Author: महेन्द्रनगर पोष्ट

बैतडी: भारतको दिल्लीमा काम गर्दै आएका बैतडीका एक युवकले आफैलाई चक्कु प्रहार गरेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ मड घर भएका अन्दाजी २५ वर्षीय सुरेन्द्र धामीले चक्कुले आफ्नै घाँटी रेटेका हुन्।  चक्कुले घाँटी रेटेपछि उनी गम्भीर घाइते भएका र उनको दिल्लीस्थित जेपी हस्पिटलमा उपचार भइरहेको छ।  उनले आफैलाई आफूले किन चक्कु प्रहार गरे भन्ने कुरा खुलेको छैन्।

Read More

काठमाडौं: अस्ति राति कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीमाथि ड्युटीमै रहेका बेला हातपात भयो। बिरामीको उपचारमा खटिएका अहेब नरेन्द्र प्रसाद गैरेको घाँटी नै च्यापेको सीसीटिभी फुटेज सार्वजनिक भएको थियो। सोही घटनाको बिरोध गर्दै स्वास्थ्यकेन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले दोषीलाई कारबाही नभएसम्म आज असोज ४ गतेदेखि आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाहरु ठप्प पारेका छन्। ‘सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं। घाइते स्वास्थ्यकर्मीलाई शीघ्र स्वास्थ्य लाभको कामना,’ उनीहरुले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ। आफ्नो न्यायका लागि लडिरहेका स्वास्थ्यकर्मीले सेवा ठप्प पारेका बेला नेपाली कांगेसले भने हातपात गर्ने रामबहादुर खड्काकै पक्ष लिंदै विज्ञप्ति निकालेको छ। नेपाली कांग्रेस बेलौली नगर कार्यसमितिका सभापति पेपुराम चौधरी, प्रदेश…

Read More

बाजुराः बाजुराको बुढीगङ्गा नदीमा चालु आर्थिक वर्षमा दुई वटा पक्की पुल निर्माण हुने भएपछि त्रिवेणी नगरपालिकाका स्थानीय खुसी भएका छन्। बुढीगङ्गा नदीमा पक्की पुल नहुँदा स्थानीयले जोखिम मोलेर नदी वारपार गर्नुपर्ने बाध्यता रहेको थियो। नगरपालिका प्रमुख कर्णबहादुर थापाले सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालय अछामले यो वर्ष बुढीगङ्गा नदीमा दुई वटा पक्की पुल निर्माणको काम सुरु गरेको जानकारी दिए। बुढीगङ्गा वडा नम्बर १ र त्रिवेणी नगरपालिका वडा नम्बर ९ को बिचमा रहेको रिन्टे खोला र बुढीगङ्गा वडा नम्बर ६ र त्रिवेणी वडा नम्बर ८ को बिचमा पर्ने मौरेमा पक्की पुल निर्माण हुँदै छ। बुढीगङ्गा वडा नम्बर २ र त्रिवेणी वडा…

Read More

धनगढीः कैलालीको टीकापुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। टिकापुर नगरपालिका ९ स्थित सत्ती भन्सार प्रहरी चेक पोष्टबाट ४ ग्राम १७० मिलीग्राम लागुऔषधसहित बर्दगोरिया गाउँपालिका २ बौनिया जगतपुरका २५ वर्षीय रबिन्द्र टमट्टा बुधवार साँझ पक्राउ परेका हुन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिइएको टोलीले चेकजाँच गर्दा टमट्टाको साथमा लागुऔषध फेला परेकाले पक्राउ गरेको बताएको छ। 

