Author: Dipak Dhamala

थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् ।  सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीलगायत अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेषरूपमा मनाउँदै छन् । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन्…

Read More

काठमाण्डाै – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । सुनसरीको इटहरीमा भइरहेको प्रतियोगितामा आजको पहिलो खेलमा बाग्मती प्रदेश र विभागीय टोली एपीएफ खेल्दैछन् । यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । त्यस्तै आजको दोस्रो खेलमा दिउँसो १ बजे मधेस प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा सात वटा प्रदेश र एक विभागीय टोली गरी ८ टोली सहभागी छन् ।

Read More

काठमाण्डाै – नेपाल एअरलाइन्सले आजदेखि इलाम–काठमाण्डाै उडान सुरु गरेकाे छ । एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान सञ्चालन सुरु भएकाे हाे । हप्तामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एअरलाइन्सबीच सहमति समेत भएकाे थियाे । इलाम नगरपालिका–९ मा रहेको फल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट गएकाे वर्ष इलाम नगरपालिकाले तारा एअरसँग सम्झौता गरेर केही उडान गरेको थियो । तर सम्झौता सकिएसँगै उडानसमेत बन्द भएको थियाे। विमानबाट इलाम–काठमाण्डाै करिब एक घण्टामा एकोहोरो उडान गर्न सकिन्छ । आज करिब बिहान ८ बजे काठमाण्डाैबाट उडान गर्ने तालिका रहेको थियाे । इलाममा करिब ९ बजे आउने र साढे नौ बजे…

Read More

काठमाण्डाै – ‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को २०७२ साल साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । यसअघि २०३६ सालदेखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन…

Read More

कर्णाली प्रदेशसभामा सभामुखका लागि आज निर्वाचन हुँदै छ । बिहान ११ बजेका लागि निर्वाचनको समय तोकिएको छ । सभामुखको लागि दुई जनाको उम्मेदवारी परेको छ। नेकपा एमालेबाट सांसद नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी परेको छ । सत्तारुढ दलबीच भएको भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेमा थियो । एमालेकी उम्मेदवार गुरुङको पक्षमा २५ जना सांसदको मत रहेको छ। उनलाई एमालेको १०, माओवादीको १३, राप्रपा र समाजवादीको १–१ मत रहेको छ। कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा १४ मत रहेको छ। यदि स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले उनलाई मत दिएपनि उनले चुनाव…

Read More

काठमाण्डाै – नेपाल प्रहरीको जनपद प्रहरी समूहका प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । यही पुस २९ गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट १७ डीआईजी र २७ जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको हाे। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ पठाइएको छ । उहाँको ठाउँ प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा कणाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट पोषराज पोखरेललाई ल्याइएको छ । विशेष ब्युरो नक्सालमा रहनुभएका अशोक सिंहलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा सरुवा गरिएको छ । यस्तै प्रहरी प्रधान कार्यालयमा रहनुभएका वसन्तबहादुर कुँवरलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर पठाइएको छ । प्रहरी प्रधान…

Read More

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सभामा हिजो शनिवार पनि सभामुख चयन हुन सकेन । सभामुख चयनका लागि बिहीवार भएको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक मत ल्याउन नसकेपछि हिजो फेरि मतदान भएको हो । हिजोको मतदानमा सत्ता गठबन्धनका उम्मेदवार भीमबहादुर भण्डारीको पक्षमा २२ मतमात्र परेपछि सभामुख चयनसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्तिका ७ जना सांसदहरु तटस्थ बसेपछि भण्डारीको पक्षमा बहुमत जुट्न नसकेको हो । ५३ सदस्यीय सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । सभामुखको लागि विपक्षी गठबन्धनका…

Read More

काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुललाई ब्राइटनले ३–० गोलले हरायो । ब्राइटनको जितमा सोली मार्चले दुई गोल गरे । ड्यानी वेल्बेकले एक गोल थपे । जितसँगै ब्राइटनले १८ खेलमा ३० अङ्क जोडेको छ । ब्राइटन सातौँ स्थानमा छ । लिभरपुल १८ खेलमा २८ अङ्कका साथ नवौँ स्थानमा छ । प्रिमियर लिगका अरु खेलमा साउथह्याम्पटनले एभर्टनलाई २–१ गोलले, नटिङ्घम फरेस्टले लेस्टर सिटीलाई २–० गोलले, उल्भ्सले वेस्ट ह्यामलाई १–० गोलले तथा ब्रेन्टफोर्डले बर्नमाउथलाई २–० गोलले हराएको छ । प्रिमियर लिगमा आर्सनल १७ खेलमा ४४ अङ्ककासाथ शीर्ष स्थानमा छ ।

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताएका छन् ।     थारू तथा मगर समुदायलगायत समुदायले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति)को अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको बताए । प्रधानमन्त्रीले यस पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न तथा यस पर्वलाई राष्ट्रिय एकता, सद्भाव र सहकार्यलाई थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन अपील गरे । नेपालीको बीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक…

Read More

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघ)० सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान…

Read More