Author: महेन्द्रनगर पोष्ट

कैलाली: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी विनोदप्रकाश सिंहले पाएका छन्। बुधबारको मन्त्रिपरिषदको बैठकले सिंहलाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो। हाल कृष्णहरि पुष्कर सामान्य प्रशासन मन्त्रालयका सचिव थिए। सामान्य प्रशासनमन्त्रीमा अनिता देवी  नियुक्त भएलगत्तै मन्त्रालयको सचिव फेरिएका हुन्। डोटीको चुरे गाउँपालिका पुर्ख्यौली घर भएका सिंह यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सामाजिक विकास तथा प्रादेशिक समन्वय मामिला हेर्ने सचिव थिए।

Read More

एजेन्सी: अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प गिरफ्तारमा परेका छन्। डोनाल्ड ट्रम्पले बिहीबार फुल्टन काउन्टी जेलमा आफूलाई जर्जियाको २०२० चुनावी नतिजाहरू उल्टाउने प्रयासबाट उत्पन्न एक दर्जन भन्दा बढी आरोपमा आत्मसमर्पण गरेका हुन्। जर्जियामा ट्रम्पको आत्मसमर्पण यस वर्ष चौथो पटक हो। आत्मसमर्पणपछि फुल्टन काउन्टी शेरिफको कार्यालयले पूर्व राष्ट्रपति ट्रम्पको ऐतिहासिक एक मग शट जारी गरेको छ। मगशट भनेको पक्राउ परेको व्यक्तिको पुलिसले खिचेको फोटो हो।

Read More

काठमाडौं: झापाको इलाका प्रहरी कार्यालय झिझिलेका इन्चार्ज इन्स्पेक्टर युवराज कट्‍वालमाथि बन्चरो प्रहार भएको छ। बिहीबार साँझ शिवसताक्षी नगरपालिका-९ झरना पुलनजिकै उनीमाथि आक्रमण भएको हो। ब्राउन सुगर सेवन गरिरहेको सूचनाको आधारमा कट्‍वालको कमाण्डमा सादा पोशाकमा प्रहरी टोली खटिएको थियो। झापा प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार ३ जना सवार मे ४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही हिसाबले चलाएको देखेर रोकेर सोधपुछ गर्ने क्रममा इन्स्पेक्टर कट्‍वालमाथि आक्रमण भएको हो। बन्चरो प्रहारबाट उनको टाउको र हातको औंलामा चोट लागेको रिजालले बताए। मोटरसाइकल चालक ३२ वर्षीय विकास भन्ने अरुण तामाङ, बीचमा सवार ३३ वर्षीय लक्ष्मण टुडू र बन्चरो हान्ने अशोकलाई प्रहरीले पक्राउ गरी इप्रका…

Read More

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालमा ३ वर्षपछि ‘जोगेनी जाँत’ हुँदैछ। यस क्षेत्रकै प्रसिद्ध ‘जोगेनी जाँत’ प्रत्येक ३ वर्षमा हुने गर्दछ। यसवर्षको जोगेनी जात्रा यही भदौ २१ गते हुने वडाध्यक्ष उपेन्द्रबहादुर जोराले जानकारी दिए। उनका अनुसार यो जाँत परापूर्वकालदेखि नै मनाइँदै आइएको हो। उक्त मेला भर्नाको लागि सुदूरपश्चिमका प्रायः सबै जिल्लाबाट भक्तजन आउने गर्दछन्। गाडीमार्फत जिल्ला सदरमुकाम डडेल्धुराबाट तीन/चार घण्टामा पुग्न सकिन्छ। यस जाँतलाई ‘चौंसठ्ठी माता’ को रूप पनि भनिन्छ। यस जाँतमा विभिन्न ‘चौला’ हुने गर्दछन्। जसमा मुख्य चौलो कोटेउडाको चौलो हुन्छ भने अरू चौलाहरूको पनि हुने गर्दछन्। जसमा ‘पड चौलो’, ‘नौतडी चौलो’, ‘विस्तडी चौलो’ र ‘तल्ली रुपालको चौलो’ हुन्छन्। अधिकांशले हातमा…

