Author: Dipak Dhamala

संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ । आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयन, अध्ययनतथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।त्यसै गरी सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरू पनि आज सभासमक्ष पेस हुनेछन् ।  

Read More

काठमाण्डाै – बाग्मती प्रदेशमा आज सभामुख चयन हुँदैछ ।  बिहान ११ बजे चुनाव गर्ने तयारी छ । सभामुखमा तीन जनाको प्रतिस्पर्धामा सत्तारुढ दलहरुका बीचमा कुनै खटपट नभए सत्तापक्षका भुवन पाठक बाग्मती प्रदेशको सभामुखमा विजयी हुने निश्चित जस्तै छ । सत्तापक्षमा स्पष्ट बहुमत रहेकाले पाठक विजयी हुने आकलन गरिएको छ । यस प्रदेशका मुख्यमन्त्रीमा ७० जना सांसदले समर्थन गरेका थिए । ५६ जना सांसदले मतदान गरे स्पष्ट बहुमत हुने भए पनि ७० जना सांसदहरुको समर्थनमा यस प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बन्नुभएकाे हाे । बाग्मती प्रदेश सभामा सभामुखमा तीन जनाको उम्मेदवारी दर्ता गरिएको छ । सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेमकिपाले सभामुखका लागि…

Read More

काठमाण्डाै – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको यो प्रतियोगिता सुनसरीको इटहरीमा हुँदैछ । आजको उद्घाटन खेलमा अहिले मधेस प्रदेश र प्रदेश नम्बर १ खेल्दै छन् । आज हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा सात वटा प्रदेश तथा एक विभागीय गरी ८ टोली सहभागी छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुई वटा समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल माघ ७ गते हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ…

Read More

मकवानपुर – मकवानपुरकाे मनहरी गाउँपालिका-९ ज्यामिरे भलाद्मीचोकमा स्कुटर दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत भलाद्मीचोकमा गएराति ना ३९ प १४३९ नम्बरको स्कुटरलाई गाडीले ठक्कर दिँदा चालकसहित तीन जनाको ज्यान गएकाे हाे । मृतक तीनै जना एउटै स्कुटरमा रहेका प्रहरीले जनाएकाे छ । दुर्घटनामा मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, स्कुटर चालक ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । रुपेश र मिलनको भरतपुरमा रहेकाे पुरानो मेडिकल अस्पतालमा पुर्याउने बित्तिक्कै र धर्मराजको आज बिहान ३ बजे उपचारका क्रममा ज्यान गएकाे प्रहरी उपरीक्षक बामदेव गाैतमले बताउनु भयाे ।स्कुटरलाई अरु गाडीले ठक्कर दिएको…

Read More

काठमाडौं – नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लागेका हुन् । नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै रहेका थिए । गत २३ असोजमा एमाले परित्याग गरेका भूसाल मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा प्रतिस्पर्धा गरेका थिए । उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । तर एमालेका छबिलाल विश्वकर्मासँग…

Read More

काठमाण्डाै – सुदूरपश्चिम प्रदेशमा सभामुख पदको लागि आज चुनाव हुँदैछ । हिजो भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज फेरि चुनाव हुन लागेको हो । सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार हुनुहुन्छ । हिजो भण्डारीले २६ र रावलले २३ मत पाउनु भएको थियो । ५३ सदस्यीय प्रदेश सभामा सभामुख चयनका लागि २७ मत आवश्यक पर्छ । सत्ता पक्षकै एक सांसदको मत बदर भएकाले भण्डारी हिजो सभामुखमा चयन हुन सक्नु भएको थिएन । हिजो कसैको पनि २७ मत नपुगेपछि आज ११ बजे चुनाव हुने भएको हो ।

Read More

काठमाण्डाै – दादुरा फैलिएको बाँकेको नेपालगञ्ज उपमहानगरमा झण्डै १० हजार बालबालिकालाई खोप लगाइएको छ । अहिलेको खोप अभियानमा उपमहानगरभित्रका झण्डै १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । हिजोसम्ममा ६ महिनादेखि १५ वर्षसम्मका ९ हजार ९ सय ६३ जनालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो । बाँकीलाई अबको तीन/चार दिनभित्र खोप दिइनेछ । खोपमा पहुँच नपुग्दा र धेरैले नियमित खोप नलगाएका कारण नेपालगञ्जमा दादुरा फैलिएको पाइएको छ । बाँकेलाई दुई वर्षअघि नै पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । तर गएको पुस १३ गतेयता नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा गरी १ सय ३० जनामा…

Read More

काठमाण्डाै – नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी तिरेर आज रिहा हुँदैछन् । हिजो उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० लाख धरौटी माग गरेको थियो । नाबालिग बलात्कार मुद्दामा काठमाण्डौ जिल्ला अदालतले गएको कात्तिक १८ गते मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवदेन दिएका थिए । त्यसैमा सुनुवाइ गर्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो । धरौटी रकम जम्मा भएपछि आज उनलाई थुनामुक्त गराइने छ । उच्च अदालतले लामिछानेबाट धरौटीस्वरूप २०…

Read More

काठमाण्डाै – दुर्लभ हरियो पुच्छ्रेतारा आजदेखि पृथ्वीबाट सहजै देख्न सकिने भएको छ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको खगोलविद्ले बताएका छन् । आजदेखि झण्डै एक महिनासम्म हरियो पुच्छ्रेतारालाई नेपालबाट पनि हेर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक एवम् खगोलविद् डा. सनतकुमार शर्माले बताउनुभयो । यो पुच्छ्रेतारा निकै चिसो हिउँको डल्लो हो । यो सूर्य नजिक आउँदा वाष्पीकरण हुन्छ र निकै लामो मुस्लो निस्कन्छ । मुस्लो हरियो रङको पुच्छर आकारको देखिने भएकाले हरियो पुच्छ्रेतारा भनिएको हो । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार अमेरिकाको पालोमार वेधशालामा रहेको ज्विकी ट्रान्सिएन्ट फेसिलिटी…

Read More

चितवन – दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते भने खुला नै रहने भएको छ । माघे संक्रान्ति पर्वका अवसरमा देवघाटमा स्नान तथा मेला भर्न आउने भक्तजनहरुलाई लक्षित गरेर दुई दिन सडक बन्द नहुने भएको हो । पहरो काटेर नयाँ पुल निर्माण गर्नुपर्ने भएकाले यही पुस ५ गतेदेखि एक महिनाका लागि दैनिक ४ घण्टा नारायणगढ–मुग्लिन सडकखण्ड बन्द गरेर काम भैरहेको छ । माघे संक्रान्तिका भक्तजन तथा अन्य यात्रुहरुलाई मर्का नपरोस् भनेर दुई दिन सडक खुला नै गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । देवघाटमा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजनहरु…

Read More