Author: Dipak Dhamala

काठमाण्डौ – भारतसँगको एकदिवसीय शृङ्खलामा पराजित भएपछि न्युजिल्याण्डले आईसीसीको शीर्ष वरीयता गुमाएको छ । अस्ति भएको दोस्रो एकदिवसीयमा भारतसँग ८ विकेटले पराजित भएको न्युजिल्याण्डले एक खेल बाँकी छँदै शृङ्खला गुमाएपछि एकदिवसीय वरीयतामा शीर्ष स्थानबाट दोस्रोमा झरेको हो । न्युजिल्याण्ड एकदिवसीय वरीयतामा शीर्ष स्थानबाट दोस्रोमा झरेपछि इंल्याण्ड शीर्ष स्थानमा पुगेको छ । इंल्याण्ड तीन हजार ४ सय अंकसहित शीर्ष स्थानमा छ भने तीन हजार एक सय ६६ अंक रहेको न्युजिल्याण्ड दोस्रो स्थानमा छ । अहिले तेस्राे स्थानमा रहेको भारत न्युजिल्याण्डसँगको तेस्रो खेलमा पनि विजयी भएमा शीर्ष स्थानमा पुग्नेछ । तेस्रो खेल पर्सि मङ्गलवार हुँदैछ ।

Read More

काठमाण्डाै – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताउनु भएको छ । प्रवासी नेपाली मञ्च अमेरिकाले हिजाे शनिवार राति आयोजना गरेको ‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताउनु भएको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेले भन्नुभयो, ‘रेमिट्यान्स जति उत्पादन हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्र्याउन सकेका छैनौँ । लिगल च्यानलबाट देशभित्र भित्र्याउनका लागि लिनु पर्ने नीति, गर्नु पर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरु अघि सार्न सरकार तयार…

Read More

काठमाडौं – जनकपुरधामका दुई युवाको भारतमा अपहरण पछि हत्या भएको छ । १३ दिन अगाडिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो । मृतक दुवै जना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरवाट फोन आइरहेको र सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् । विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन…

Read More

धनगढी – सुदूरपश्चिमका डिआइजीले जिल्ला प्रहरी कार्यालय कंचनपुरको निरीक्षण गरेका छन्। आइतवार बिहान तालुक सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अशोक सिंहले कार्यालयको निरीक्षण तथा अनुगमन गरेका हुन्। उनले कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गरेका थिए। यस्तै उनले सो कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्रहरीहरुले पालना गर्नुपर्ने आँचरण व्यवहार तथा सेवाग्राहीहरूसंगको बोली व्यवहार तथा वर्तमान परिस्थितीका सम्बन्धमा आवश्यक निर्देशन समेत दिएका छन्।

Read More

काठमाडौँ – जनमत पार्टीले मधेश प्रदेशमा सहकार्यलगायतका विषयमा जनता समाजवादी पार्टी नेपालसँग छलफल गरेको छ । पार्टीका उपाध्यक्ष वसन्त कुशवाहा र महासचिव चन्दन सिंहलगायतका नेताहरुले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका हुन् । बालकुमारीस्थित पार्टी कार्यालयमा भएको भेटघाटमा मधेश सरकार गठनमा मन्त्रालयको बाँडफाँट र मधेशमा छुट्टै गठबन्धन बनाउने विषयमा छलफल भएको बतइएको छ । मधेश प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने भनि जसपा र जनमतबीच सहमति भएको छ । जसपाले सुरुको चरणमा मुख्यमन्त्री बनाएको छ । मन्त्रिपरिषद् विस्तार हुन बाँकी छ । मन्त्रालय बाँडफाँटको विषयमा पनि छलफल भएको बताइएको छ । त्यस्तै, मधेशमा रहेका दलहरुको बीचमा एउटा छुट्टै गठबन्धन बनाउने विषयमा…

Read More

काठमाडौँ – स्वतन्त्रबाट मधेश प्रदेशको प्रदेशसभा सदस्यमा चुनाव जितेका सुरिता साह र प्रमोद जयसवाल जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । आज बालकुमारीस्थित पार्टी कार्यालयमा उनीहरु पार्टी प्रवेश गरेका हुन् । महोत्तरी क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित नेतृ साहलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् । उनी यसअघि लोकतान्त्रिक समाजवादी पार्टीमा थिइन् । तर चुनावको समयमा पार्टीले उनलाई टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेकी थिइन् । प्रमोद जयसवाल पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट चुनाव जितेका हुन् । पार्टी प्रवेश कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव, जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवलगायतको उपस्थिति थियो ।

