Author: Dipak Dhamala

रुसले पूर्वी युक्रेनको सहर सोलेदार कब्जा गरेको दाबी गरेको छ । महिनौँको असफलतापछि सोलेदार सहर कब्जा गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । रुसको यो दाबीलाई युक्रेनले ‘सूचनाको हल्ला’ फैलाएको भनेर टिप्पणी गरेको छ । नुनखानीको सहर सोलेदार र आसपासमा आक्रमणका घटना भइरहेका युक्रेनको भनाइ छ । तर अमेरिकामा रहेको इन्स्टिच्युट फर द स्टडी अफ वारले रुसी सुरक्षाकर्मीले सोलेदार सहर कब्जा गरेजस्तो देखिएको उल्लेख गरेको बीबीसीले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोलेदार र छिमेकी बाख्मुटको रक्षा गर्न आफ्ना सेनालाई आवश्यक पर्ने सबै किसिमका सैन्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Read More

  आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो उन्नाइसौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०७८-७९को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत (५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९÷८०को लागि बाह्य लेखा पपरीक्षकमा  एन.अमात्य एन्ड कम्पनी चार्टर एकाउन्टेन्टलाई नियुक्त गरेको छ । चुक्ता पुँजी रु.एक अर्ब बाह्र करोड एकहत्तर लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र २० वटा एटिएम मार्फत १ लाखभन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै चालु आवसम्म रु. १८ अर्ब ७७ करोड निक्षेप सङ्कलन…

Read More

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविको रजिस्ट्रार कार्यालयले आङ्गिक सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई तोकिएकै मितिमा चुनाव गराउनको लागि विद्यार्थी भर्ना, लगत सङ्कलन, परीक्षालगायतको तयारी गर्न पनि भनेको छ । त्रिभुवन विश्वविद्यालयको क्लालेन्डरमा फागुन १४ मा स्ववियु चुनाव गर्ने उल्लेख भए पनि परीक्षा, विद्यार्थी भर्नालगायतका काम प्रभावित हुने भएकाले चैत पहिलो हप्ताको लागि चुनावको मिति तोकिएको हो । त्रिभुवन विश्वविद्यालयमा ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।

Read More

सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउन सुझाव दिएको छ। समितिले प्रदेशमा मन्त्रालय र मन्त्रीको सङ्ख्या बढोत्तरीले प्रशासनिक खर्चमा भएको वृद्धिलगायतका कारण आमजनतामा सङघीयताप्रतिको विश्वासमा कमी आएको भन्दै मन्त्रालयको सङ्ख्या कटौती गर्न सुझाव दिएको हो । समितिका संयोजक खिमलाल देवकोटाले राष्ट्रिय सभामा प्रतिवेदन पेस गर्दै मन्त्रालयको सङ्ख्या बढ्दा व्यवस्थाप्रति नै नकारात्मक धारणा प्रवाह भएको स्थितिमा प्रदेश मन्त्रीको सङ्ख्या न्यूनतम पाँच जनाभन्दा कम नहुने गरी कुल प्रदेश सभा सदस्यको १० प्रतिशतमा सीमित गर्नुपर्ने सुझाव दिएका हुन् । बैठकमा उनले प्रशासनिक र वित्तीय सङ्घीयता, संस्थागत संरचना, अन्तरतह समन्वय र सहकार्यलगायतका शीर्षकमा ९९ वटा सुझाव दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ…

Read More

सरकार र नेपाल राष्ट्र बैंकले आयातमा कडाइ तथा अनुत्पादक क्षेत्रमा लगानीमा कडाइ गरेपछि मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ जान थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार ५ महिनामा आयात घटेकाले र निर्यातमा सुधार भएकाले विदेशी मुद्रा सञ्चिति बढेको छ । आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा संघीय सरकारले पुँजीगत खर्चमा उल्लेखनीय प्रगति गर्न नसके पनि चापमा परेको अर्थतन्त्र केही सहज भएको छ । तथापि आर्थिक वर्ष २०७९/०८० को पाँच महिनामा ३३ अर्ब ९९ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको छ । गत वर्षको तुलनामा पुँजीगत खर्च बढेको हो । गत वर्षको पाँच महिनामा २८ अर्ब ४० करोड रुपैयाँ मात्र पुँजीगत खर्च…

Read More

काठमाडौँ – नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गरेसँगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उक्त विमानस्थल औपचारिक रूपमै देशको तेस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि गत जेठ २ गते दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको १० महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक सञ्चालनमा आउन लागेको छ ।  हवाई रुट, धावनमार्ग, उडान व्यवस्थापन प्रणाली, नेभिगेसनसँगै विमानस्थलले प्रदान गर्ने सेवा–सुविधासहित विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका…

Read More

नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रूपैयाँ ८३ पैसा र बिक्री दर १३० रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ८५ पैसा र बिक्री दर १४१ रूपैयाँ ५० पैसा रहेको छ।   बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ८८ पैसा र बिक्री दर १५९ रूपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६० पैसा र बिक्री दर ३५…

Read More

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। तराईका थोरै भू-भागहरूमा  हुस्सु/कुहिरो लागेको अवस्था छ। शनिबार कर्णाली, गण्डकी प्रदेश र प्रदेश १का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि कर्णाली प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सोमवार भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

काठमाडौँ – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै  सरकारमा जाने भएका छन् । राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन लागेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार भएको मन्त्रालय भागबन्डासम्बन्धी छलफलमा भागबन्डाबारे मोटामोटी सहमति भइसकेको छ । सो सहमतिलाई गठबन्धन बैठकबाट अन्तिम रूप दिइएपछि मन्त्रिपरिषद् विस्तारको बाटो खुल्नेछ ।  ओली र प्रचण्डबीचको छलफलमा राप्रपाले मागेअनुसार उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय दिनेबारेमा सहमति जुटेको बताइएको छ । राप्रपाले ऊर्जासहितका मन्त्रालय मागेको बताइएको छ । ‘पार्टीले यसअघिकै कार्यसम्पादन समितिको बैठकबाट एक दर्जन हाराहारीमा माग राखेको थियो ।…

Read More

काठमाण्डाै – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ । अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेपछि उहाँलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । अधिकारीलाई एमालेका २२, नेकपा ९माओवादी केन्द्र०का आठ, राप्रपाका दुई र स्वतन्त्र निर्वाचित राजीव गुरुङले समर्थन गरेका छन् । मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि…

Read More