Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : ज्यान मुद्दामा दोषी ठहर भएर जेल सजाय काटिरहेका योगराज ढकाल रिगलको कैद मिनाहाविरुद्ध दायर भएको रिटमा सुनुवाइ भए पनि आदेश भने आएन। बिहीबार पूर्ण इजलासमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो । बहस सुरु गरे पनि प्रधानन्यायाधीश श्रेष्ठले यस्ता प्रकृतिका मुद्दाको फैसला अधिक गरेकाले फैसला नदिएका हुन् । मुद्दाको अर्को पेसी कात्तिक १४ का लागि तोकिएको छ । रिगल समूहको खुँडा प्रहारबाट मारिएका चेतन मानन्धरकी श्रीमती भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ दोस्रोपटक हुन लागेको हो । यसअघि गत बिहीबार (१८ असोज) प्रारम्भिक सुनुवाइ भएको थियो ।

Read More

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाली भूमि गुन्जीको भ्रमणको सम्बन्धमा सरकारको जवाफ माग गरेका छन्। आज बिहीवारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूमि गुन्जीको भ्रमण गरेको भन्दै यसको सम्बन्धमा सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताएका हुन्। उनले मोदी नेपाल आउँदा सरकारले कुनै स्वागत नगरेको र देशलाई कुनै जानकारी नदिइएको टिप्पणी गरे। सभापति लामिछानेले गुन्जी क्षेत्र नेपाली भूमि रहेको र नेपालको चुच्चे नक्सामा समेत समेटिएको उल्लेख गर्दै नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताए।

Read More

धनगढी : रणबहादुर चन्द। सुदूरपश्चिमको राजनीतिमा चिरपरिचित नाम हो। अनेरास्ववियुको पञ्चोदय कमिटीबाट एमालेको राजनीति थालेका उनै चन्द बिहीबार सुदूरपश्चिम प्रदेश सचिवमा सर्वसम्मत रुपमा चयन भएका छन्। उनीसँग प्रतिस्पर्धामा उत्रिएका राजेश खाती, जीवन बम र रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द सर्वसम्मत निर्वाचित भए। झण्डै ३० वर्षदेखि एमालेको राजनीतिमा सक्रिय चन्दले पार्टीको कैलाली सचिवका रुपमा रहेर काम गरिसकेका छन्। चन्दको योग्यता, क्षमता, दक्षता, पार्टी निर्माणमा खेलेको भूमिका तथा नेतृत्व गर्न सक्ने खुबी लगायतका कारण पार्टी नेतृत्व र आम नेता, कार्यकर्ताले विश्वास गरेर चन्दलाई प्रदेश सचिवको जिम्मेवारी दिएको छ। दुई वर्ष अघि पार्टी गुटबन्दीको सिकार भएर कैलाली जिल्ला अध्यक्षमा २ मतले पराजीत…

Read More

बैतडी:  बैतडीको मनेकुँडा गाउँमा पहिलो पटक जीप पुगेको  छ। जिल्लाको  डिलाशैनी गाउँपालिका-७   मनेकुँडा गाउँमा  बिहीवार  पहिलोपट जीप पुगेको  हो।  पहिलो पटक मनेकुँडामा जीप लगेर गएका  चालक प्रकाश बोहरालाई  स्थानीयले  फूलमाला लगाएर  स्वागत गरेका थिए। यातायातको  पहुँच बाहिर रहेको  गाउँमा सडक विस्तारसँगै  गाडी पुगेपछि स्थानीय खुसी भएका छन्। घण्टौँ पैदल यात्रा गरेर जानु पर्ने बाध्यता रहेकोमा अब सहज हुने  स्थनीय प्रदिप जोशीले  बताए।

Read More

धनगढी : काठमाडौँको बौद्धमा प्रहरीले गोली चलाएको छ। बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो। प्रहरीले चलाएको गोली लागेर सिन्धुली घर भएका अमर घलान घाइते भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । सुन लुटपाटका साथै अन्य शंकास्पद गतिविधि गरिरहेको सूचनामा आधारमा पुगेको टोलीलाई जाइलागेपछि गोली चलाइएको उनको भनाइ छ।

