Author: महेन्द्रनगर पोष्ट

बझाङ : असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पपछि त्यो क्षेत्रमा केन्द्रबिन्दु बनाएर ५१३ वटा पराकम्पन गएको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङ सदरमुकाम चैनपुर, मष्टा, तल्कोट तथा छबिसपाथिभेरा गाउँपालिकामा केन्द्रबिन्दु बनाएर एक साताको अवधिमा मात्र ५१३ पटक भूकम्पका पराकम्पन गएका बताइएको छ । भुकम्पबिद लोकमणी अधिकारीले झण्डै ५ सय वर्षयता पश्चिम नेपालमा भूकम्प नगएको र ठुलो शक्ति सञ्चित भएर बसेका भूकम्पसम्बन्धी विभिन्न अध्ययनले देखाएकाले भूकम्प जत्तिखेर पनि आउनसक्ने भएकाले सबैले सुरक्षित रहनुपर्ने बताए । सामान्यतया दुई–तीन महिनासम्म भूकम्पका पराकम्पन नरोकिने र ठुलो भूकम्पको समेत जोखिम रहेकाले यसको सबैभन्दा…

Read More

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सभा सदस्य सरस्वती खड्काले डडेल्धुराको अमरगढी किल्लाको संरक्षण तथा प्रवद्र्धनमा बजेट अभाव नहुने बताएकी छिन् । बिहीबार किल्ला भित्रै आयोजना गरिएको बृहत छलफल कार्यक्रममा बोल्दै उनले किल्लाको विकासका लागि आफू सधै लाग्ने बताएकी हुन् । उनले अमरगढी किल्लालाई डडेल्धुराको मुख्य पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न एकजुुट भएर लाग्न आवश्यक रहेको औल्याइन् ।  ‘यहाँका बुद्धिजिवी, राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र नागरिक समाज सबैले किल्ला हाम्रो भनेर एकजुुट हुन जरुरी छ’ उनले भनिन्, ‘प्रदेशको पहिलो सभामा मैले अमरगढी किल्लाको संरक्षण र प्रवद्र्धनका लागि आग्रह गरेकी छु ।’ यस्तै अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले किल्लाको संरक्षणका लागि बजेट माग…

Read More

काठमाडौँ । गत शनिबार इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी घाइते भएका कैलालीका धनबहादुर चौधरी पनि नेपाल फर्किएका छन् । उनी नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन् । खुट्टामा गोली लागेका उनलाई स्थानीय अस्पतालले डिस्चार्ज गरिदिएमने थियो । उनले घटनामा बाँचेर फर्किएको बताए । आक्रमणमा परित घाइते भएका प्रविन डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन् । १७ जनाको समूहमा भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । मृतको पनि शव ल्याउने प्रक्रिया जारी रहेको बताइएको छ ।

Read More

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने जानकारी दिएका छन् । आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको उनले बताए ।  उनले सामाजिक सञ्जालमा देखेका छन्– भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ । परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु।  अर्को भेट नभए सम्म सबैलाई धन्यवाद।

Read More

काठमाडौँ : हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

Read More

काठमाडौं : नेपाल प्रहरीको पेट्रोल पम्पमा भएको घोटालामा दोषी ठहर भएका सहायक निरीक्षक (असइ) दिलिप कार्कीलाई जरिवाना र कैद दुबै सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले बिहीबार उनको सजाय निर्धारण गरेको हो। कार्कीलाई ६ वर्षको कैदका साथै ६० लाख ७५ हजार २८८ रूपैयाँ जरिवानाको फैसला भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए। यसअघि असोज १५ गते सोही इजलासले घोटाला आरोप लागेका असइ कार्कीलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आजको लागि पेसी तोकेको थियो । कार्कीमाथि प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६…

Read More

धनगढी : धनगढीमा बुधबारदेखि शुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय बालिका सम्मेलन बिहीबार सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको आर्थिक तथा प्राविधिक सहयोग र फाया नेपालको व्यवस्थापनमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलनले बालिकाको हक अधिकार तथा उनीहरुमाथि हुने हिंसा न्यूनीकरणका लागि काम गर्ने एवंम् सम्बद्ध पक्षलाई त्यसमा जिम्मेवार बनाउने प्रतिबद्धता समेत गरेको छ । बालिकाहरुको समग्र विकासका लागि बालिका विकास रणनीति योजना बनाइ प्रदेश तथा स्थानीय स्तरमा कार्यक्रम सञ्चालन गर्न स्थानीय र प्रदेश सरकार तथा अन्य सम्बद्ध निकायलाई आग्रह गर्ने, सबै तहका सरकारले बालविवाह र हानिकारक…

Read More

डडेल्धुरा : विगत लामो समयदेखि लोक तथा डेउडा गीतको क्षेत्रमा सक्रिय लोकप्रिय सर्जक तथा गायक  धनिराम गिरी, गायिका गाैरी भट्ट र यज्ञराज गिरीको  स्वरमा नयाँ  डेउडा गीत `पान तिया पन्नर’ सार्वजनिक भएको छ। खप्तड डिजिटल म्युजिक प्राइभेट लिमिटेड मार्फत सार्वजनिक भएको सो गीतमा प्रस्तुती तथा शब्द सृजना धनिराम गिरीको रहेको छ। संगीत पनि गिरीको नै रहेको छ। गीतको म्युजिक भिडियोमा लभराज गिरी र झरना बोहराको नृत्य तथा अभिनय देख्न सकिन्छ। गीत सार्वजनिक गर्दै धनिराम गिरीले यो गीतले सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले सार्वजनिक गरेको बताए। उनीहरुको टिमले विगत लामो  समयदेखि  टिकटकको माध्यमबाट सुदूरको संस्कृति सम्बन्धि  भिडियो बनाइ संस्कृति   जगेर्ना …

Read More

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका एसपीलाई काज सरुवा गरेको छ । बाँकेमा सुवास चन्द्र बोहरा र सर्लाहीमा प्रविण धिताललाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । बाँकेमा कार्यरत सन्तोष सिंह राठौरलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा फिर्ता बोलाइएको छ । सर्लाहीमा नरेशराज सुवेदी कार्यरत थिए । त्यस्तै गृह मन्त्रालयले बिहीबार नै दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा कोमल प्रसाद धमला र बाँकेको प्रजिअमा श्रवण कुमार पोखरेललाई सरुवा गरिएको छ । हिन्दु र मुस्लिम समुदायको बिचमा दंगा भड्किएपछि सुरक्षा परिषद्को बैठकमा दुवै जिल्लाका प्रजिअ र एसपीले ‘कार्यकुशलता…

Read More

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू)की कमिस्नर जुट्टा उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिने क्रममा मोरक्कोको मारकेसमा रहेका अर्थमन्त्री महतले साइडलाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गरेका हुन् । उनले ईयूलाई नेपालमा आर्थिक सहायता बढाउन आग्रह गरे । सन् २०१३ देखि ईयूले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । जसले नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन् । ईयूले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्वीकार गरेको थियो । २०७९ फागुनमा…

Read More