Read More

काठमाडौं : अहिले अमेरिकाम एक नेपालीको खुबै चर्चा भइरहेको छ। सोलुखुम्बु गोराखानी घर भएका ल्हाक्पा रिन्जी शेर्पाले न्युयोर्कको लागार्डिया विमानस्थलमा साहसिक काम गरेको भन्दै उनको चर्चा भइरहेको हो। गत मंगलबार लागार्डिया विमानस्थलको पार्किङस्थलमा एउटा कारमा अचानक आगलागी भएको थियो। कारमा आगलागी भएपछि पार्किङस्थल धुँवाले भरिएको थियो। आगलागीबाट त्रसित भएकाहरू भागदौड गरिरहेका बेला शेर्पा आगलागी नियन्त्रणमा जुटेका थिए। फायर एक्स्टीङ्गगुइसर (आगो निभाउने उपकरण) लिएर उनले ट्याक्सीमा दन्किरहेको आगो निभाए। उनको साहसिक काम देखेर धेरैले उनलाई ‘हिरो’ भन्दै उक्त आगलागी नियन्त्रण गरिरहेको भिडियो सामाजिक सञ्जालमा हालेका छन्।

Read More

काठमाडौं: न्यूनचापीय रेखा सहित नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तरी भू-भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही  कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहीकोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, र गण्डकी  प्रदेशका थोरै स्थानहरू  तथा मधेश र लुम्बिनी प्रदेशको  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना रहेको…

Read More

कैलाली: लगातारको वर्षाका कारण आज (शुक्रबार) देशका केही नदीहरूमा जल सतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कैलालीको पूर्वी भागका नदीमा बहाव उल्लेख्य बढ्ने छ। बिहान ५:३० बजेको सूचना अनुसार कैलालीको टिकापुर, चिसापानी लगायत आसपासको स्थानमा भारी वर्षा मापन भएको छ। ती स्थानमा थप वर्षा हुने सम्भावना कायमै रहेकोमा स- साना नदीमा बहाव बढ्नसक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन् । उनले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रिपरिषद्मा लैजाने बताए । उनले भने, ‘अगाडि बोल्ने नेताहरुले प्रधानमन्त्रीको हैसियतका गौरा पर्वको विषयमा केही घोषणा गर्नुपर्ने कुरा राख्नुभएको छ । हिजो मात्रै मन्त्रिपरिषद् बैठकमा यो कुरा चलेको छ । हामीले गौरा पर्वका विषयमा सकारात्मक मात्रै होइन । सुदूरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्ने कुरामा प्रस्ट गरेका छौँ । ‘ उनले सरकारले सुदूरपश्चिमका…

Read More

गलकोट (बागलुङ) : बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटेल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि चलान गरिएको छ । जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटेल तथा खाजा घरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार शिवहरि सुवेदीले जानकारी दिए । कुँवरको होटेलमा खाजा खान गएका वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल गत साउन ८ गते राति होटेलमै मृत फेला परेका थिए । होटेलमा मृत फेला परेका पौडेलको हत्या भएको प्रारम्भिक…

Read More

काठमाडौं : ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मन्त्रिपरिषद्मा विभागीय मन्त्रालय हुँदै मुख्यसचिवमार्फत प्रस्ताव पेश हुने भएकाले त्यसमा कानुनी वा अन्य त्रुटी छैन भन्ने आधारमा निर्णय हुने गरेको बताएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले गरेको बयान कागजमा भट्टराईले भनेका छन्, ‘मन्त्री परिषदमा निर्णयार्थ पेश हुने सम्बन्धित मन्त्रालयको प्रस्ताव मुख्य सचिवमार्फत मन्त्री परिषदमा पेश हुने भएकोले यसरी पेश भएको प्रस्तावमा कुनै किसिमको कानूनी वा अन्य त्रुटी छैन भन्ने विश्वासमा प्रस्ताव उपर निर्णय गरिन्छ ।’ यस्तो छ भट्टराईको बयानः यो प्रक्रियागत रुपमा भूमि व्यवस्था मन्त्रालयबाट उठी आएको प्रस्ताव मन्त्री परिषदमा पेश भई मन्त्री परिषदबाट सामाजिक समितिमा पठाइएकोमा सामाजिक समितिको…

Read More