Author: महेन्द्रनगर पोष्ट

दार्चुला: दार्चुलाको अपि हिमाल गाउँपालिकाले आयोजना गरेको टिकटक प्रतियोगितामा बैतडी घर भएका जनकराज (जेआर) भट्ट प्रथम भएका छन्। गाउँपालिकाले पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले सञ्चालन गरेको टिकटक प्रतियोगितामा जेआर भट्ट प्रथम भएका हुन्। टिकटक प्रतियोगितामा रञ्जना लोथ्याल द्धितिय भएका छन् भने अन्य ५ जनाले सान्त्वना स्थानमा चित्त बुझाउनु परेको छ । सान्त्वना स्थान प्राप्त गर्नेमा लखन बोहरा, रविना ठेकरे, रामा बोहरा, पशुपति कार्की र नयाँ नेपाल एफएममा कार्यरत पत्रकार उद्धवसिंह धामी रहेका छन्। प्रतियोगितामा प्रथम हुनेलाई १० हजार द्धितिय हुनेलाई ७ हजार र सान्त्वना स्थान हात पारेका ५ जनालाई ३ हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार तथा प्रमाणपत्र सहित प्रदान…

Read More

बझाङ: बझाङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन्।  छबिसपाथिभेरा गाउँपालिका बस्ने एक अपाङ्गता भएकी महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि फरार भएका सोही ठाउँका एक नाबालकलाई पक्राउ गरिएको हो।  जबरजस्ती करणी गरि फरार भएका नाबालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको प्रहरी हवल्दार बिरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले साँझ ६:३० बजे बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको बताइएको छ। बुबाको निधन भइसकेको र आमा आइतबार नै डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको खुल्न आएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन्। गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल, पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हुन्। अस्पतालका वार्डहरुमा वर्षाको पानी पसेपछि बिरामीहरुलाई सास्ती भएको छ। यता निर्माणको कार्य भइरहेको मुख्य सडकमा पानी निकास नहुँदा हिलाम्य हुनुका साथै जलमग्न भएका छन्। जसका कारण आवातजावातमा समस्या भएको छ। अहिले उपमहानगरले जमेको पानी निकास गर्न डोजर प्रयोग गरिरहेको छ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको लम्की–चुहा नगरपालिका–१० सुतैयाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्। करिब ३ सय २० मिलिग्राम लागुऔषधसहित प्रहरीले दुई जनालाई शनिबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही स्थानबाट २० वर्षीय दिपक चौधरी र २७ वर्षीय भुवन चौधरी रहेका छन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

बझाङ : बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलका हत्या आरोपी पक्राउ परेका छन्। शुक्रबार हत्या गरि फरार भएका उनका भाइ बिजुली मण्डेल आज (सोमबार) ३ दिनपछि पक्राउ परेका हुन्। मण्डेललाई घट्टे गाउँमाथिको एक घरबाट स्थानीयले घेरा हाली आज बिहान करिब ६:३० बजे पक्राउ गरेको बताइएको छ। लक्षिमन मण्डेलको घरमा भएका बेला स्थानीयले उनलाई समातेको र बिसौनाबाट प्रहरी गइरहेको स्थानीय मिनबहादुर मण्डेलले बताए। मण्डेलको फोन लोकेसन जंगलमा ट्रेस भएपछि उनी जंगलमै लुकेको आशंकामा प्रहरीले गरेको थियो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाह आफै खटिएको भएपनि प्रहरीले फरार मण्डेललाई समात्न सकेका थिएन। सम्बन्धित समाचार बझाङमा जैलु हत्या प्रकरण: बिजुलीको…

Read More

धनगढी:  कैलालीको सेती प्रादेशिक अस्पताल भित्रै पानी छिरेको छ। गएराति परेको अविरल वर्षाका कारण अस्पतालमा बिरामी भर्ना गरिएका कक्षहरू जलमग्न भएका हुन्। पानी अस्पतालको प्रसूति बार्ड, अप्रेसन बार्ड लगायतमा भरिएको छ। त्यहाँ पानी भरिदा बिरामी तथा कुरुवालाई समस्या भरहेको एकजनाले बताए।

Read More

नेत्र सुवेदी ‘प्रयास’, काठमाडौं: केन्द्रिकृत विकाससम्बन्धी दृष्टकोण राख्ने एकात्मक शासन प्रणालीलाई विस्थापित गर्दै नेपालको संविधानले तीन तहको सरकारको व्यवस्था गरेको छ। संघीय संरचनामा रहेका तीन तहमध्ये नागरिकको नजिक रहेर विकास, सेवाप्रवाह र जीविकामा सुधार ल्याउने खालका गतिविधि गर्ने जिम्मेवारी स्थानीय तहको हुन आउँछ। स्थानीय तहलाई संविधानले सुम्पिएका अधिकारहरूको सन्दर्भमा प्रदेश तह वा संघीय तहले हस्तक्षेप भने गर्नुहुँदैन। स्थानीय परिवेश र आवश्यकतालाई हेरी समग्र मुलुकले विधि, व्यवहार र प्रयत्नबाट जराधरको तहलाई बलियो बनाउनुपर्ने हो।  स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिहरूले विकास निर्माण र संस्थागत विकासको दिशामा जे गरिरहनुभएको छ त्यो भने आशाप्रद र सह्रानीय नै छ। स्थानीय आर्थिक विकासको सन्दर्भमा केही स्थानीय तहमा…

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

Read More

काठमाडौं : भारतीय भएर नेपाली नागरिकता लिएको आरोपमा १ जना पक्राउ परेका छन् । भारतको बिहार राज्य पूर्वी चम्पारण–१० खरतरीका ५२ वर्षीय जागा चौधरी भनिने जग्गाप्रसाद जैसवाललाई प्रहरीले पक्राउ गरेको हो । रौतहटबाट २०६३ सालमा नागरिकता बनाउन खटिएको स्थलगत टोलीसमक्ष झूटा विवरण पेश गरी उनले नेपाली नागरिकता लिएको प्रहरीले जानकारी दिएको छ । रौतहटको साविकको सरमुजवा गाविस–९ बाट उनले नेपाली नागरिकता लिएको पाइएको छ । नेपाली नागरिकताबाटै उनले नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय गरिसकेका छन् । उनको साथमा भारतीय आधारकार्ड र जग्गाप्रसाद जैयसवालको नामको नेपाली नागरिकताबाट बनेका सवारी चालक अनुमतिपत्र सहितका कागजात समेत फेला परेका छन् ।

Read More

डोटी : सुदूरपश्चिम प्रदेशमा २ सय ९६ जना प्रहरी जवानलाई दीक्षित गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले दीक्षान्त समारोहको आयोजना गरी आधारभूत तालिम प्राप्त गरेका १८-८२ औँ समूह अन्तरगत रही आधारभूत तालिम प्राप्त गरेका प्रहरी जवानलाई दीक्षित गरेर कार्यक्षेत्रमा पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले समयको परिवर्तन सँगै नयाँ प्रकृतिका अपराधिक क्रियाकलाप बढ्दै गएकोले प्रहरीलाई चुनौती बढेको जनाउँदै प्रहरीले पनि नयाँ तरिकाले अनुसन्धान कार्यलाई जोड दिनुपर्ने, संविधान प्रदत्त कानुनको…

Read More