Author: Dipak Dhamala

काठमाडौँ – सुदूरपश्चिमका चर्चित गायक नन्दकृष्ण जोशीले कुनै समय सुदूरपश्चिमका नागरिकहरु रोजगारीका लागि भारतको बम्बै लगायतका शहर जाँदा खाली हुने यहाँका गाउँ बस्तीको पीडा र यर्थातलाई देउडा भाकामा पस्किएको दशकौं पछि उहाँकी सुपुत्री श्रृंखला जोशीको ‘सिड्नी झाने रेल’ ले यतिबेला बजार तताएको छ । अष्टे«लियाको सिड्नीमा रहेकी श्रृंखलाले सिड्नीमा पनि सुदूरपश्चिमको उपस्थिती बाक्लो देख्नुका साथै बुवा नन्दकृष्णको ‘बम्बै झाने रेल’ लाई रिमेक गरेर दुई साताअघि ‘सिड्नी झाने रेल’ म्युजिक भिडियो बजारमा ल्याएकी हुन । “ सुदूरका नागरिक कर्मथलो बनाउने बम्बै अनि बुवाले गाउनुभएको बम्बै झाने रेललाई सिड्नी झाने रेलसम्म पु¥याए ।” उहाँले भन्नुभयो–“ सिड्नीमा पनि सुदूरको झ–झल्को आउने गरी पश्चिमेली…

Read More

धनगढी: कैलालीमा स्कुल बसको ठक्करबाट एक वृद्ध महिलाको मृत्युु भएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिकाको खैराना पुल नजिकै स्कुल बसले ती महिलालाई ठक्कर दिएको थियो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीका अनुसार माउन्ट साईपाल स्कुलको बसले ठक्कर दिएपछि पैदलयात्री अन्दाजी ६५ वर्षीया बाटु बट्टै आलेमगरको मृत्यु भएको हो। उनको दुर्घटनामा मृत्यु भएपछि स्थानीयले त्यहाँ सडक जाम पारेका छन्।

Read More

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्राधिकरण २५औँ वर्ष पूरा गरी २६औँ वर्षमा प्रवेश गरेको छ । प्राधिकरण २०५४ साल फागुन २० गते स्थापना भएको थियो । स्थापना दिवसका अवसरमा प्राधिकरणले सेवालाई भरपर्दो र सर्वसुलभ बनाउने प्रतिबद्धता जनाएको छ । अहिले नेपालमा दूरसञ्चार सेवाको अवस्था सन्तोषजनक नै रहेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताउनुभएको छ । अहिले फिक्स्ड टेलिफोन सेवा प्रयोगकर्ता २ दशमलव ८ प्रतिशत र सिमकार्ड बिक्रीको आधारमा मोबाइल सेवाको घनत्व १२६ दशमलव ०२ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । तर अझै पनि कतिपय ग्रामीण विकट क्षेत्रमा गुणस्तरीय दूरसञ्चार सेवा पुग्न सकेको छैन । त्यस्तो क्षेत्रमा…

Read More

धनगढी : बैतडीको पाटन नगरपालिकाका मेयरले मन्त्रालयले पठाएका उपसचिव स्तरका हाकिमलाई अस्वीकार गरेका छन्। पाटनका मेयर गौरीसिंह रावलले मन्त्रालयलाई पत्र नै लेखेर निमित्त कार्याकारी अनुभवी भएको दाबीसहित निमित्तलाई नै जिम्मेवारी प्रदान गर्न अनुरोध गरेका हुन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाटनको प्रमुख प्रशाकीय अधिकृतको रुपमा उप सचिव ओमप्रशाद पाण्डेलाई पठाएको थियो। तर मेयर रावलले मनोमानी ढङ्गले पत्र पठाएको उपमेयर कमल बोहराको आरोप छ। मेयरले गलत निर्णय गरेको अधिकांश वडा अध्यक्षले निर्णय सच्चिनु पर्ने सुझाव दिएका छन्। पाटन नगरपालिका-८, वडाध्यक्ष हरिशकिरण बिष्टले पनि सामाजिक सञ्जाल अध्यक्ष हरिशकिरण बिष्टले सामाजिक सञ्जाल फेसबुकबाट मेयरलाई निर्णय सच्याउन आग्रह गरेका छन्। स्रोतका अनुसार मयेर…

