Author: Dipak Dhamala

सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा सिट बेल्ट नलगाएको भन्दै प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ । लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिवानाको सशर्त प्रस्ताव जारी गरेको बताएको छ।प्रहरीका अनुसार सुनकले यो गल्ती हो भनेर पूर्ण रूपमा स्वीकार गर्दै माफी मागेका छन् भने उनले जरिवाना पनि तिर्नेछन्। सिट बेल्ट नलगाउने यात्रुलाई १०० पाउन्ड जरिवाना गर्न सकिन्छ। यदि मुद्दा अदालतमा पुग्यो यो ५ सय पाउन्डसम्म बढ्न सक्छ। भिडियो खिचिएको बेला प्रधानमन्त्री लङ्काशायरमा थिए, इङ्गल्याण्डको उत्तरी यात्राको क्रममा रहेका थिए ।

Read More

काठमाण्डाै – गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० कर्मचारीको सरुवा गरेको छ । अस्ति बिहीवार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ । हेर्नुहाेस् सूची : रा.प._प्रथम-1Download

Read More

काठमाडौँ – हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली; मधेस प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार भने प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Read More

प्रतिनिधि सभाको उपसभामुख पदका लागि शनिबार निर्वाचन हुँदैछ । यस पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।  शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको थियो । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन् । रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।  त्यसैगरी यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ…

Read More

बाजुरा – बाजुराको गौमुल गाउँपालिका–२ मल्दुगुनमा भीरबाट लडेर आज एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–२ मल्दुगुनका स्थानीय ४५ वर्षीय रामबहादुर बोहरा रहेका छन्। गाउँ नजिकैको हन्यामाटा वनमा बाख्रा चराउन गएका बेला लडेर घटनास्थलमै मृत्यु भएको आफन्त शुक्रराज बोहराले जानकारी दिए। उनले बिहान बाख्रा लिएर चराउन गएका बोहरा बेलुकी घर नफर्किएपछि खोजी गर्दा लडेर मृत्यु भएको अवस्थामा फेला पारेको बताए। मृतकका दुई छोरा, एक छोरी र श्रीमती छन्।

Read More

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ । जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो । पूर्वी–उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दालगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ । बिहीबारदेखि मौसम बदलीसँगै चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षासँगै हावाहुरीसमेत चल्न थालेको छ । चिसो बढेपछि स्थानीय आगो ताप्न थालेका छन् । मौसम बदलीका कारण जिल्लाको तापक्रम दुई डिग्री सेल्सियसमा झरेको छ । चिसो बढेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । हिमपात हुन लागेपछि कृषक खुसी भएका छन् । वर्षाका कारण लगाएको खेती सुकेर जान थालेको बेला पानी परेपछि किसानलाई…

Read More

धनगढी – सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयले ९७ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ। हिजो प्रधान कार्यालयले ठूलो मात्रामा प्रहरी अधिकृतहरुको सरुवा गरेको हो। कार्यालयले प्रहरी नियमावली २०७२ को नियम ३४ मा व्यवस्था भए बमोजिम सशस्त्र प्रहरीको सरुवा गरेको जनाएको छ। तर, नयाँ गृहमन्त्री आएपछि पहुँचको भरमा केही अधिकृतहरु भने उपत्यकामा र बाहिर तेस्रोपटक समेत कमान्ड सम्हाल्ने गरि सरुवा भएका छन्। पहुँच नहुनेहरुले भने पुरानै नियति भोग्नुपरेको प्रहरी अधिकृतहरुनै बताउँछन्। कसको सरुवा कहाँ

Read More

लुम्बिनी प्रदेशमा खेलकुद शिक्षकलाई खेल प्रशिक्षण सुरु गरिएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा बिहीबारदेखि बुटवलमा तीन दिने खेलकुद शिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्रालयका युवा तथा शिक्षा महाशाखा प्रमुख मनोज गैरेले खेलका नयाँ नियमहरू बारे ज्ञान लिन तालिम प्रभावकारी हुने बताए । १३ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालाई लक्षित गरी प्रशिक्षण सुरु गरिएको हो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा अघिल्लो वर्षभन्दा थप प्रदेशको बलियो उपस्थिति गराउन तालिम सहयोग सिद्ध हुने गैरेले बताए । खेलकुदलाई पाठ्यक्रमको अभिन्न अङ्ग मानिए पनि कार्यान्वयनमा कठिनाइ रहेको उनले बताए । खेलाडी उत्पादनको आधारका रूपमा रहेको भए…

Read More

हिमपात हुँदा हुम्लाको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् । गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ । बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन् ।

Read More

निजी क्षेत्रको चर्को विरोध र अन्तर्राष्ट्रिय दबाबपछि १३ महिनापछि नेपाल राष्ट्र बैंकले आयातमा लगाउँदै आएको नगद मार्जिनको व्यवस्था हटाएको छ । बिहीबार राष्ट्र बैंकको विदेशी विनिमय विभागले एकीकृत परिपत्र जारी गर्दै यसअघि लगाएको नगद मार्जिनलाई हटाएको हो । राष्ट्र बैंकले २०७८ पुस ५ र २०७८ माघ २६ गते दुईपटक गरी ४८ समूह हार्मोनी कोडका करिब १४ सय वटा वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले गत मंसिर १७ गते निर्माणसम्बन्धी हार्मोनी कोडका ६८ वटा वस्तु आयातमा भने नगद मार्जिन हटाइसकेको थियो । वस्तु आयातमा नगद मार्जिनको व्यवस्था खारेज…

Read More