Author: Dipak Dhamala

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत जेठ १६ गतेको निर्णय र अनुरोध अनुसार आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिएका सङ्घ संस्था र व्यवसायीलाई यो कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ ।  आज एक सूचना जारी गर्दै महानगरले आफ्नो आग्रहलाई स्वीकार गरेकोमा धन्यवाद दिँदै यस कार्यलाई निरन्तरता दिन चाहने सङ्घ संस्थाले महानगरमा सम्पर्क गर्न पनि अनुरोध गरेको हाे ।  गत जेठमा महानगरले निजी शौचालयलाई सार्वजनिक गर्न आग्रह गरेपछि विभिन्न होटेल तथा सङ्घ संस्थाले महानगरको यो अभियानलाई साथ दिएका थिए ।

Read More

काठमाडौँ ।  निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो ।राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद् अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सांसद मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरूको सूची पठाइसकेका छन् ।  आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रूपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि हुने मतदानका लागि सोही स्थानमा दुईटा मतदान केन्द्र हुनेछन् ।१३ फागुनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले…

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मुखमा एमाले निकट अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा तालाबन्दी गरेको छ ।  विद्यार्थीको भर्नाको विषयलाई लिएर अनेरास्ववियुले क्याम्पस तालाबन्दी गरेको हो । त्रिचन्द्र क्याम्पसमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्ववियु जित्दै आएको हुँदा निहु खोज्न मात्र तालाबन्दी गरेको एक विद्यार्थी नेताले बताए ।  अनेरास्ववियुले निर्वाचन भाँड्ने षड्यन्त्र अनुसार तालाबन्दी गरेको नेविसंघको आरोप छ । निर्वाचन प्रक्रिया अनुसार १२ फागुनमा प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने, १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १५ गते उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गर्ने तथा १८ फागुनमा मतदान हुनेछ । निर्वाचन…

Read More

काठमाडौं– सुरुवाती अवस्थामा नै २ गोलले पछि परेको स्थितिलाई उल्टाएर स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब लिभरपुलमाथि सानदार जित हासिल गरेको छ। युइएफए च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा रियलले घरेलु टोली लिभरपुलमाथि ५–२ गोलको जित दर्ता गर्‍यो। रियलको सानदार जितका लागि भिनिसियस जुनियर र कप्तान करिम बेञ्जेमाले समान २–२ गोल गरे। यस्तै, एडर मिलिसाओले १ गोल गरे। लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहले १–१ गोल गरे।   खेलको सुरुवाती १४ मिनेटमा लिभरपुलले २–० अग्रता लिइसकेको थियो। तर त्यसलाई जोगाउन सकेन। २१औं मिनेटमा भिनिसियसले पेनाल्टी बक्सभित्रबाट गोल गर्दै रियललाई खेलमा फर्काए। त्यसपछि ३६औं मिनेटमा दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए। …

Read More

काठमाडौं । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले चैत १५ देखि आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक बिक्री खुला गर्ने भएको छ । केन्द्रले मुलुकका आठैवटा प्रादेशिक कार्यालयमार्फत बिक्री खुला गर्ने तयारी गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले हरेक हप्ता बैठक बोलाएर आगामी शैक्षिक सत्र अर्थात् २०८० साल वैशाख २ गतेबाट सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन निर्देशन दिएपछि जनक शिक्षाले चैत १५ गतेबाटै बिक्री खुला गर्न लागेको हो । केन्द्रले विराटनगर, जनकपुर, भरतपुर, धनगढी, नेपालगञ्ज, पोखरा, बुटवल सुर्खेत र काठमाडौंबाट बिक्री शुरू गर्न लागेको जानकारी दिँदै जनक शिक्षाका प्रवक्ता चित्रकुमार आचार्यले २४…

Read More

काठमाडौं– सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) का शीर्ष नेताहरूले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका लोसपाका शीर्ष नेताले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेका हुन् । ‘सहमतीय राष्ट्रपतिका लागि महन्थजी उपयुक्त पात्र भन्ने प्रस्तार लिएर प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीजीसँग भएको भेटवार्तामा सकारात्मक कुरा भएको छ,’ लोसपाका शीर्ष नेता राजेन्द्र महतोले भने, ‘सोही क्रममा बुधवार चाँहि कांग्रेस सभापति देउवाजीसँग भेटवार्ता गर्दैछौँ ।’ उनका अनुसार सभापति देउवासँग बिहान ९ बजे भेटवार्ता हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पूर्व सहमति तोडेर सहमतीय राष्ट्रपतिको अडान लिएपछि राजनीतिक दलहरू बिच भावी राष्ट्रपतिका लागि…

Read More

काठमाडौँ –  प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।  प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्ने संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।   त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पनि संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको भ्रमणमा जाने भएका छन् । उनी यही फागुन २० गते विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन कतारको राजधानी दोहा जाने तयारीमा रहेका हुन् ।  प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री फागुन २० गते दोहा जाने तयारीमा रहेको बताए। उनले भने, ‘दोहामा हुने विकाससम्बन्धी एक सम्मेलनमा उहाँ जाने कुरा छ । सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहने भएकाले प्रधानमन्त्रीज्यू पनि जाने तयारी छ ।’ पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको दोहा पहिलो विदेश भ्रमण हुने छ । यसअघि प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतलाई बनाउन पहल हुँदै आएपनि मिति तय हुन सकेको थिएन…

Read More

काठमाडौं – जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तुर्माखाँद गाउँपालिकाको कालिकेश्वरी माविमा भोली ( बुधवार ) देखी संचालन हुने भएको छ ।तुर्माखाँद गाउँपालिका – ४ का वडा अध्यक्ष पदम बहादुर बि.सी.ले यस वर्षको जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तुर्माखाँद गाउँपालिकाको कालिकेश्वरी माविमा हुने बताए । प्रतियोगीतालाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ भने प्रतियोगितामा जिल्लाका १० वटै पालिकाका टिमहरूले सहभागिता जनाउने छन् । फागुन १० गतेबाट सुरु हुने १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ। कार्यक्रमको उद्घाटन पूर्व उप प्रधान तथा रक्षा…

Read More

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी २१ मा यो दिवस मनाउने गरीन्छ । “यो भाषाहरुको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्” भन्ने नाराका साथ यो दिबस मनाउने परम्परा सुरू भएको हो । यूनेस्कोले सन् १९९९ लाइ विशेष दिनको रुपको रुपमा स्वीकार गरे संगै संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिनलाइ अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्षको रूपमा मातृभाषाको संरक्षणका लागिसंयुक्त…

Read More