Read More

काठमाडौँ – निर्धारित भन्दा बढी भाडा यात्रुबाट असुल्ने ५ जनालाई शनिबार बिहान काठमाडौँको बल्खुबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुविधा काउन्टरका कामदार काभ्रेपलान्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्र सरोवर गाउँपालिका १ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउन्टरका कामदार काठमाडौँको चन्द्रागिरि नगरपालिका ९ का ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका ८ का २४ वर्षीय ओजिर अन्सारी र लालीगुराँस काउन्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्ण बहादुर योञ्जन रहेका छन् ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट…

Read More

काठमाडौँ । इटालिएन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो हार ब्योहेरेको छ । पछिल्लो १० खेलमा अपराजित रहेको नेपोली शुक्रबार राति लाजियोसँग १–० ले पराजित पराजित भएको हो । घरेलु मैदानमा दोस्रो हार ब्योहोरेको नेपोली यसअघि १५ जनवरी २०२३ मा इन्टर मिलानसँग १–० को हार बेहोरेको थियो  । स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा घरेलु टोली नेपोलीलाई ६७ औ मिनेटमा लाजियोका मेटिएस भेसिनोले गरेको गोल नै निर्णायक बन्यो । यो गोलको जवाफ फर्काउन नसक्दा नेपोली हारमा चित्त बुझाउन बाध्य भयो ।  २५ खेलमा २१ जित र २ बराबरी र २ हारको नतिजासँगै  शीर्षस्थानमा रहेको नेपोलीको २५ खेलबाट ६५ अंक छ भने लाजियोको…

Read More

कैलाली – कैलालीको चुरे गाउँपलिका–५ निङ्लाडी सुन्दर क्षेत्र हो । यहाँको हरियाली जङ्गलबीचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर–चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन् । तराई क्षेत्रबाट चुरे खानीडाँडा पुग्ने धेरैजसोले कालिज फार्म अवलोकन गर्छन् ।  परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिजपालन गरेर बसेका कैलाली टीकापुरका ३२ वर्षीय विकास न्यौपाने फार्ममै व्यस्त छन् । उनी कालिजमात्र होइन, कुखुरा, लौकट र टर्की पनि पाल्छन् । कालिजपालन गर्ने उद्देश्यले फार्ममा पुग्नेलाई सल्लाह दिन्छन् ।  कालिजपालनबाट घाटा नहुने उनको अनुभव छ । “कालिजपालनमा धैर्य चाहिन्छ, घाटा हुँदैन”, उनले भने, “मैलेमात्र महिनाको रु डेढदेखि…

Read More

बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेका गतिविधि राेक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएकाे छ । बैंक तथा वित्तीय संस्थालक्षित आन्दोलन चलिरहेकाे सन्दर्भमा जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले निगरानी बढाउन भनेकाे हाे । ‘त्यस्ता गतिविधि राेक्न एवं आवश्यक निगरानी बढाउन भनिएकाे छ’, गृहसचिव विनाेदविक्रम सिंहले भने, ‘शान्ति सुरक्षा कायम गर्नु गृह प्रशासनको दायित्व हाे । सोहीअनुसार गर्न भनेका छाैँ ।’ केही दिनअघि जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटना बाहिरिएकाे थियाे । खासगरी व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाविरुद्ध मानिसहरूलाई उचालिरहेका छन् । उनले सार्वजनिक मञ्चबाटै बैंकका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएका थिए ।

Read More

दूधकाे मूल्य ५६ रुपैयाँ ४० बाट बढेर प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा पुगेकाे छ । शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ १० बढाएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे प्रस्तावअनुसार दूधकाे मूल्य बढाइएकाे सरकारकी प्रवक्ता, सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले किसानकाे गुनासाे सम्बाेधन गर्दै कच्चा दूधको मूल्य बढाइएको दाबी गरिन् ।

Read More

जनता समाजवादी पार्टी, नेपालको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले प्रदेश १ को नाम कोशी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन् । प्रदेश अध्यक्ष दीपक याक्खा र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कोसी प्रदेश नामकरणको विरोध गरेका हुन् ।  ‘कोशी प्रदेश हुनुपर्छ भनेर कहीँ कतै आन्दोलन भएन । कहीँ कतैबाट नमागेको नाम जवर्जस्ती थोपर्नु कत्तिको न्यायोचित हुन्छ ? प्रदेशको नाम ऐतिहासिक थाकथलो, भाषा, संस्कार संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी लिम्बुवान किरात शेर्पालुङ प्रदेश हुनुपर्छ भन्ने जसपा, नेपालले राख्दै आएको छ । ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नामकरण नभएसम्म बलिदानपूर्ण सङ्घर्षका लागि होमिन बाध्य हुने छौँ, …

Read More