Author: Dipak Dhamala

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष राष्ट्रिय सहमति स्वीकार गर्न नसकेपछि सरकारबाट बाहिरिएको बताएका छन् । बिहिबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्न ओलीले नमानेको बताए । ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्नेमा जोड थियो । सभामुख एमालेको भयो । उपसभामुख रास्वपाको भइसक्यो । प्रधानमन्त्री माओवादीबाट म आफैं छु’ प्रचण्डको भनाई उदृत गर्दै माओवादीका एक सांसदले भने, ‘राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गरेर राष्ट्रिय सहमति कायम गरौं भन्ने प्रस्ताव गरेँ उहाँ मान्न तयार हुनुभएन बाहिरिनुभयो ।’ सबै…

Read More

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल यूएईसँग ६८ रनले पराजित भएकाे छ । यूएईले दिएकाे २ सय ८ रनकाे लक्ष्य पछ्याएकाे नेपाल ३१ ओभर ५ बलमा १ सय ३९ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि कुशल मल्लले ६० रन र सन्दीप लामिछानेले नटआउट २६ रन बनाए पनि अन्य खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ यूएईका राेहन मुस्तफा र कार्तिक मय्यपनले ३/३ विकेट लिए । यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७ रन बनायाे । यूएईका लागि आसिफ खानले ७२ र राेहन मुस्तफाले…

Read More

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टाेली यूएईलाई हराएकाे छ । नेपालले यूएईलाई ७ रनले हराएकाे हाे । याेसँगै नेपालले यू–१९ विश्व कपमा पुगेकाे छ ।

Read More

काठमाडौँ – प्रदेश नम्बर १ को नामकरण भएकोबारे चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा बेखबर बनेको छ । बुधबार राति बसेको प्रदेश सभाको बैठकले दुई तिहाइ बहुमतका साथ प्रदेश नम्बर १ को नाम कोशी राख्ने प्रस्ताव पारित गरेको थियो । तर, बिहीबार बिहान अध्यक्ष केसीले एक विज्ञप्तिमार्फत प्रदेश १ को नाम पार्टीले प्रस्ताव गरेअनुसार कोशी राख्नुपर्ने र सोहीअनुसार मतदान हुनुपर्ने बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो दलले संविधानसभामा प्रस्तुत गरेको राज्य पुनर्संरचना सम्बन्धी खाकामा सातवटा प्रदेशको नाम गण्डकी, लुम्बिनी, बागमती, कर्णाली, सेती–महाकाली, कोशी र जनकपुर प्रस्तावित गरेका थियौँ । त्यसै नामबाट अधिकांश प्रदेशहरुको नामाकरण भएको छ । प्रदेशका प्रस्तावित नामहरु मध्ये…

Read More

काठमाण्डौ – नेपाल आयल निगमले भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी)ले ग्यासबाहेक अरु इन्धनको मूल्य घटाएर पठाएको भएपनि मूल्य तत्काल नघटाउने भएको छ । पछिल्लो सूची अनुसार खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । तर उपभोक्ता मूल्य अहिलेलाई यथावत राख्ने निर्णय भएको निगमले जनाएको छ । हिजो प्राप्त इन्धनको नयाँ सूची अनुसार डिजलको भाउ ५ रुपैयाँ ५ पैसाले घटेको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा, मट्टीतेल ३ रुपैयाँ ४० पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले घटेर आएको छ । खाना पकाउने ग्यासको लागत प्रति सिलिण्डर ३ सय ३९ रुपैयाँले…

Read More

अनकारा । टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले देशमा मे १४ मा चुनाव हुन सक्ने संकेत गरेका छन् । अर्दोआन चुनाव गराउने आफ्नो पहिलेको घोषणामा दृढ छन्।  टर्कीमा गएको भूकम्पपछि तोकिएकै समयमा निर्वाचन हुनेमा विभिन्न किसिमको आशंका व्यक्त गरिएको थियो । यस भयानक भूकम्पमा ४५ हजार मानिसको मृत्यु भएको छ । अर्दोआनले बुधबार यसबारेमा भने, ‘मे १४ मा देशले जे आवश्यक छ त्यही गर्नेछ जहाँ भवनहरू ढलेका छन्, हामी अझ राम्रो भवनहरू निर्माण गर्नेछौँ। जनताको मन जितेर जनताको नयाँ भविष्य निर्माण गर्नेछौं ।’ टर्कीको आगामी निर्वाचनलाई अर्दोआनको सबैभन्दा ठूलो राजनीतिक संकटका रूपमा लिइएको छ । भूकम्प गएदेखि नै यो वर्षको अन्त्यसम्म निर्वाचन सार्ने भनिएको…

Read More

काठमाडौं – अगामी वर्ष भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोटको महत्त्वपूर्ण प्रतियोगिता आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्नेछ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिमले जिम्बाब्वेमा १८ जुनदेखी ९ जुलाईसम्म हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछ । बाँकी चार टिमले नामिबियामा २४ मार्चदेखी ४ अप्रिलसम्म हने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् । विश्वकप क्वालिफायर प्लेअफमा च्यालेन्ज लिगबाट शीर्ष दुई टिम र लिग–२ को पुछारमा रहेका चार टिमले प्रतिस्पर्धा गर्नेछन् । नामिबियामा हुने विश्वकप क्वालिफायर प्लेअफका शीर्ष दुई टिमले पनि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा…

Read More

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् । काठमाडौं बुधबार  सम्पन्न २३ औं साधारण सभाबाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याएका छन् । निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो । उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित बिजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मतमा सिमित भए । यसैगरी, उपाध्यक्ष संगठनतर्फ विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई विजयी भए भने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदा प्रदीप कार्कीले ७४ मतमा सीमित भए । सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका…

Read More

काठमाडौं – राष्ट्रपतिमा आफ्नो दलका नेता रामचन्द्र पौडेललाई जिताउन नेपाली कांग्रेसले सातवटै प्रदेशमा पार्टीका केन्द्रीय नेता परिचालित गरेको छ । फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा आफ्नो उमेदवारलाई विजयी गराउन कांग्रेसले केन्द्रबाटै पदाधिकारी तहका नेता परिचालित गरेको हो । गठबन्धनबाट नेपाली कांग्रेसका नेता पौडेल राष्ट्रपतिको साझा उमेदवार बनेका छन् । त्यसैले कांग्रेसको नेतृत्वमा आठदलीय गठबन्धनले प्रदेशस्तरीय भेला गर्दै छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको सभापति, महामन्त्री, प्रमुख सचेतक र केही प्रभावशाली नेताहरूको बैठकले गठबन्धनको कार्यक्रमलाई नेतृत्व गर्न पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो । कोसी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा फरमुल्लाहा मन्सुरले जिम्मेवारी पाएका छन् ।…

Read More

काठमाडौं । नेपाली कांग्रेसले (आज) बिहीबार आठ दलीय गठबन्धनका संघीय सांसदहरुलाई काठमाडौंको तीनकुनेमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो ।  बिहीबार दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा अभिमुखीकरण कार्यक्रम हुन कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।  आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी…

Read More