Read More

डडेल्धुरा : ग्लोबल आइएमई बैंक डडेलधुरा शाखाले पुस्तक सहयोग गरेको छ। बिहीबार बैंकले सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा पुस्तक सहयोग गरेको हो। विशुद्ध सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ५० हजार रूपैयाँ बराबरको पुस्तक सहयोग गरेको बैंकका शाखा प्रवन्धक प्रकाश भट्टले जानकारी दिए। प्रवन्धक भट्टले एक कार्यक्रमकाबीच उक्त पुस्तकहरू उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेज बहादुर साँकीलाई हस्तान्तरण गरेका हुन्। उक्त पुस्तकहरू बाट धार्मिक ज्ञान लिन चाहना भएका पाठकहरुलाई लाभ हुने विश्वास व्यक्त गरेको भट्टको भनाइ छ। उनले क्षेत्र विकास अन्तर्गत रहेको वेद आश्रम विद्यालयमा अध्यनरत विद्यार्थीहरू पनि लाभान्वित हुने जानकारी दिए।

Read More

धनगढी : नेपाली कांग्रेसको १४ औं महाधिवेशन भएको २२ महिना भएको छ। यतिका समय हुँदा पनि सुदूरपश्चिमका ४ जिल्लाले महासमिति सदस्यको नामावली केन्द्रीय कार्यालय सानेपामा पठाएका छैनन्। महासमिति सदस्यको नामावली नपठाउनेमा डोटी, कैलाली, कञ्चनपुर र बाजुरा रहेका छन्। केन्द्रीय महाधिवेशन हुनुअघि नै महासमिति सदस्य छानिइसक्नुपर्ने हो। महाधिवेशन प्रतिनिधिले आफूहरू मध्येबाट महासमिति सदस्य चुन्न सक्ने विधानको व्यवस्था छ। कांग्रेसले २०७८ मंसिरमा नेतृत्व चुन्न महाधिवेशन गरेको थियो। त्यसबेला सुदूरपश्चिमका ५ जिल्लाले मात्र महासमिति सदस्यको नामावली पठाएका थिए। सुदूरपश्चिमबाट बझाङ, अछाम, दार्चुला, बैतडी र डडेल्धुराबाट मात्रै महासमिति सदस्यको नामावली प्राप्त भएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ। डोटीमा भने आज महासमिति सदस्यको निर्वाचन…

Read More

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाका एक वडाअध्यक्षका छोराले नाबालिगको अश्लील भिडियो सार्वजनिक गरेर चरित्रहत्या गरेका छन् । उनले आफ्नै प्रेमिकाको नग्न भिडियो सार्वजनिक गरेका हुन् । गत चैतदेखि प्रेम सम्बन्धमा रहेकोमा वडाअध्यक्षका छोराले ती नाबालिकालाई नग्न भिडियो बनाएर आफूलाई पठाउन आग्रह गरेका थिए । त्यसपछि ती नाबालिकाले बनाएर पठाएको भिडियो ती युवकले सामाजिक सञ्जाल फेसबुकमा भाइरल गरिदिए । उक्त भिडियो धेरैको फेसबुक म्यासेन्जरसम्म पुगेको थियो । जसका कारण नाबालिक र उनको परिवार तनावमा आएको थियो ।त्यसपछि बालिकाको परिवारले अदालत जानेसम्मको तयारीमा गरेको थियो । त्यो भेउ पाएपछि वडाअध्यक्षको परिवारले कानुनको आँखा टाल्न एउटा हत्कण्डा अपनाएको छ । ती पीडकका परिवारले…

Read More

काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जानकारी नदिईकन नेपाली भूभागमा प्रवेश गर्न लागेकोमा एमाले नेता तथा पूर्वमन्त्री डा भीम रावलले कडा आपत्ति जनाएका छन्। सरकार र प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनको माग छ। भारतीय प्रधानमन्त्री मोदी आजै बिहान हेलिकोप्टर चढेर आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्न पुगेका छन्। उनको ट्विटर अकाउन्टबाट पार्वती कुण्डमा दर्शन गरेको फोटो पनि सार्वजनिक भएको छ। मोदीले नेपालको सिमानाभित्र रहेको गुञ्जिका सात गाउँमा स्थानीय बासिन्दासँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस विषयमा सरकारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन। स्थानीय प्रशासन पनि बेखबरजस्तै देखिएका छन्। एमाले नेता डा रावल यो निकै संवेदनशील विषय…

Read More

धनगढी : एसीसी १९ वर्षमुनिकाे प्रिमियर कपमा इरानलाई हराउँदै नेपालले विजयी शुरुवात गरेको छ । नेपालले इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हरायो । जितका लागि नेपालले दिएको ३ सय ५४ रनको लक्ष्य पछ्याएको इरान ३० ओभर ५ बलमा ७९ रनमा अलआउट भयो । उसका आमेर खोर्सन्दले सर्वाधिक ३७ रन बनाए । अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३/३ विकेट लिए । यस्तै हेमन्त धामी र आकाश चन्दले समान २/२ विकेट लिए । त्यसअघि मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४० ओभर १ बलमा ३ सय ५३ रनमा अलआउट भएको…

Read More