Author: Dipak Dhamala

काठमाण्डाै – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले चार वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएकोबारे आएको खबरमा ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रले आज सूचना निकालेर बोलपत्रमार्फत् प्राप्त हुने कागजको नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुमा परीक्षण गरिने, तोकिएको गुणस्तर अनुसारको कागज भएमा मात्र प्रयोग गर्ने, नभएमा कागज आपूर्ति कर्तालाई फिर्ता गर्ने काम नियमित प्रक्रिया भएको जनाएको छ । अस्ति बुधवार केन्द्रले फिर्ता गरेको कागज नै आपूर्तिकर्ताले पुनः ल्याएकोबारेमा छानबिन गरी दोषी भएमा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि प्रहरीले चार ट्रक…

Read More

काठमाण्डाै – तापक्रम बढ्दा काठमाण्डौ उपत्यकामा चिसो कम हुँदै गएको छ । काठमाण्डौसहित बाग्मती प्रदेशका धेरैजसो ठाउँमा नै चिसो कम भएको छ । यस्तै, प्रदेश १ का पहाडी जिल्लामा पनि तापक्रम बढ्न थालेको छ । बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो अधिकतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । आज पनि पारिलो घाम लाग्ने भएकाले बिहान बेलुका चिसो भए पनि दिउँसाे न्यानो हुनेछ । हिउँदे वर्षा नहुँदा र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव खासै नपर्दा काठमाण्डौसहित बाग्मती र प्रदेश १ का पहाडी क्षेत्रमा न्यूनतम र अधिकतम तापक्रम बढ्न थालेको मौसमविद्…

Read More

काठमाण्डाै – श्रीलङ्कासँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला घरेलु टोली भारतले एक खेल अगावै जितेको छ । हिजो भएको दोस्रो एकदिवसीयमा श्रीलङ्का ४ विकेटले पराजित भयो । जितका लागि २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले ४३ ओभर २ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । भारतका लोकेश राहुलले अविजित ६४ रन बनाए । श्रीलङ्काका लागि कुमारा र चामिका करुणारत्नेले दुई/दुई विकेट लिए । कसुन रजिथा र धनञ्जय डि सिल्भाले एक/एक विकेट लिए । त्यसअघि इडेन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्का ३९ ओभर ४ बलमा २ सय १५ रनमा अलआउट भयो । डेब्यु खेलमा नुवानिदु फ्रेनान्डोले सर्वाधिक ५० रन बनाए । भारतका कुलदीप…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तारमा सकस परेसँगै सत्तारूढ दलसँग छलफलमा जुटेका छन् । यद्यपि, हिजो बिहीबार बस्ने भनिएको सत्तारूढ गठबन्धन बैठकसमेत हुन सकेन ।सत्तारूढ दलबाट मन्त्री संख्या बढी र तोकेरै मन्त्रालय माग हुन थालेपछि प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निरन्तर छलफलमा छन् । गत १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्ड विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तार तयारीमा थिए । तर, २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत पाए पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । विश्वासको मत पाएपछि बुधबार एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।…

Read More

श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षेलाई क्यानडा सरकारले आफ्नो देशको भ्रमणमा प्रतिबन्ध लगाएको छ । गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो । सन् २००९ मा महिन्दा राजापाक्षे टापु राष्ट्रको राष्ट्रप्रमुख र गोटाबायाले रक्षा मन्त्रालयको नेतृत्व गरेका बेला तमिल टाइगर्सको पृथकतावादी आन्दोलनलाई सैन्य कारबाहीका माध्यमबाट अन्त्य गरिएको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूका अनुसार द्वन्द्वकालमा सेनाले अन्धाधुन्ध बमबारीलगायत कारबाही गर्दा ४० हजार तमिल अल्पसङ्ख्यक मारिएका थिए । पश्चिमा देशले श्रीलङ्को सैनिक नेतृत्वमाथि यात्रा प्रतिबन्ध लगाएको भए पनि शक्तिशाली राजपाक्ष परिवारका सदस्यमाथि कुनै किसिमको यात्रा निषेध जारी गरेको थिएन । राजपाक्षे परिवारमाथि प्रतिबन्ध लगाउने क्यानडा पहिलो देश बनेको छ…

Read More

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई हराएको छ । बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २–० ले हराएको हो । खेलको पाँचौं मिनेटमा हुगो एकिटिकेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि ७२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए । जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको १८ खेलबाट ४७ अंक छ । दोस्रो स्थानमा रहेको लेन्सको ४१ अंक छ । पराजित एन्जर्स ८ अंक जोडेर पुछारमा छ ।

Read More

काठमाडौँ – सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुने भएको छ। बुधबार नियुक्त भएका एमाले संसदीय दलका नेता रावलले बिहीवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका हुन्। बिहीवार साँझ ४ बजे शपथ ग्रहण हुने भएको प्रदेश प्रमुखको कार्यालयले जानाएको छ। नवनियुक्त मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले शपथ ग्रहण गराउने छन्। २९ जना प्रदेश सभा सदस्यको समर्थनमा प्रदेश प्रमुख जोशीले बुधवार रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

Read More

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन आज हुँदैछ । दिउँसो १ बजे चुनाव हुने प्रदेश सभा सचिवालयले जनाएको छ । सभामुख पदका लागि माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ । भण्डारीलाई माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन छ । रावललाई कांग्रेससँगै एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् । ५३ सदस्यीय प्रदेश सभामा सभामुखमा विजयी हुन कम्तीमा २७ मत ल्याउनुपर्छ । कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् । सत्ता गठबन्धनको…

Read More

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल तीव्र पार्नुभएको छ । अस्ति विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिएर सरकारले सार्वजनिक गरेका नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्रमलाई कार्यान्वयन गर्ने योजना बनाउनुभएको छ । सरकारले सोमवार मात्रै २१ बुँदे नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको थियो । प्रधानमन्त्री प्रचण्डले हिजो बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारेमा छलफल समेत गर्नुभएको छ । उहाँहरुबीच शक्ति बाँडफाँटबारे सत्ता साझेदार दलहरुसँग छलफल अघि बढाउने विषयमा कुराकानी भएको थियो । आजदेखि मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटकेन्द्रित छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज सत्ता साझेदार ७ दलको…

Read More

काठमाण्डाै – नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर ल्याएकाे छ । कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागेको हो । विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई एक सय ९९ देखि छ सय ९९ रुपैयाँसम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन् । यस अफरअन्तर्गत छ सय ९९ रुपैयाँमा २८ दिनका लागि कुल २८ जीबी डाटा (दैनिक एक जीबी), दैनिक एक सय मिनेट कुराकानी गर्ने र दैनिक…

Read More