Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा चार किलाे चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । लागू औषध नियन्त्रण ब्युराे शाखा कार्यालय महेन्द्रनगर र प्रहरी प्रदेश कार्यालयबाट खटिएको टाेलीले कैलालीको गाैरीगंगा नगरपालिकाकाे राजिपुर क्षेत्रबाट लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा बझाङकाे सुर्मा घर भएर राजिपुर बस्ने ४४ वर्षीय सालिमान पुजारा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाेकबहादुर कार्कीले जानकारी दिए । उनकाे साथबाट ४ किलाे ८ सय ग्राम चरेश र ५०० दरका ३७ गरेर १८ हजार पाँच सय भारतीय रूपैयाँ बरामद गरिएकाे कार्कीले बताए । पुजारालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुरको बेलौरी र कैलालीको धनगढीबाट प्रहरीले अन्दाजी ६० हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान वरामद गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवाबाट अवैध रुपमा भन्सार छलेर गरी ल्याइएका अन्दाजी मूल्य ४१ हजार रुपैयाँ बराबरको शैलुनका मालसामान बुधबार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको छ। यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार रोड नजिकबाट अन्दाजी १९ हजार रुपैयाँ बराबरको चिनी, नरिवल, मिश्री, चामललगायतका सामान बुधबार साँझ गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

Read More

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाको बजेटमा व्यापक हेरफेर भएको भन्दै नगर प्रमुखसँग विशेष नगरसभा बोलाउनको माग गरिएको छ। माओवादी केन्द्रबाट निर्वाचित उपप्रमुख विमलाकुमारी बोहरासहित ३८ जना कार्यपालिका र नगरसभा सदस्यले बिहीबार नगरप्रमुख भरत बडायर जोशीलाई माग पत्र बुझाउँदै अविलम्ब विशेष नगरसभा बोलाउन माग गरेका हुन्। नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट बनाउँदा नगर सभामासभाका सदस्यहरूका बीचमा व्यापक छलफल भई बजेट पारित गरिएको र बजेट पारित पछि हाल प्रकाशित बजेट पुस्तिकामा समग्र बजेटको सिलिङ नै बढ्ने गरी बजेटमा व्यापक हेरफेर भएकाले नगरसभा र कार्यापालिका सदस्यहरूको गम्भीर ध्यानाकर्षण नगरप्रमुख जोशीलाई बुझाइएको मागपत्रमा उल्लेख छ।

Read More

बझाङ: बझाङमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छिन्। जयपृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको केदारस्यु गाउँपालिका १ चौडाममा मोटरसाइकलको ठक्करबाट २९ वर्षीय खिमेश्वरी भण्डारी घाइते भएकी हुन्। बिहिवार बिहान बित्थडचिर गाउँपालिकाबाट छविसपाथिभेरा गाउँपालिकातर्फ गइरहेको से१ब ६०० नम्बरको छविसपाथिभेरा गाउँपालिकाको सरकारी मोटरसाइकलले भण्डारीलाई सडक पार गर्ने क्रममा ठक्कर दिएको हो।  मोटरसाइकलको ठक्करबाट महिलाको कम्मर, पेट र हातमा चोट लागेको छ। अवस्था सामान्य रहेकाले प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उनको उपचार जारी छ। चालक खप्तडछान्ना गाउँपालिका ५ का ३८ वर्षीय भेषराज उपाध्यायलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Read More

महेन्द्रनगर: सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न (चामल) निर्यात गरिरहेको छ। सुदूरपश्चिमका पहाडी जिल्लाका डिपो र बिक्री केन्द्रका लागि चालु आर्थिक वर्षको सुरुको कोटा ४० हजार क्विन्टल चामल रहे पनि चालु आव सुरु भएको दुई महिना बितिसक्दा पनि चामल ढुवानीको ठेक्का प्रक्रिया सकिएको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख इन्जिला बस्नेतले चामल पठाउनका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको जनाउँदै हाल पछि स्वीकृत हुने र भाडा दिनेगरी आवश्यक जिल्लामा चामल पठाउने काम जारी रहेको बतए। कैलाली र कञ्चनपुरमा धान खरिद गरी पहाडी जिल्लामा चामल…

Read More

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले शिक्षक आन्दोलनका कारण विद्यालय नै बन्द नगर्न आग्रह गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलन प्रति ऐक्यबद्धता रहेको जनाउदै विद्यालय नै बन्द नगर्न आग्रह गरेको हो। शिक्षकहरुले उठान गरेका जायज मागहरुप्रति गाउँपालिकाको समर्थन रहेको भएपनि विद्यालय नै बन्द गरी गरिने आन्दोलनले बालबालिकाहरुको नियमित पठनपाठनमा बाधा पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ। 

Read More

एजेन्सी: एक ३५ वर्षीय युवकले ७० वर्षकी वृद्धासँग बिहे गरेका छन्। प्पाकिस्तानका ३५ वर्षका नईम शहजाद आफ्नो उमेरभन्दा दोब्बर महिलासँग प्रेममा परेका थिए। ७० वर्षीया मेरी क्यानडाकी थिइन्। उनीहरुको फेसबुकमार्फत भेट भएको थियो। दुवैजना मायाजालमा परेपछि अन्ततः उनीहरूले लगनगाठो कसेका छन्। दुवैले लगातार ३ वर्ष एकअर्कालाई बुझेका थिए।

Read More

बाजुरा : शिक्षकहरुको आन्दोलनका कारण बाजुराका ५४ हजार बालबालिकाको पढाई प्रभावित भएको छ । शिक्षकहरू आन्दोलित भएपछि बाजुराका सामुदायिक विद्यालयहरु बन्द गरेपछि बालबालिकाको पढाई प्रभावित भएको हो। शिक्षकहरु आन्दोलन गर्न काठमाडौंँ गएपछि विद्यार्थीहरू निराश हुदै घर फर्किएका छन्। सामुदायिक बिद्यनलयहरूमा केही शिक्षकहरु बाहेक कोही छैनन्। कक्षाकोठामा विद्यार्थीलाई पढाउन छाडेर देशभरका शिक्षकहरु आन्दोलित हुँदा सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । जिल्ला सदरमुकाम मार्तडी स्थित मालिका मावि, बालमन्दिर लगायत जिल्लाभरका २ सय ३९ सामुदायिक विद्यालय सुनसान बनेका छन् । सरकारले संसदमा प्रस्तुत गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध शिक्षक, विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन । सो प्रस्तावित…

Read More

काठमाडौँ: शिक्षक आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। काठमाडौंको थापाथली, माइतीघर, सिंहदरवार, नयाँ बानेश्वर लगायतका क्षेत्रमा सवारी आवागमन ठप्प भएको हो। शिक्षा विधेयकको विरोधमा बुधबारदेखि थालिएको प्रर्दशन बिहीबार समेत जारी छ। बुधबार शान्तिपूर्ण रूपमा उत्रिएका शिक्षकहरू बिहीबार भने केही उग्र देखिएका छन्। आन्दोलनका कारण काठमाडौँका सबैजसो स्थानमा सुस्तरुपमा सवारीसाधन गुडेका छन्।

Read More

काठमाडौं: काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डाइभर्ट गरिएको छ। बिहान पौने ९ बजे उडेको विमान नवलपरासी पुगेपछि समस्या देखिएको थियो। त्यसपछि चालकले उडान नम्बर एसएचए ४३१ विमानलाई उडेको २५ मीनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ फर्काएका थिए।

Read More