Read More

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन गर्न समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत नदिने आफ्नो अडान यथावत् राखेको छ । टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका सो पार्टीका संरक्षक रेशम चौधरीसहित नेता कार्यकर्ता रिहाइ गर्न सरकारले पटक–पटक आश्वासन दिए पनि माग पूरा नगरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई विश्वासको मत नदिने घोषणा गरेको हो ।  ‘सत्तामा रहेका ठुला दलहरूले हामी माथि पटक–पटक जालझेल गरेको छ,’ नागरिक उन्मुक्ति पार्टीका सङ्घीय संसद् तथा प्रमुख सचेत गङ्गाराम चौधरीले भने, ‘अब हामी उधारो सहमतिमा विश्वास गर्न सक्दैनौँ, हाम्रा माग पूरा भए मात्रै सुदूरपश्चिममा मुख्यमन्त्री बनेका राजेन्द्र रावललाई विश्वासको मत…

Read More

सुर्खेत –  माछाका भुरा उत्पादन गर्ने भन्दै पशु अस्पताल तथा पशु सेवा कार्यालयले बाँडेको एक करोड रुपैयाँ बालुवामा पानीझैँ भएको छ । भेरी नगरपालिका–१३ कुदुस्थित इन्द्र मिलन कृषि तथा पशु पालन सहकारी संस्थालाई आर्थिक वर्ष २०७६–७७ देखि आर्थिक वर्ष २०७८–७९ सम्मा जम्मा एक करोड रुपैयाँ माछाको भुरा उत्पादन तथा माछा पालन भन्दै भुक्तानी भएको छ । उक्त सहकारीले अनुदानमा निर्माण गरेको माछाको भुरा उत्पादन तथा माछापालन काम अलपत्र परेको छ । जमिनबाट पानी निकालेर माछा पोखरीमा निरन्तर पानी प्रयोग गर्ने भन्दै स्थापना गरिएकोे डिप बोरिङ मेसिनसमेत खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ । भुरा उत्पादनका लागि हेचिङ पलान्टसमेत अलपत्र…

Read More

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच बजेटबारे छलफल भएको छ । छलफलमा मन्त्री शर्माले स्वास्थ्य र विकास निर्माणमा बजेट विनियोजन गर्न माग गरेकी छन् । आइतबार अर्थमन्त्री पौडेलको निवासमा भएको छलफलमा मन्त्री शर्माले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाई सञ्चालन गर्न बजेट माग गरेकी हुन् ।  यस्तै शर्माले दाङको घोराही तुलसीपुर सडक खण्डको फोरलेन सडक र दाङको टरिगाउँ एयर्पोटमा ७२ सिटे जहाज चल्ने व्यवस्था गर्न माग गरेकी छन् भने दाङ खण्डकै हुलाकी राजमार्ग छिटो बन्नुपर्नेमा मन्त्री पौडेलको ध्यानाकर्षण गराएकी छन् ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विकास लामिछाने, रजिष्टार प्रकाश थापा,…

Read More

जुम्ला – जुम्ला चन्दननाथ नगरपालिका ८ रोकायाबाडामा गेडागुडीमा जडीबुटी मिसाएर खाँदा १ जनाको मृत्यु भएको छ । तीन जनाको बिरामी भएका छन्। मृत्यु हुनेमा  ३५ वर्षीय दीपक रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल रोकाया,  २८ वर्षीय टङ्क रोकाया र ३० वर्षीय पारस धराला बिरामी रहेका छन् । बिरामी मध्ये तिल रोकाया घर धनी हुन् । अरू सबै उनको घर बनाउन आएका मिस्री हुन ।  गेडागुडी खाइसकेपछि सबै जना एक्कासि बेहोस भएका थिए । उनीहरूलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको स्थानीय भैरबहादुर धरालाले बताए । उनले गेडागुडीमा हालिएको जडीबुटीमा विष परेको हुन…

Read More