान, कस्मेटिक, भाँडावर्तन, बाकसमा रहेका कागजपत्र, फर्निचर, काउण्टर र पसल पछाडी राखेको सु.प.प्र ०१००९ प ७२४४ नम्बरको मोटरसाइकल समेत जलेर नष्ट भएको छ। आगलागीबाट अन्दाजी करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विभिन्न मितिमा फैसला भएका फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो । नक्कली बिल भरपाई बनाई सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार आज पुनरावेदन दिइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । सो मुद्दामा दिपा रेग्मीसहित ३६ जना प्रतिवादी रहेका छन् ।

Read More

काठमाडौं : अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका हस्त गौतमविरूद्ध मुद्दा दर्ता भएको छ। गौतमविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले आज (बिहीबार) काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सहायक न्यायाधिवक्ता चन्द्र संजेलले जानकारी दिए। उनका अनुसार गौतमविरूद्ध चार वटा कसुरमा मुद्दा दर्ता भएको छ। सहायक जिल्ला न्यायाधिवक्ता संजेलले उनीविरूद्ध मानव बेचबिखन ओसारपसार कसुर, संगठित अपराध, ठगी र एकीकृत कसुरमा मुद्दा दायर भएको बताए। उनका अनुसार पहिलो फाइलमा ६ जना, दोस्रोमा ४ जना, तेस्रोमा ५ जना र चौथो फाइलमा ३ जनालाई प्रतिवादी बनाएर मुद्दा लगिएको हो। जसमध्ये हस्त गौतमलाई तीन वटा फाइलमा मुख्य प्रतिवादी बनाइएको छ। यस प्रकरणमा अर्का एक…

Read More

काठमाडौं : गुन्डा नाइकेको रुपमा चिनिने योग ढकाललाई सरकारले दिएको कैद सजाय मिनाहाबारे एतिबेला चर्को आलोचना भैईरहेको छ । व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका ढकाल (रिगल) लाई ४० प्रतिशत सजाय भुक्तानपछि बुधवार मात्रै संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले बाँकी कैद माफी दिएका थिए । २०७२ असार २८ गते नेपालगन्जको धम्बोजीचोकमा स्थानीय २९ वर्षीय चेतन मानन्धरमाथि खुँडा प्रहार भएको थियो । रिगलकै योजना र निर्देशनमा उक्त घटना भएको प्रहरीको दाबी थियो । मानन्धरको पछि मृत्यु भएको थियो । रिगलले घटना भएको झन्डै डेढ महिनापछि अदालतमा आत्मसमर्पण गरेका थिए । २०७२ भदौ ७ गते बाँके जिल्ला अदालतमा रिगलले त्यत्तिकै आत्मसमर्पण…

Read More

धनगढी : नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खगराज भट्टले माओवादी ब्रोइलर कुखुरा जस्तै बनेको बताएका छन् । माओवादीको ३ महिने ‘जनता सँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तरगत बिहीबार कैलालीको कैलारी गाउँपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले आफ्नो धरातल बिर्सेपछि माओवादीलाई जनताले ठेगान लगाएको बताउँदै समस्या र निकास पनि हाम्रै हातमा रहेको बताए । उत्पीडित वर्ग, किसान, दलित, मजदुरको पक्षमा लड्नलाई माओवादीको जन्म भएको उल्लेख गर्दै उनले त्यसका लागि मृत्युलाई काखी च्यापेर पार्टी आएको बताए । जनतामा हुँदा माओवादी सशक्त रहेको बताउँदै भट्टले जनताको साथ छोडेर कुलीन वर्गको साथ लागेपछि बिग्रेको स्पष्ट पारे…

Read More

धनगढी : कैलालीमा चार किलाे चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । लागू औषध नियन्त्रण ब्युराे शाखा कार्यालय महेन्द्रनगर र प्रहरी प्रदेश कार्यालयबाट खटिएको टाेलीले कैलालीको गाैरीगंगा नगरपालिकाकाे राजिपुर क्षेत्रबाट लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा बझाङकाे सुर्मा घर भएर राजिपुर बस्ने ४४ वर्षीय सालिमान पुजारा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाेकबहादुर कार्कीले जानकारी दिए । उनकाे साथबाट ४ किलाे ८ सय ग्राम चरेश र ५०० दरका ३७ गरेर १८ हजार पाँच सय भारतीय रूपैयाँ बरामद गरिएकाे कार्कीले बताए । पुजारालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुरको बेलौरी र कैलालीको धनगढीबाट प्रहरीले अन्दाजी ६० हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान वरामद गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवाबाट अवैध रुपमा भन्सार छलेर गरी ल्याइएका अन्दाजी मूल्य ४१ हजार रुपैयाँ बराबरको शैलुनका मालसामान बुधबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको छ। यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार रोड नजिकबाट अन्दाजी १९ हजार रुपैयाँ बराबरको चिनी, नरिवल, मिश्री, चामललगायतका सामान बुधबार साँझ गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

Read More