Author: Dipak Dhamala

काठमाडौँ – कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गर्दैछन् । उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूतलगायत रहेका छन् । सम्मेलन आइतबार देखि मङ्गलबारसम्म हुनेछ । मन्त्री श्रेष्ठले अति कम विकसित मुलुक समूहको शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको पूर्ण सत्रलाई उपप्रधानमन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन् । श्रेष्ठले विभिन्न देश तथा सङ्घ संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्ने…

Read More

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि लक्षित गरी लागू गरिएको आचारसंहितामा सामाजिक सञ्जाल र इन्टरनेटको माध्यमबाट हुन सक्ने आचारसंहिता उल्लंघनप्रति सजगता अपनाएको छ । निर्वाचन आचारसंहिता उल्लंघनका घटनालाई नियन्त्रण गर्न त्यसप्रति सजगता अपनाइएको आयोगले जनाएको छ । आयोगले फागुन १७ देखि चैत ५ गतेसम्म लागू हुने आचारसंहिता जारी गरेको हो । आयोगले ‘निर्वाचन आचारसंहिता २०७९’ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड–७२, सङ्ख्या ३२ मा प्रकाशित गरेको थियो । गत वैशाख ३० गते र मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा सामाजिक सञ्जालबाट भएका निर्वाचन आचारसंहिता उल्लंघनका घटना नियन्त्रण गर्न आयोगलाई निकै कठिनाइ भएको थियो ।…

Read More

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार  कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  शनिबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन…

Read More

धनगढी: डडेल्धुराको एक प्रहरी थानाका कार्यालय सहयोगीको निधन भएको छ। आज (बिहीवार) धनगढीस्थित एक अस्पतालमा उपचारको क्रममा इलाका प्रहरी कार्यालय जोगबुढाकाकार्यालय सहयोगी शंकर भट्टराईको निधन भएको हो। ईलाका प्रहरी कार्यालय जोगबुढाकाअनुसार उनी करीव २ हप्ता अघि डडेल्धुरास्थित परशुराम नगरपालिका १२ मा सवारी दुर्घटनामा परी घाइते भएका थिए। कार्यालयकै कामको सिलसिलामा दुर्घटनामा परेका उनको टाउकोमा चोट लागेको र उपचाररत अवस्थामा आज निधन भएको बताइएको छ।

Read More

बझाङ – बझाङमा भीरबाट लडेर गम्भिर घाइते भएकि महिलाको उपचारको क्रममा मृत्यु भएको छ । गत सोमबार घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी मष्टा गाउँपालिका १ कोटदेवलकी ४३ वर्षीय खिनुदेबि खड्काको उपचारको क्रममा आज कोहोलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । घर नजिकैको सकुन्ड्यारी भीरबाट लडेर उहाँकोे पेट, कम्मर, आँखा लगायतका अंगमा चोट लागेको थियो र जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि कोहोलपुर मेडिकल कलेज रेफर गरिएको थियो ।

Read More

धनगढी: धनगढी–अत्तरिया ६ लेन सडकको मेडियनको तारजाली नाघ्नेलाई धनगढी उपमहानगरपालिकाका नगरप्रमुख (मेयर) गोपाल हमालले खादासहितसम्मान गरेको बताएका छन्। आज (बिहीवार) सामाजिक संजाल फेसबुकमार्फत मेयर हमालले तारजाली नाघ्ने क्रममा भेटिएका वडा नम्बर १३ राजपुरका शिवराज पाध्यायलाईखादा लगाएर सम्मान गरेको जनाएका हुन्। मेयर हमाललको सचिवालयले फेसबुकमा स्टाटस राख्दै धनगढी–अत्तरिया ६ लेन सडकको मेडियनमा लगाएको तारजाली नाघिरहेका बेला पाध्यायको कठालो समातेर मेयर हमालले सम्मान गरेको जनाएको छ। केही दिन अगाडि पनि बोटविरुवा सुरक्षा गर्न बनाएको तारजाली नाघेर सडक पार गरेका विभिन्न व्यक्तिहरुकाफोटो तथा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेका थिए। तर उनीहरुमाथि कारबाही हुन सकेको छैन। त्यसमाथि बरु उपमहानगरर मेयर हमालले कारबाही गर्नुको साटो…

