Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा अवैध औषधि विक्री वितरण गर्दै आएका एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–९ कुण्डाका ४३ वर्षीय सुनिराम चौधरी पक्राउ परेका हुन्। उनी लालझाडी गाउँपालिका–६ चान्देवमा मेडीकल सञ्चालन गर्दै आएका थिए। चौधरीले संचालन गरेको जनता मेडीकल हलमा अवैध औषधिसहित उनलाई प्रहरीले पक्राउ गरेकोे हो। चौधरीलाई कार्वाहीको लागि औषधि बिभाग व्यवस्था शाखा कार्यालय नेपालगंज बाँकेमा पठाएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा उक्त मुद्दाको सुनुवाइ सकिएको हो। उक्त मुद्दाको सम्बन्धमा आदेश आउन भने बाँकी छ। आगामी मंसिर १८ मा निर्णय सुनाउने तयारी भएको अदालत स्रोतको भनाइ छ। प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सात वर्षपछि सुनुवाइ भएको हो। द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्डविरुद्ध १२ जेठ २०७३ मा अवहेलना मुद्दा दायर गरेका थिए।

Read More

दैलेखः घरेलु हिंसा भोग्दै आएकी एक महिलाको मृत्यु भएको छ। श्रीमानबाट पीडित भएर सान्नी त्रिवेणी गाउँपालिका–१ लुसा माइती घर भएकी गीता जैसीको संरक्षण गरिएको ठाउँमै रहस्यमय मृत्यु भएको हो। श्रीमानबाट पीडित महिला जैसीलाई पछिल्लो समय प्रहरीकै निर्देशनमा सोसेक नेपाल नामको गैरसरकारी संस्थाको संरक्षणमा राखिएको थियो। आज बिहान ९ बजेको समयमा सोसेक नेपालकै मान्मस्थित कार्यालयभित्रको बाथरुमको ढोकामा जैसी मृत भेटिएको प्रहरीले जनाएको छ। हिजो प्रहरी कार्यालयमा उपस्थित जैसीलाई प्रहरीले नै मानसिक तनाव दिएको कारणले उनले मृत्यु रोजेको आफन्तको आरोप छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले शौचालयको ढोकामा झुन्डिएको अवस्थामा जैसी भेटिएको बताए। आफूले अनुसन्धान गर्नुपर्ने भएकाले हिजो प्रहरीमा कार्यालयमा…

Read More

काठमाण्डौं : प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्। ‘इन्डो प्यासिफिक’ क्षेत्रका सेनापतिहरूको सम्मेलनमा भाग लिन सेनापति शर्मा आज आइतवार भारत प्रस्थान गरेका हुन्। प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गरेका थिए। भारत प्रस्थान गर्नुअघि आजै प्रधानसेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। सम्मेलन भोलि सोमवारदेखि १० गतेसम्म भारतको नयाँ दिल्लीमा हुनेछ। सम्मेलनमा ३० वटा देशका सेनापतिको सहभागिता रहनेछ।

Read More

काठमाण्डौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको गुनासो गरेका छन्। १९ ‍औँ एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि आज आइतवार काठमाण्डौमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका हुन्। कप्तान पौडेलले एसियाली खेलकुदका लागि टोलीले राम्रो तयारी गरिरहेको पनि बताएका छन्। उनले एसियाली खेलकुदलाई लिएर सबै जना उत्साहित रहेको बताउँदै आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए। यो प्रतियोगिताले आईसीसी टी–२० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने उनको भनाइ छ।

Read More

धनगढी : आयोडिनयुक्त नून उपभोग गर्ने बानी बढेपछि आयोडिनको कमीले मानिसमा देखिने विभिन्न शारीरिक समस्या न्यूनीकरण हुँदै गएको छ । यो नूनको उपभोग गर्ने जनसङ्ख्या बढेसँगै पहिलेको जस्तो सुस्त मनस्थिति, पुट्कोपना, गलगाँड हुनेजस्ता शारीरिक समस्या न्यूनीकरण हुँदै गएको पाइएको बाजुरा जिल्ला अस्पतालका प्रमुख नृपराज गिरी बताउँछन्। ‘आयोडिन नून र पोषणयुक्त अन्य खानेकुराको उपभोग बढेकाले हुनसक्छ, अस्पतालमा पछिल्ला दशकमा प्रसूति सेवा लिन आउने माहिलाबाट पुट्कोपना, ख्याउटेपना र सुस्त मनस्थितिका शिशु जन्मिएको विवरण देखिँदैन,” उनी भन्छन्, ‘लगाँडको समस्या लिएर आउने नयाँ बिरामी पनि छैनन्।’ आयोडिनयुक्त नूनको पहुँच सबै ठाउँमा नपुग्दा कतिपय नागरिकले विगतमा आयोडिन तत्व नभएको ढिके नून उपभोग गर्नुपर्ने बाद्यता थियो।…

