Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीमा रोजगारी दिने नाममा ५६ जनालाई ठगी गरेको खुलेको छ। सुदूरपश्चिमका विभिन्न वडामा रोजगारी दिने भन्दै कार्यालय नै खोलेर ५६ जनाबाट १० लाख ठगी गरेको खुलेको हो। धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा उद्यमी सहयोग तथा तालिम केन्द्र प्रालि सञ्चालन गरेका ठग सञ्चालक अमरसिंह धामी भने अहिले फरार छन्। सुदूरपश्चिमका प्रत्येक वडामा कर्मचारी राख्ने भन्दै केन्द्रले विज्ञापन गरेको थियो। विज्ञापनका आधारमा कर्मचारी भर्नाको प्रक्रिया असार ४ गतेबाट सुरु भएको थियो। कर्मचारीका लागि पोसाक, ल्यापटप र कर्मचारीको बीमा गर्ने भन्दै रकम सङ्कलन गरिएको हो। यहाँका ५६ जनाबाट झन्डै १० लाख रुपैयाँ सङ्कलन गरेका केन्द्र सञ्चालक धामी अहिले फरार छन्। उनी २०८० असोज…

Read More

धनगढी: कैलालीको टीकापुरमा अवैध रकमसहित एक व्यापारी समातिएका छन्। सशस्त्र प्रहरीले हिजो ती व्यापारी समातिएको बताएको छ। स्रोतका अनुसार अवैध रकम र गाडीसहित समातिएका ती मानिस भारतीय व्यापारी हुन्। अहिले नगदसहित समातिएका उनलाई सशस्त्र प्रहरीले राजस्व अनुसन्धान कार्यालय नेपालगन्जलाई बुझाउने तयारी भैरहेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका प्रवक्ता डिआइजी राजेन्द्र खड्काले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार ती व्यापारीको साथबाट करिब ३ लाख भारतीय रुपैयाँ र ७ लाख नेपाली रुपैयाँ बरामद गरिएको हो। यस्तै उनको कार पनि नियन्त्रणमा लिइएको र थप अनुसन्धान भैरहेको बताइएको छ। घटनाबारे विस्तृत विवरण खुल्न बाँकी रहेको छ।

Read More

काठमाडौं: नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशका सात जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। तर, प्रदेशका दुई पहाडी जिल्लामा सुपथ मुल्य पसल सञ्चालन नहुने भएका छन्। दसैं र तिहारलाई मध्यनजर गर्दै सञ्चालन हुने सुपथ मूल्य पसलहरु यसपटक डोटी र बैतडीमा सञ्चालन नहुने भएका हुन्। दुवै जिल्लामा रहेका डिपो र कार्यालयमा कर्मचारी नहुँदा कम्पनीले सुपथ मूल्य पसल चलाउन नसकेको नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड धनगढीकी कार्यालय प्रमुख इन्जिला बस्नेतले बताइन्। मंसिर ३ गतेसम्म सञ्चालन हुने पसलहरूमा आइतवारदेखि मूल्यसूची सहित सञ्चालनमा आइसकेका छन्। पसल सञ्चालन भएके ठाउँमा सुपथ मूल्य पसलबाट उपभोक्ताले चामलमा प्रति किलो ७ रुपैयाँ…

Read More

कञ्चनपुर : बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित छन्। कृषि विकास बैंकबाट १० लाख ऋण निकालेर उनले उखुखेती गरेका थिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले रानाको डेढ बिघा जग्गामा गरिएको उखुखेतीमध्ये आधा बिघाको उखु पूरै कुल्चेर तथा खाएर नोक्सानी गरेको छ। “दुई सय क्विन्टल उखु हात्तीले गए रातिमात्रै खाएर नोक्सानी पुर्याएको छ”, उनले भने, “हात्तीका कारण रु डेढ लाख घाटा व्यहोर्नुपरेको छ।” छिमेकीले फोन गरेर रातिका बेला उखु बारीमा हात्तीको बथान पसेको जानकारी दिएपछि आगोको राँको बालेर तर्साएर मुस्किलले भगाउन सकिएको उनले बताए । घर नजिकै उखुबारी…

