Author: Dipak Dhamala

काठमाडौं – इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा नापोलीले सालेरनिटानामाथि २–० को सहज जित निकालेको हो । खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा जियोभानी डी लोरेन्जोले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा भिक्टरले भिक्टर ओसीम्हेनले गोल गर्दै नापोलीलाई २–० ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली विजयी भयो । जितसँगै शीर्ष स्थानको नापोलीको १९ खेलबाट ५० अंक पुगेको छ । पराजित सालेरनिटाना १८ अंक जोडेर १६ औं स्थानमा छ

Read More

  कैलाली- कैलालीमा भन्सार छलीका युरिया मल बरामद गरिएको छ। आइतवार बिहान ६ः०० बजे जिल्लाको भजनी नगरपलिका ८ बस्ने टेकबहादुर खत्रीको घरको गोठमा लुकाईराखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  ३५ बोरा (१७ कुन्टल) भारतीय युरिया मल खत्रीको घर बाट बरामद गरि ईलाका प्रहरी कार्यालय भजनीलाई बुझाईएको प्रहरीले बताएको छ।

Read More

काठमाडौँ – ट्रेड युनियन महासङ्घ जिफन्टका सचिव तारानिधी पन्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्रमा भारतीय नक्कली रुपैयाँ किन्न खोजेको अवस्थामा रमेश भनेर चिनिने तारानिधी पक्राउ परेका हुन् । प्रहरीले पन्त समूहको साथबाट नेपाली १० लाख रुपैयाँ बरामद गरेको छ । कारोबारीहरूले नेपाली १० लाख रुपैयाँमा भारतीय १ करोड किनेर कारोबार गर्ने गरेका थिए । जेब्रा झोलामा पैसा बोकेर गएको अवस्थामा रमेश पक्राउ परेका हुन् ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाबारे अनुसन्धान गरिरहेको मधेस प्रदेशका डिआइजी वसन्त कुँवरले बताए ।  

Read More

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यस महिनाको सुरुमा पूर्व नेता जैर बोल्सोनारोका समर्थकहरूले गरेको दंगाका कारण देशका सेना प्रमुख जुलियो सेजर डे अरुडालाई बर्खास्त गरेका छन् । अर्रुडाले बोल्सोनारोको जनादेश समाप्त हुनुभन्दा दुई दिन अघि डिसेम्बर ३० मा मात्र पदभार ग्रहण गरेका थिए र जनवरीको सुरुमा लुलाको प्रशासनले सेना प्रमुखमा नियुक्त भएको पुष्टि गरेको थियो । उनको स्थानमा दक्षिणपूर्वी सेनाका कमाण्डर टोमस रिबेरो पाइभा हुनेछन्, ग्लोबोन्युजले रिपोर्ट गरेको छ । अरुडाले शुक्रबार लुलाको सैन्य शीर्ष अधिकारीसँगको पहिलो बैठकमा भाग लिएका थिए । ती छलफलको समापनमा उनले कुनै मन्तव्य दिएनन् । लुलाले केही दिनअघि राजधानीमा दंगापछि आफ्नो सुरक्षा विवरणबाट…

Read More

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले तामाङहरूको महान् पर्व ‘सोनाम ल्होसार २०७९’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा शुभकामना  व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै उनले भने, “जातीय तथा सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा तामाङ समुदायले यस पर्वलाई नयाँ वर्ष तथा न्वागी पूजाका रूपमा हर्षोल्लासपूर्वक धुमधामसँग मनाउने गर्दछन् । जसले आपसी मनोरञ्जन दिनुका साथै हामीबीचको बन्धुत्व, सद्भाव र पारस्पारिकता कायम गर्न मद्दत पुगेको छ ।” मुलुकमा प्रचलित यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नु हाम्रो दायित्व भएको उनले बताए । प्रदेश प्रमुख परियारले तामाङ समुदायको यस परेका छन् ।

Read More

सुर्खेत – सुर्खेतको छिन्चुदेखी बीरेन्द्रनगर आउदै गरेको हाईस दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको मृत्यू भएको छ । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा नं. ११ झुप्रा खोला स्थित रत्न राजमार्गमा बा.प्र. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाईलेक्स गाडी बिहान साडे दुई बजे दुर्घटना भएको हो ।दुर्घटनामा गाडी सडकबाट ७० मिटर तल खोलामा खसेको छ । दुर्घटनामा घाईतेहरुलाई प्रहरीले उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल पठाएका गाडी चालक बीरेन्द्रनगर नगरपालिका वडा नं. ७ का २७ बर्षका सागर शाही, दैलेख डुंगेस्वर गाँउपालिका वडा नं. ५ का ३३ बर्षका दिपकजंग शाही, दैलेख भगवतीमाई गाउपालिका ५ का ३१ बर्षका बबिन शाही, दैलेख…

Read More

काठमाडौं – तामाङ समुदायले आज आइतबार राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होसार २८५९ मनाउँदै छ। ह्योअी विरालो वर्षको रुपमा मनाउने यस पर्वको अवसरमा तामाङ समुदायले आज काठमाडौंको टुँडीखेलमा महोत्सव मनाउँदै छ। महोत्सवको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको आयोजक नेपाल तामाङ घेदुङले जनाएको छ। घेदुङका कार्यबाहक महासचिव जगतमान लामा तामाङका अनुसार आज दिउँसो १ बजे महोत्सवको उदघाटन प्रधानमन्त्री प्रचण्डले गर्नेछन्। सो अवसरमा तामाङ समुदायको सांस्कृतिक प्रदर्शन गरिनुका साथै तामाङ समुदायको खानाका परिकार, भेषभुषा, हस्तकलासहित नृत्य प्रस्तुति गरिने छ। टुँडीखेलमा महोत्सव गत शुक्रबारदेखि शुर भए पनि उदघाटन आज शुक्रबार गर्न लागिएको कार्यबाहक महासचिव तामाङले जानकारी गराए। पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,…

Read More

आज तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार विविध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छिन् । सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिँदै उनले सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरिन् । राष्ट्रपतिले यस्ता चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ…

Read More

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताएका छन् ।  सोनाम ल्होछारको शुभकामना सन्देश दिँदै उनले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वले मुलुकको राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिकका आधार रहेको उल्लेख गरेका छन् ।  संविधानले विविध भाषा तथा संस्कृति विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको भन्दै उनले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताए । अध्यक्ष ओलीले नेपाल सुन्दर देशको बहुसांस्कृतिक विशेषता मौलिक…

Read More

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् । उनले तामाङ जातिको महत्वपूर्ण पर्व ‘सोनाम ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।सभापति देउवाले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आआफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गरे। सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको बताउँदै उनले यी पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने…

Read More