Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा लागुऔषधविरुद्धको महाअभियान सुरु भएको छ। शुक्रबारदेखि बेलौरी नगरपालिकामा लागुऔषधविरुद्धको महाअभियान सुरु भएको हो। भारतसँग सीमा जोडिएको बेलौरीमा पछिल्ला वर्षहरूमा लागुऔषध ओसारपसार, कारोबार एवं सेवनका घटना बढ्दै गएपछि बेलौरी स्थानीय सरकारले लागुऔषधविरुद्धको अभियान सुरु गरेको छ। लागुऔषध विरुद्धको महाअभियान उद्घाटन कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले समाजमा विकराल रुपमा देखिएको लागुऔषध नियन्त्रणका लागि अभियान थालिएको बताए। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले लागुऔषध नियन्त्रणका लागि स्थानीयस्तरमा बेलौरीजस्तै अन्य पालिकाहरूले समेत अभियान सञ्चालनमा जोड दिए। सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानुनमन्त्री शिवराज भट्टले लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकाले थालेको कामकारबाहीमा समेत सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।…

Read More

काठमाडौं : मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ। रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले बताए। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो। हेलिकप्टरका पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए । नागरिक उड्डयन प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ। उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ।

Read More

धनगढीः कैलालीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–४ बिजुलीयाका ४० वर्षीय खुसीराम चौधरीको करेन्ट लागेर शुक्रवार साँझ मृत्यु भएको हो। आफ्नै घरको पङ्खामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका चैधरीको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

Read More

काठमाडौं : सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गरी पदमा बसिरहँदा प्रमाण नष्ट हुनसक्ने जनाउँदै बसौलाला तीन महिनाका लागि निलम्बन गरेको हो। बसौलालाई स्वास्थ्य बीमा ऐन २०७४ अनुसारका काम, कर्तव्य र जिम्मेवारी पूरा नगरेको आरोपमा निलम्बन गरेको बताइएको छ । उनले मन्त्रालयबाट दिइएको निर्देशनसमेत पालना नगरेको बताउँदै हिजोदेखि निलम्बन गरिएको मन्त्रालयका उपसचिव कृष्ण थापाको हस्ताक्षर रहेको पत्रमा लेखिएको छ हिजो बुझाइएको चलानी नम्बर ७८८ को पत्रमा भनिएको छ, ‘नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८० असोज २४ गतेको निर्णय बमोजिम तपाईंलाई कार्यकारी निर्देशकको पदमा राखिरहँदा तपाईं उपर…

Read More

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आदेशलाई लत्याएको पाइएको छ। गत असार २४ गते मन्त्रालयले प्रमुख प्रकासकीय अधिकृत नभएका स्थानीय तहमा निमित्त तोक्दा ‘वरिष्ठ’ कर्मचारीलाई जिम्मेवारी दिनू भन्दै परिपत्र गरेको थियो। परिपत्रको बुँदा नम्बर (क) मा भनिएको छ, “स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्ने विषयमा एकरुपता कायम गर्न आवश्यक र जरुरी देखिन्छ । तसर्थ यस विषयको व्यवस्थापनका लागि मार्गदर्शक कानूनको रुपमा रहेको निजामती सेवा ऐन, २०४९ तथा ऐ. नियमावली, २०५० को नियम ४६ मा रहेको व्यवस्था बमोजिम स्थानीय तहमा कार्यरत स्थायी कर्मचारी मध्येबाट बरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिने व्यवस्था अनिवार्य रुपमा मिलाउनु हुन।’’ तर,…

Read More

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरको बसपार्कमा अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ। शुक्रबार बिहान अचेत अवस्थामा फेला परेका परिचय नखुलेका व्यक्तिको सोही दिन दिउँसो उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक विगत लामो समयदेखि बसपार्क वरपर माग्दै हिंड्ने गरेका बताइएको छ । उनको मानसिक अवस्था पनि ठीक नभएको प्रहरीको जनाएको छ।

Read More

काठमाडौँ । विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिइरहेका बेला नेपालले भने जनताको मन जित्ने गरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ । जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले ठोस निर्णय गर्न नसकेकै बेला नेपालले पहिलो लट उद्धार गरेको हो । सिधा हवाई सेवा भएका मुलुक पनि कूटनीतिक तवरले उद्धार गर्न ढिला भइरहेकामा नेपाल वायु सेवा निगममार्फत सरकारले दुबई हुँदै इजरायल पुगेर उद्धार गरेर शुक्रबार बिहान ३ बजे काठमाडौँ ल्याइपुर्‍याएको हो । बिहीबार इजरायलको तेलअभिभबाट नेपाली लिएर उडेको नेपाल एयरलाइन्सको विमान बिहान ३ बजे त्रिभुवन विमानस्थल अवतरण गरेको हो । नेपालीलाई उद्धार…

Read More

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई तेहरो भूमिका दिइएको छ। सिगास गाउँपालिकाको पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएका अवस्थीलाई डिलासैनी गाउँपालिकाको पनि जिम्मेवारी दिइएको छ। शुक्रबार मन्त्रालयले पठाएको पत्रमा अवस्थीलाई सुर्नया गाउँपालिकाको कामकाजमा बाधा नपर्ने गरी प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्म डिलाशैनी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्यसहितको जिम्मेवारी दिएको उल्लेख गरिएको छ। बैतडीका गाउँपालिकाहरुमा भदौमा खटाएका नयाँ प्रमुख प्रशासकीय अधिकृतहरुको २० दिन नपुग्दै सरुवा गरेपछि अहिले पालिकाहरु प्रमुख प्रशासकीय अधिकृत विहिन भएका छन्।

Read More

काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाडौं : गैरीगाउँ सामूहिक हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारीलाई गोलघरमा राखिएको छ । अन्य कैदीबन्दीको सुरक्षालाई मध्यनजर गर्दै भण्डारीलाई जेलभित्रको जेल अर्थात् गोलघरमा राखिएको हो । शुक्रबार काठमाडौँ जिल्ला अदालतले भण्डारीलाई पुर्पक्षका लागि थुनामा राख्न भन्दै केन्द्रीय कारागार सुन्धारामा पठाएको थियो । केन्द्रीय कारागार सुन्धाराले भण्डारीलाई जेलभित्रको पनि जेल अर्थात् गोलघरमा राख्न पठाएको हो । गोलघरमा निकृष्ट प्रकृतिको अपराध गर्ने व्यक्ति र भाग्न सक्ने वा भाग्न खोज्ने व्यक्तिहरुलाई राखिन्छ । यसअघि गोलघरमा सिरियल किलर चाल्र्स शोभराज, गुण्डानाइके रमेश बाहुन, रिगल भन्ने योगराज ढकालहरुलाई समेत राखिएको थियो । गोलघरभित्रका कैदीबन्दीले अन्य कैदीबन्दीले जति सुविधा पनि पाउँदैनन् । उनीहरुले अन्य कैदीबन्दीले जति…

Read More