Author: Dipak Dhamala

 नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२९.५० रुपैयाँ रहेको छ भने बिक्री दर १३०.१० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.६० रुपैयाँ रहेको छ भने बिक्री दर १४१.२५ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६०.५३ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.२८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.२२ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.६४ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.६४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.२२ रुपैयाँ…

Read More

काठमाडौं – सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकले मुलुकका युवाहरू उत्पादन र रोजगारीसँग जोडिनु पर्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक तथा शपथ ग्रहण कार्यक्रममा पाठकले अबका युवाहरू उत्पादन र रोजगारीसँग जोडिनु पर्ने बताएका हुन् । सुदूरपश्चिम प्रदेशबाट लाखौँ युवाहरू भारत लगायत तेस्रो मुलुकमा सस्तो श्रम बेच्न बाध्य रहेको भन्दै उनले मुलुकमै समृद्धिको आधार तय गर्न युवाहरू उत्पादन र रोजगारीसँग जोडिनु पर्ने बताएका हुन् ‘सुदूरपश्चिममा ८० प्रतिशत घरधुरीबाट एक युवा विदेशमा जान बाध्य छन् । भारतमा लाखौँ युवाहरू गइरहेका छन्’ उनले भने ‘अब युवाले मुलुकमै उत्पादनसँग जोगिनु पर्छ…

Read More

सुनसरी – हर्क साम्पाङ मेयर रहेको धरान उपमहानगरपालिकाले वडा नं ५ देउरालीस्थित खोला किनारामा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घरमा डोजर चलाएको छ । धरान–५ को खार खोला र अधेरी खोलाको सङ्गमस्थलमा बनेको एक तले पक्की घर नगर प्रहरीले आइतबार भत्काएको हो । धरान उपमहानगरपालिकाले सो क्षेत्रमा बहुजातीय रङ्गशाला बनाउने निर्णय गरेको थियो । सार्वजनिक जग्गामा घर नबनाउन उपमहानगरले भने पनि अटेर गरेर बनाएपछि भत्काइएको उपमहानगरले जनाएको छ । उक्त घर मुना चौधरी लिम्बूले बनाएको बताइएको छ । घर भत्काउन उपमहानगरले नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो ।  घर भत्काउने क्रममा दोहोरो झडप भएको प्रहरीले…

Read More

अमेरिकाको क्यालिफोर्नियामा भएको अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको ज्यान गएको छ । कम्तीमा अरु १० जना घाइते भएका छन् । स्थानीय समय अनुसार शनिवार राति १० बजेर २० मिनेटमा गोली प्रहार भएको बीबीसीले जनाएको छ । लुनार नयाँ वर्षका अवसरमा रमाइलो गर्न हजारौं मानिस भेला भएको बेला गोली प्रहार भएको क्यालिफोर्नियाको प्रहरीले जनाएको छ । लुनार नयाँ वर्षको एक हप्ता लामो उत्सव मनाउन हजारौँ व्यक्तिको उपस्थिति थियो । राति उत्सव सकिनुभन्दा केही मिनेट अघि मात्र गोली चलेको प्रहरीले जनाएको छ । एक जना पुरुषले मेसिनगनबाट गोली चलाएको अनुमान् रहेको र अनुसन्धान भैरहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गोली चलाउने…

Read More

काठमाण्डौ – वृहत राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाटै उत्कृष्ट नतिजा हासिल गरिरहेका कुस्ती खेलका खेलाडी एक दशकभन्दा बढी समयदेखि साँघुरो हलमा प्रशिक्षणरत छन् । केही समयअघि सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई महिला कुस्तीतर्फ कञ्चनपुरका खेलाडीले पाँच स्वर्ण दिलाएका थिए । पाँच स्वर्णसहित नौ पदक जितेका यहाँका खेलाडीले विगत लामो समयदेखि जिल्ला खेलकुद विकास समितिको कार्यालयमा रहेको साँघुरो हलमा प्रशिक्षण गर्नुपरेको गुनासो बढेको छ । पछिल्लो राष्ट्रिय तथा दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा समेत पदक विजेता यहाँका कुस्ती खेलाडीको प्रशिक्षणका लागि बनाउन सुरु गरिएको कुस्ती हल दुई वर्षदेखि अलपत्र छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले हरेक वर्ष उपलब्ध गराएको…

Read More

भारतको सूचना र प्रसारण मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बीबीसीले बनाएको वृत्तचित्रलाई यूट्यूब र ट्वीटरमा ब्लक गर्न आदेश दिएको छ । बीबीसीले भारतमा वृत्तचित्र प्रसारण नगरेको भए पनि केही यूट्यूब च्यानलमा भिडियो अपलोड गरेपछि भारत सरकारले ब्लक गर्न निर्देशन दिएको हो । साथै, मन्त्रालयले भिडिओको लिंक शेयर गर्ने झण्डै ५० वटा ट्विटर पोस्टहरूलाई पनि हटाउन निर्देशन दिएको बीबीसी हिन्दीले जनाएको छ । मन्त्रालयका सचिव अपूर्व चन्द्रले आइटी नियम २०२१ अन्तर्गत आदेश दिनुभएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा बनाइएको बीबीसीको वृत्तचित्र भारतमा अरु माध्ययमबाट प्रसारणमा पनि भारत सरकारले रोक लगाएको छ । वृत्तचित्रले सन् २००२ मा गुजरात भएको दगामा प्रधानमन्त्री मोदीको…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रीय समिति बैठक बोलाएको छ। पछिल्लो राजनीतिक परिस्थिति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो। सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ। दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरी केन्द्रीय समितिबाट अनुमोदन गरिनेछ। जसका लागि शनिवार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो। दुवै पक्ष पार्टी एकीकरण गर्न मञ्जुर भएका छन्।

Read More

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहालले पश्चिमा संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापित गर्दै लागिरहेकाे बताउनु भएकाे छ । २८५९ औँ तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुंडिखेलमा आयोजना गरिएको सोनाम ल्होसार समारोहलाई सम्बोधन गर्दै उहाँले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली हुँदा पनि पछिल्लो समय पश्चिमा संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्न लागेको जिकीर गरे । उहाँले एउटा संस्कृतिलाई काखा र अर्कोलाई पाखा गर्दा यस्तो अवस्था आएको बताउनु भएकाे हाे । प्रधानमन्त्री दाहालले ल्होसार पर्व तामाङ जातिको मात्रै नभएर राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व भएको बताउनुभयाे ।

Read More

काठमाण्डौ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ भएको प्रमाण र आधार भेटिएको पुष्टि गरेको छ । सीआईबीले गएको पुस ९ देखि २७ गतेसम्म काठमाण्डौमा भएको खेलमा स्पट फिक्सिङका प्रमाण देखिएको जनाएको हो । खेल मिलेमतोको आशंका भएपछि सीआईबीले प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले पैसाकै लेनदेन भएको निष्कर्ष निकाल्दै अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छानबिन समितिका एक सदस्यले बताएका छन् । मिलेमतोमा संलग्न व्यक्ति र खेलाडीको नाम अन्तिम प्रतिवेदनमा मात्रै सार्वजनिक गर्ने सीआईबीले जनाएको छ । पुरै खेलमा मिलेमतो गरेका प्रमाण कम रहेको तर क्याच…

Read More