Read More

काठमाडौं: एक हप्ताअघि सिक्किमको टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएका १० जना नेपालीहरूको खोजीका लागि पहल गरिदिन भारतीय पक्षसँग माग गरिएको छ। असोज १७ गतेको बाढीमा परी इलामका १० जना बेपत्ता भएको उनीहरूका आफन्तले बताएका छन्। काम गर्नका लागि गएका इलाम नगरपालिका–९ का उनीहरू बाढीको घटनापछि सम्पर्कविहीन भएको स्थानीय बासिन्दाको भनाइ छ। सम्पर्कविहीन भएकामा इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत, कुमार बस्नेतलगायत छन् । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार नेपालीहरू सम्पर्कविहीन भएको जानकारी आएपछि भारतीय पक्षसँग खोजी र उद्धारका लागि पहल भइरहेको छ । भारतीय सुरक्षाकर्मी र प्रशासनसँग कुरा गरी बेपत्ता भएका नेपालीहरूको…

Read More

काठमाडौं : विद्युतीय सिगरेट (भेप) मा लुकाइ सुन तस्करी गरेको अभियोगमा राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरासहित, लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई हाल काठमाडौं बस्ने दावा छिरिङ र काठमाडौंका निमा गुरुङलाई प्रतिवादी बनाएको छ। प्रतिवादी ४ मध्ये निमा फरार छन्। राहुल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो। जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री…

Read More

धनगढी : एमाले सुदूरपश्चिमा अध्यक्षमा प्रत्याशी कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन्। उनले कृष्णप्रसाद जैसीलाई सहमतिको अध्यक्ष बनाउन उम्मेदवारी फिर्ता लिएको बताएका छन्। अध्यक्षका प्रत्याशी भरत साउद र बचन सिंहले भने उम्मेदवारी फिर्ता लिएका छैनन्।

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाले लक्ष्मीनगरमा रहको बालाजी आइसक्रिम उद्योगलाई जरिबाना गरेको छ। उपमहानगरपालिकाको बजार अनुगमन टोलीले मंगलबार बजार अनुगमनका क्रममा बालाजी आइसक्रिम उद्योगलाई जरिबाना गरेको हो। आइसक्रिमको खोल बाहिर उत्पादन मिति र म्याद सकिने मिति नभएकाले दुई हजार रुपैयाँ जरिबाना गरिएको धनगढी उपमहानगरपालिका बजार अनुगमन टोलीका संयोजक नारायणप्रसाद शर्माले बताए । उक्त उद्योगलाई आगामी दिनमा बिक्री वितरण गर्दा मिति राखेर बेच्न सुझाव समेत दिएको उनले बताए। उनका अनुसार पहिलो पटक भएकाले सम्झाई बुझाई गरेर दुई हजार मात्रै जरिबाना लिएको र आगामी दिनमा पनि यो कार्य गरेको फेला पारे नियमानुसार कारबाही गरिनेछ।

Read More

काठमाडौं : आईसीसी पुरुष विश्वकप क्रिकेटमा आज घरेलु टोली भारतले अफगानिस्तानसँग खेल्दैछ। दिल्लीको अरुण जेटली स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे दुई टिमबीचको खेल सुरु हुने छ। उपाधि दावेदार भारत लगातार दोस्रो जितको खोजीमा हुने छ भने अफगानिस्तान पहिलो जित निकाल्ने योजनामा हुनेछ। आफ्नो पहिलो खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दा अफगानिस्तानविरुद्ध बंगलादेशले ६ विकेटको जित निकालेको थियो। ​ एकदिवसीय विश्व कपमा दुई देशले हालसम्म १ खेल मात्र खेलेका छन्।

Read More

कैलाली: प्रहरीले कैलालीको धनगढी उपमहानरपालिकाबाट ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ धनगढी–१३ श्रीलङ्का जाने बाटो नजिकबाट २ सय १० मिलीग्राम ब्राउनसुगरसहित गोदावरी नगरपालिका–१ अत्तरियाका २४ वर्षीय पारस पार्कीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कैलालीगाँउ कैलालीबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा पार्कीको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

Read More