Read More

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन नै वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रालयले गठन गरेको सुशासन सुधार सुझाव कार्यदलका संयोजक र सदस्यहरू तथा मन्त्रालयका सचिव सहितको टोलीसँग बिहिबार भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका सेवा तथा आयोजनामा सुशासनका लागि सुधार गर्नुपर्ने नीतिगत, कार्य प्रक्रियागत र संस्थागत विषयमा सुझाव पेश गर्न प्राध्यापक डाक्टर राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा पूर्व सचिव र बिज्ञहरू रहेको छ सदस्यीय कार्यदल गठन गरेको छ। सोही कार्यदलको कार्यप्रगति र प्राथमिकताबारे टोलीले प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेको हो। ‘सुशासन, सामाजिक न्याय र समृद्धि…

Read More

काठमाडौं – नेपाली सेनाले उपरथी प्रेमप्रकाश शाहीलाई सेवाबाट हटाउने निर्णय गरेको छ। महेन्द्रनगरपोस्टसँग कुरा गर्दै सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले आर्थिक अनियमितता प्रकरणमा दोषी पाइएपछि शाहीलाई हटाउने निर्णय गरेको जानकारी दिए। उनका अनुसार आर्थिक अनुशासनको विषयमा कोर्ट अफ इन्क्वायरीको सिफारिस अनुसार शाहीको मुद्दा सैनिक अदालतमा पठाइएको थियो। उपरथी ताराध्वज पाण्डे अध्यक्षतामागठन भएको कोर्ट मार्सलले कोर्ट अफ इन्क्वायरीलेपेस गरेको प्रमाणको आधारमा सेवाबाट हटाउने निर्णय गरेको हो। सुदूरपश्चिमको डोटी पुर्ख्यौली घर भएका उनी करिब ५० दिनदेखि सैनिक हिरासतमा छन्। यस्तै शाहीसँगै थप दुई सैनिक अधिकारीहरूलाई पनि सैनिक ऐनअनुसार आन्तरिक कारबाही गरिएको छ।

Read More

धनगढी: कञ्चनपुरमा बालिकामाथि जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका अनाथालयका प्रमुखलाई कारागार चलान गरिएको छ । भिमदत्त नगरपालिका–४ को समाज कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दलाई अदालतको आदेशअनुसार कारागार चलान गरिएको प्रहरीले जनाएको छ । अनाथालयका आश्रीत नाबालिकालाई विगत एकदेखि अन्य बालबालिकाहरु विद्यालय गएको बेला कार्यालयमा बोलाएर जबजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका चन्दलाई थुनछेक बहसपछि जिल्ला अदालतले कारागार चलान गर्न आदेश दिएको थियो । सोहीअनुसार उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डांगीले जानकारी दिए । उनकाअनुसार चन्दलाई बालयौन दुरुपयोग कसुरम ५० हजार रुपैयाँ धरौटी माग समेत गरिएको छ भने जबरजस्ती करणी र गर्भपतन…

Read More

धनगढी: बैङ्कहरूले लिइरहेको चर्को ब्याजदरविरुद्ध सुदूरपश्चिमका उद्योगी, व्यवसायी तथा ब्यापारीहरू केही दिनदेखि आन्दोलित छन्। उनीहरु बैँक तथा वित्तिय संघसंस्थाले चर्को व्याज असुलिरहेको भन्दै आन्दोलित बनेका हुन्। आन्दोलनका क्रममा उनीहरुले बिहीबार धनगढीसहित सुदूरपश्चिम प्रदेशमा ‘नो डिपोजिट’ अभियान चलाउदै विरोध जनाएका छन्। उद्योग वाणिज्य महासंघको अगुवाईमा भइरहेको आन्दोलनका कार्यक्रम अन्तरगत बैँक तथा वित्तिय संस्थामा बिहीबार कुनै पनि व्यक्तिलाई रकम जम्मा गर्न नदिन ‘नो डिपोजिट’ को कार्यक्रम गरेका हुन्। व्यवसायीको आन्दोलनका कारण बिहीबार सर्वसाधारणले समेत बैँक खातामा रकम जम्मा गर्न पाएका थिएनन्। धनगढीमा बिहान विरोधसहित प्रदर्शन गरेका व्यवसायीहरुले दैनिक ९ देखि ११ बजेसम्म व्यापार, व्यवसाय बन्द गर्ने गरेका छन्। उनीहरुले बैँक तथा वित्तिय…

Read More