Read More

काठमाडौंः नेपाली सेनाका १२ जना सेनानी (मेजर) हरूको प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मा बढुवा भएको छ। सैनिक मुख्यालय जंगी अड्डाले असोज १५ गतेबाट लागू हुने गरी मेजरको लेफ्टिनेन्ट कर्णेलमा बढुवा गरेको हो। यस्तै यसअघिदेखि नै लेफ्टिनेन्ट कर्णेल रहेका १४ जनाको सरूवा गरिएको छ भने ४ जना लेफ्टिनेन्ट कर्णेललाई गण र २ जना सेनानी (मेजर) लाई गुल्मको कमाण्ड दिइएको छ। बढुवा भई सरूवा भएका १२ लेफ्टिनेन्ट कर्णेलहरूमध्ये तेजेन्द्र मगर, गिरिराज गौतम र पृथबहादुर श्रेष्ठको नीति तथा योजना निर्देशनालय, झलक सुवेदीको नं. २७ बाहिनी अड्डा, वीरेन्द्रबहादुर सिंहको पूर्वी पृतना हेडक्वार्टर, सावित्री जीसीको शिकायत जाँच महाशाखामा सरूवा भएको छ। रामप्रसाद लामिछानेको निरीक्षण निर्देशनालय,…

Read More

महेन्द्रनगरः निर्दयी आमा अर्थात् शर्मिला चौधरी कञ्चनपुर प्रहरीको नियन्त्रणमा छिन्। शुक्रबार बिहानै ९ महिने दुधे शिशु (छोरी)लाई उखुबारीमा बाँधेर परपुरुषसँग भाग्दै गरेकी चौधरीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो। ९ महिने शिशुलाई बेलौरी नगरपालिका–७ बैरैया हातिबोझाको उखुबारीमा हात बाँधेर भागेकी थिइन्, उनी। शर्मिलाको माइती घर पुनर्वास नगरपालिका–२ अमरैया हो। शर्मिलाले यसअघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी विवाह गरेकी थिइन्। केही समय विवाहित जीवन राम्रो चले पनि पछि अजयलाई छाडेर उनले बैलौरीकै सुन्दर चौधरीसँग भागी विवाह गरेकी थिइन्। शर्मीलाबाट एउटा जन्मिएको शिशु कसको बच्चा हो, बुवा को हुन् भन्ने पहिचान नभएपछि श्रीमान् सुन्दर चौधरीसँग विवाद भएको थियो। शिशु कसको बच्चा हो? भन्ने…

Read More

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा चितुवा मृत अवस्थामा फेला परेको छ। थापिएको पासोमा परी चितुवाको मृत्यु भएको हो। जंगली जनावर बदेलका लागि थापिएको पासोमा चितुवा परेको आशंका गरिएको छ। थप विवरण आउन बाँकी छ।

Read More

बझाङ : छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलका हत्या आरोपीलाई पक्राउ गर्न बझाङ प्रहरी जंगलमा पसेको छ। शनिबार हत्या आरोपीत उनका भाइ बिजुली मण्डेलको फोन लोकेसन जंगलमा ट्रेस भएपछि उनी जंगलमै लुकेको आशंकामा प्रहरी जंगल पसेको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाह आफै खटिएको भएपनि हत्यारालाई समात्न सकेका छैनन्। सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी प्रज्वल महर्जनले त्यहीँ गाउँ नजिकैको जंगलमा आरोपीत लुकेको हुनसक्ने भन्दै खोजबिन तीब्र पारिएको जानकारी दिए। उनका अनुसार अहिले प्रहरीले सबै नाकामा नाकाबन्दी नै गरेको छ। उनी कता लेकेर बसे भनेर प्रहरीले पत्ता लगाउन सकेको छैन् सोही कारण उनी भाग्न नपाउन भनेर सबै…

Read More