Author: Dipak Dhamala

काठमाडौं – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयका सचिव रंजित यादवका अनुसार मुख्यमन्त्री यादवले मंगलबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची छ ।  गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका जसपा नेता यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई ७२ जना सांसदको समर्थन छ । ६३ जना सांसदको समर्थनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपाका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । पछि ९ जना सांसद रहेको लोसपाले पनि मुख्यमन्त्री यादवलाई समर्थन गर्दै प्रदेश प्रमुख मिश्रलाई पत्र पठाएका थिए ।  मधेस प्रदेशसभामा १ सय ७ सदस्य छन् । प्रदेशसभामा कांग्रेसका २२…

Read More

काठमाडौं –सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज तेस्रो पटक चुनाव हुँदैछ । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन । गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । २८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक(एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन । ३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसिदिएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभा आज फेरि निर्वाचन हुनेछ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुला भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिए । उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए । उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ । ‘कुन कुन पार्टीले कुन कुन मन्त्रालय…

Read More

काठमाडौँ – आगामी २०८० सालको शैक्षिक सत्रदेखि विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बा लविकास शाखाले हालै यस्तो निर्णय गरेर कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ । प्रवेश परीक्षाको विकल्पमा विद्यार्थी भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्बन गर्न लगाउन पनि केन्द्रले निर्देशन दिएको छ ।  कक्षा १ मा भर्ना तथा प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्न पनि केन्द्रले रोक लगाएको छ । कुनै संस्थाले प्रवेश परीक्षा सञ्चालन गरेको वा नगरेको विषयमा आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन केन्द्रले सबै स्थानीय तह र जिल्ला समन्वय समिति तथा…

Read More

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भुभागमामा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराइका भू-भागका केही स्थानमा हुस्सु लागेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश एकको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहने छ ।  देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात तथा तराईका भू-भागहरूमा हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Read More

धनगढी – भारतमा एकजना नेपाली नागरिकको हत्या भएको छ। भारतको महाराष्ट्र राज्यस्थित आलिबागमा एक नेपालीको हत्या भएको हो। कैलालीको लम्कीचुहा नगरपालिका-६ बावनपुर स्थायी घर भएका १८ वर्षीय कमलबहादुर बिकको हत्या गरिएको हो। पुस २६ गते कमलको बीभत्स हत्या गरिएको उनका आफन्तले जानकारी दिएका छन्। यस्तै छोराको हत्या भएको भन्दै मृतककी आमा पार्वतीले आलिबागमा बस्ने सागर बिक, टोपु बिक, मनोज बिक र सन्तोष बादीको नाममा किटानी जाहेरीसमेत दिएकी छन्। उनले माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग थाना प्रहरीमा उजुरी दिएकी हुन्। हत्याको आरोप लागेका टोपु बिक र मनोज बिक मृतकका भाईसमेत हुन्। उनीहरु त्यहाँ एउटै होटलमा काम गर्थे। छोराको…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशमा आज सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गर्नैपर्ने संवैधानिक बाध्यता रहेको छ। यसअघि दुई पटकसम्म बहुमत पुराउन नसकेर सभामुख निर्वाचन हुन नसकेको सुदूरपश्चिम प्रदेशमा आज पुन सभामुख निर्वाचन सकेर उपसभामुखको पनि निर्वाचन गर्नु पर्ने बाध्यता आइलागेको हो। यहाँ कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन्। यस अघि २८ र ३० गते भएको निर्वाचनमा दुवैले बहुमत ल्याउन सकेका थिएनन्। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ। सोही कारण आज पनि प्रदेश सभामा सर्वदलीय बैठक बोलाइएको थियो। बैठक अहिले पनि जारी छ।

Read More

बागमती प्रदेशको उपसभामुख पदका लागि आज सोमबार हुँदैछ । उपसामुख पदका लागि आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा निर्वाचन प्रक्रिया सुरु गरिने प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेशको उपसभामुख पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । गत पुस २९ गते बसेको प्रदेशसभाको बैठकले उपसभामुख पदका लागि माघ २ गते सोमबारको मिति तय गरेको थियो । प्रदेशसभा बैठकले मिति तय गरेलगत्तै सोही दिन उपसभामुख पदका लागि मनोनयन दर्ता गरेको थियो । प्रदेशसभा सचिवालय हेटौंडाले उपसभामुख पदका लागि शुक्रबार साँझ ५ बजेदेखि ६ः३० बजेसम्म मनोनयन दर्ताको कार्यक्रम तय गरेको थियो । उपसभामुख पदका लागि ३ वटा दलबाट ३…

Read More

मधेस प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । यससँगैप्रदेशको लागि सभामुख चयनको लागि हुने भनिएको निर्वाचन पनि सरेको छ । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आजको बैठक स्थगित गरिएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिएका छन् । बैठक स्थगित भएसँगै प्रदेशसभाका सभामुखको चुनाव र मुख्यमन्त्री सरोज यादवले लिने विश्वासको मत लगायतको कार्यसूची मंगलबार सरेको उनले बताए । उनका अनुसार बैठक र निर्वाचन लगायतका कार्यसूची मंगलबार दिउँसो १ बजेका लागि सारिएको छ ।

Read More

काठमाण्डाै – आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को मौसम आंशिकदेखि सामान्य बदली भएको छ । आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । तराईका जिल्लामा अहिले लागेको हुस्सु कुहिरो दिउँसो हट्ने सम्भावना छ । मौसमविद्का अनुसार तत्काल पानी पर्ने सम्भावना छैन । बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो पारिलो घाम लाग्ने गरेकाले अधिकतम तापक्रम पनि घटेको छैन । काठमाण्डौको हिजोको अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस थियो । आज पनि अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

Read More