Read More

काठमाडौं: ४० लाखभन्दा बढी  फलोअर्स भएको लोकप्रिय फेसबुक पेज रुटिन अफ नेपाल बन्द फेरि सक्रिय भएको छ। आफूबाट विगतमा केही गल्तिहरु भएको स्वीकार गर्दै अब गल्ती नगर्ने र पुष्टि नभएका ब्रेकिङ समाचार पोष्ट नगर्ने वाचा गरेर पेज सक्रिय भएको हो। ‘कुनै पनि गल्ती वा त्रुटीहरु हामीले जानाजान गरेनौँ। यद्यपि, ति गल्तिहरु सिकाइको अनुभवकारु पमा ग्रहण गर्दै गल्ती नदोहोर्याउने प्रतिबद्धतासहीत क्षमा माग्दछौँ’ पेजमा लेखिएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गैरजिम्मेवारपूर्ण स्टाटसपछि उनको बचाउमा उत्रेको ‘रुटिन अफ नेपाल बन्द’ पाठकको चर्को दबाब थेग्न नसकेर बन्द भएको थियो। सञ्चालक भिक्टर पौडेलले भदौ १८ गते फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए।…

Read More

कञ्चनपुर : कञ्चनपुरको एक जंगलमा कुटपिट गरेर लुटपाट गरिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ स्थित अर्जुनी जंगलमा बुधबार साँझतिर दुई जनामाथि आक्रमण गरी कुटपिट गर्दै लुटपाट भएको हो। सडकमा आक्रमण गरेर लुटपाट गरेको अभियोगमा कञ्चनपुर  प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वेदकोट नगरपालिका– २ दैजी बस्ने २२ वर्षीय कमल चौधरी र २७ वर्षीय राजु डगौरा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले शुक्लाफाँटा नगरपालिका–५ बस्ने ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी द्रोपती जोशीलाई गड्डाचौकीबाट जर्सी गाई घरतर्फ ल्याइरहेको अवस्थामा दुई युवकले कुटपिट गरी लुटपाट गरेको बताए । द्रोपतीले घाटीमा लागाएको ८…

Read More

काठमाडौं: नेकपा (एकीकृत समाजवादी) को ६७ औं सचिवालय बैठक आज बस्दै छ। पार्टी कार्यालयमा बिहान साढे १० बजे बैठक बस्ने तयारी रहेको उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए। पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए। यसका अतिरिक्त पार्टीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन–११ बारे पनि छलफल हुने बताइएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भूसालले एकलौटी ढंगले र कमिटी निर्णयभन्दा बाहिर गएर अपानि जारी गरेको भन्दै एकीकृत समाजवादीमा असन्तुष्टि छ। सम्मानित नेता झलनाथ खनाल पक्षले त आपत्ति नै जनाएको छ। आफूनिकट नेता–कार्यकर्तालाई जिम्मेवारीबाट पाखा लगाउने अभिप्राय अपानिमा…

Read More

धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका २ भन्सार रोड नजिकबाट भन्सार छलिका समान बरामद गरिएको हो। भन्सार छली ल्याएका अन्दाजी १९ हजार मूल्य बराबरको चिनी, नरिवल, मिश्री, चामल लगायतका सामानहरु बुधवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ।

Read More

काठमाडौं : साफ अन्डर नाइन्टिन च्याम्पियनसिपमा आज नेपाल–पाकिस्तान भिड्ने भएका छन्। आजदेखि काठमाडौंमा सुरु हुन लागेको च्याम्पियनसिपमा नेपाल र पाकिस्तानको खेल साँझ साढे ५ बजे सुरु हुनेछ। समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। पाकिस्तानी टोली बुधबार मात्र काठमाडौं आइपुगेको छ। पाकिस्तान पहिलोपटक यो प्रतियोगितामा सहभागी हुन लागेको हो। भारत पछिल्ला दुई संस्करणको विजेता हो। दुवैपटक नेपाल फाइनल पुग्न नसक्दा बंगलादेश उपविजेता बनेको थियो। यसपटक देशभरबाट छानिएका दुई सय खेलाडीमध्येबाट नेपालको टिम तयार पारिएको छ। यसैबीच, दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दिउँसो साढे १ बजे बंगलादेश र भारत आमने–सामने हुनेछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको…

Read More

डडेल्धुराः डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ। आज दिउँसो पत्रकार सम्मेलन गरि तीनै जनालाई सार्वजनिक गरिने डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिएका छन्। भागेश्वर गाउँपालिका ३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओडलाई प्रहरीले पक्राउ गरेको हो भने १८ वर्षीय किशोर फरार रहेका छन् । कमल र १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ । त्यस्तै तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा…

Read More