Author: Dipak Dhamala

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार स्थायी र स्थिर रहेको बताएका छन् । प्रतिनिधि सभाको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्ने क्रममा केपी ओलीले आफ्नो पार्टी एमालेको समर्थनमा रहेको दाहाल नेतृत्वको सरकार ढल्छ कि भन्ने आशंका नगरी विश्वासको मत पाउनेमा ढुक्क रहन आग्रह गरे । दाहालको समर्थनमा एमाले रहेको जिकिर गर्दै ओलीले आफू नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले नीति बनाउने पनि बताए । त्यसलाई दाहाल नेतृत्वको सरकारले कार्यान्वयनमा लैजाने ओलीले संसद्को बैठकमा रेकर्ड गराएका छन् । त्यसले के दाहाल नाम मात्रका प्रधानमन्त्री हुन् भन्ने प्रश्न उब्जाएको छ । कम्युनिस्ट मुलुकमा जस्तै नीति र कार्यक्रम…

Read More

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखी सामान्य बदली रहेको छ । तराईका केही भू-भागमा हुस्सु लागेको छ।आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राती पनि यो क्रम जारी रहनेछ ।  उच्च पहाडी तथा हिमाली भू-भागका हिमपात र तराईमा  बाक्लो  हुस्सु लागेर दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Read More

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज  बस्ने भएको छ । विहान ८ बजे बस्ने बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नदिनेबारे निर्णय लिने बताइएको छ । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास  मत माग्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिन देउवा सकारात्मक देखिएका छन् ।  पदाधिकारीसँग छलफलपछि आजै बिहान ९ बजे बस्ने संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीको आधिकारीक धारणा संसद्हरुसमक्ष राख्ने कार्यक्रम रहेको छ ।  

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।  नेपालको संविधानको धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सहित १६९ सांसद्ले समर्थन गरेका थिए । विश्वासको मत लिन १३८ सांसद्को समर्थन चाहिन्छ ।  यता प्रधानमन्त्री प्रचण्डले साना ठुला सबै दललाई समर्थन गर्न आग्रह गरिरहेका छन् ।…

Read More

गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको समय आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षरसहित एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा दावीका लागि जाने बुझिएको छ । एमाले सांसद रोशन गाहाका अनुसार ३२ जना सांसदको हस्ताक्षर तयार भैसकेको छ । अहिले त्यसैका लागि एमाले संसदीय दलको बैठक चलिरहेको छ । यसपछि गठबन्धन दलका नेताहरुबीच बैठक बसेर मुख्यमन्त्रीको दावी पेस गर्न जाने गाहाले बताए । आइतबार नै दावी गर्ने तयारी थालेको सत्ता गठबन्धन केन्द्रको…

Read More

बझाङ – बझाङका सबै सरकारी विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई दालभात खुवाइन्छ । विश्व खाद्य कार्यक्रम अन्तर्गत जिल्लाभरका ४ सय ३९ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिउँसो दाल, भात र तरकारी खुवाउन थालिएकाे हाे । विद्यालयमा दिउँसाे दालभात खुवाउन थालेपछि प्रारम्भिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुको सङ्ख्या बढेकाे छ । कालीका निमावि दाँतोलाका प्रधानाध्यापक लोकनाथ जोसी विशेषत गरिब विपन्न परिवारका बालबालिकाका लागि याे कार्यक्रम निक्कै प्रभावकारी भएकाे बताउनुहुन्छ । उहाँले भन्नुभयाे,’विद्यालय नजिक दलित बस्ती छ। प्राय: यहाँका अभिभावकलाई जीविका चलाउनै मुस्किल छ । अहिले विद्यालयमा खाजा दिन थालेपछि दलित बस्तीका बालबालिकाहरु विद्यालय आउन थालेका छन् ।उनीहरु विद्यालयमा खान पाउने आशाले नियमित आउने गर्छन् ।’ विद्यालयमा दालभात कार्यक्रमले साना बालबालिकामा…

Read More

काठमाडौँ – सोमबार अपराह्न एक बजेका लागि आह्वान गरिएको संघीय संसद्को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू पूरा गरिएको जानकारी दिएका हुन् ।  संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक आज एकसाथ बस्दैछ । प्रतिनिधि सभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णय अनुसार संघीय संसद् सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाको भनाई छ ।  संघीय संसद् सचिवालयले सत्तापक्ष र…

Read More

धनगढी – प्रदेश सरकार गठनको बाँडफाँटप्रति नागरिक उन्मुक्तिले असन्तुष्टि प्रकट गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलले गरेको सरकार गठनको बाँडफाँटप्रति असन्तुष्टि जनाएको हो । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले सत्ता साझेदार दलको शीर्ष नेतृत्वहरुको बैठकमा आफूहरुको पनि सहभागिता रहेपनि त्यहाँ भएको बाँडफाँटमा आफूहरुको कुनै सहमति नजाएको स्पष्ट पारे । प्रमुख सचेतक चौधरीले भने, ‘बैठकमा हामीलाई पनि बोलाइयो । हाम्रो अध्यक्ष ज्यू पनि सहभागी हुनुभयो । तर सहभागी हुनुको अर्थ सहमति जनाउनु होइन नि । सहमति पत्रमा हाम्रो हस्तक्षर छैन भने बाँडफाँटमा हाम्रो सहमति छैन । हामीले हाम्रो निर्णयको लागि २४ घण्टाको समय मागेका छौँ…

Read More

ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकको भिड राष्ट्रपति भवन र संसदमा प्रवेश गरेको छ । बोल्सोनारोका हजारौँ समर्थक संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थामा तोडफोड समेत गरेका छन् । ब्राजिल फुटबल टिमको जर्सी लगाएका हजारौँ प्रदर्शनकारीले हातमा झण्डा लिएर संसद् भित्र प्रवेश गरेका र उनीहरुले सभामुखको कुर्सीमा चढेर प्रदर्शन गरेका बीबीसीले जनाएको छ । कतिपय संसद्को छतमा चढेका छन् । यस्तै, कतिपयले तोडफोड गरेका छन्, संसद्को झ्याल फुटाइएको छ । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले घटनाको भर्त्सना गर्नु भएको छ । गएको अक्टोबरमा भएको राष्ट्रपतीय चुनावमा बोल्सोनारोलाई लुला डा सिल्भाले पराजित गर्नु भएको…

Read More

चीनले कोरोना रोकथामका लागि खोप कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । पछिल्लो समयमा त्यहाँ विस्तारित भएको कोभिड-१९ को सङ्क्रमण रोकथामका लागि कोरोना विरुद्धको खोपको बुस्टर डोज लगाउनुपर्नेमा चीनले जोड दिएको छ । चीनले कोरोना रोकथामका लागि नयाँ मापदण्ड सार्वजनिक गर्दै सङ्क्रमण रोकथाम गर्न बुस्टरकै दोस्रो मात्रा लगाउनुपर्ने तथा हरेक व्यक्तिले व्यक्तिगत जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएको हो । ज्येष्ठ नागरिकलाई खोपको बुस्टर मात्रा दिनुपर्ने र पहिलो बुस्टर मात्रा लगाएकालाई पनि दोस्रो मात्रा दिइनुपर्ने मापदण्डमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । चिनियाँ स्वास्थ्य अधिकारीहरुले अब कोरोना विरुद्धको खोप नलगाएकाको खोजी गर्ने पनि खबरमा उल्लेख छ ।

Read More