Author: Dipak Dhamala

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले अब तीन खेल जितेमा एकदिवसीय मान्यता जोगिने भएको छ । नेपालले ५ खेल खेल्न बाँकी नै छ । तीमध्ये सबै खेल जितेमा सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने तीन खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ । नेपालले हिजो भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई तीन विकेटले हराएको थियो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालले चौथो स्थानमा रहेको अमेरिकालाई पछि पार्न अब तीन खेल जित्नुपर्ने हुन्छ । अमेरिकाको ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्क छ…

Read More

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन दैनिक पत्रिकामा प्रकाशन गरेपछि आफ्नो वेबसाइटमा पनि अनिवार्य राख्नुुपर्ने व्यवस्था गरिएको छ । वैदेशिक रोजगार विभागले यसअघि म्यानपावर कम्पनीले रोजगारीसम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरे मात्रै हुनेमा अब भने आफ्नो वेबसाइटमा अनिवार्य राख्नुुपर्ने व्यवस्था गरेको हो । विभागले सूचना प्रकाशित गर्दै व्यवस्थाबारे जानकारी गराएको छ । विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगारसम्बन्धी विज्ञापन ‘अटोअप्रुभ’ हुने व्यवस्था गरिएको छ । अब इजाजत प्राप्त संस्थाले विभागबाट स्वीकृतिबमोजिमको विज्ञापनको पहिलो पटकको हकमा राष्ट्रिय दैनिक र त्यसपछिको विज्ञापन आआफ्नो संस्थाको वेबसाइटमा अनिवार्य राख्नुपर्ने भएको छ । यस कामको नियमित अनुगमनसमेत हुने…

Read More

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको  छ । आज दिउँसो  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  साथै देशका उच्च  पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।  राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँले होली पर्व सभ्य र सुरक्षित तरिकाले मनाउन आग्रह गरेको छ।  प्रहरी परिसर काठमाडौँले सूचना जारी गर्दै होलीका नाममा उच्छृङ्खल गतिविधि नगर्न अनुरोध गरेको हो। सूचनामा आफन्त आत्मीय रूपमा नजिक भएका व्यक्तिसँग मात्र होली खेल्न भनिएको छ। “अपरिचित मानिसको समूहमा होली नखेलौँ,” सूचनामा भनिएको छ, “इच्छा विपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔँ, नछ्यापौँ।” रेलिङ नभएको छत तथा सडक र महंगा गरगहना लगाएर होली नखेल्न प्रहरीको अनुरोध छ। नियम विपरीत कार्य गर्ने व्यक्तिलाई कानून बमोजिम सजाय तथा जरिवाना हुने बताइएको छ। यस विषयमा प्रहरीले टोलटोलमा पुगेर जनचेतना फैलाउने कार्यसमेत गरिरहेको छ।

Read More

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा च्याम्पिनय बनेको नेपाली यू–१९ टोली आज स्वदेश फर्कँदै छ । एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोली आज स्वदेश फर्कन लागेको हो ।   विश्वकपको एसीया क्षेत्र छनोटमा च्याम्पियन भएको नेपाली टोली आज साझ ६ बजे स्वदेश फर्कन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ । नेपालले बिहीबार भएको अन्तिम तथा निर्णायक खेलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको थियो ।

Read More

काठमाडौं – विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा आज (शुक्रबार) पपुवा न्युगिनी(पीएनजी)सँग खेल्दै छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र पीएजीबीचको खेल नेपाली समयअनुसार ११ः४५ मा सुरु हुनेछ । सिरिजको पहिलो खेलमा पीएनजीलाई हराएको नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छ । सोमबार भएको खेलमा नेपालले पीएनजीलाई पराजित ४ विकेटले हराएको थियो । एकदिवसीय मान्यता जोगाउन आजको खेलमा नेपाललाई जित निकाल्नै पर्ने दबाब छ । नेपाललाई विश्वकप छनोट खेल्न अब बाँकी सबै खेल जित्नु पर्ने छ । आजको खेलमा जित निकाल्न सकेमा नेपालले लिग–२ मा ४ खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउन सक्ने…

Read More

धनगढी – धनगढीमा आज शुक्रबारदेखि मिस नेपाल २०२३ को छनौट प्रक्रिया सुरु हुने भएको छ। प्रतियोगितामा सहभागि हुन १६ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्ने द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले बताए। न्यूनतम ५ फिट ३ इन्च उचाइ पुगेको हुनु पर्ने उनले बताए। उनका अनुसार मिस नेपाल प्रतियोगितालाई थप पराकिलो बनाउन यो पटक सात वटै प्रदेशबाट अडिसन लिन लागिएको छ। मिस नेपाल २०२३ को आवेदन चैत्र १, २०७९ (मार्च १५ २०२३) सम्म खुला रहनेछ। मिस नेपाल २०२३ को फाइनल ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने आयोजकले बताएको छ। धनगढीस्थित रुवस होटलमा उक्त कार्यक्रम हुने आयोजकले जनाएको हो।

Read More

जुम्ला । जुम्लाको  तिला गाउँपालिका – ४ नुवाकोट गाउँको महादेवस्थानमा भएको आगलागी हुँदा  १३ घार मौरीसहित घर नष्ट भएको छ । गएराति १ बजे भएको आगलागीबाट नुवाकोट गाउँ निवासी लालबहादुर हमालको घर र १३ घारमा भएको मौरी पूर्णरुपले नष्ट भएको हो ।  पीडित घरधनी हमालले १३ घार मौरी, एक तोला सुन र ६५ हजार नगद जलेर नष्ट भएको बताए। उनका अनुसार मानवीय क्षति भने भएको छैन । आम्दानीको मूल स्रोत मौरी नष्ट भएपछि भने जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता सृजना भएको पीडित हमालले दुखेसो व्यक्त गरे।आगलागीबाट २ लाख ६० हजार बराबरको मौरी नष्ट भएको छ । अहिले बजारमा महको प्रति…

Read More

नेपालका चिया बगानमा उत्पादन भएको अर्गानिक चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल ठहरिएको छ। चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ुग्रान्ड गोल्ड मेडलु प्राप्त गरेको छ । चीन, भारत, श्रीलंका, केन्यालगायत मुलुकमा उत्पादन भएका चियाका सयौं नमुना प्रतिस्पर्धामा सहभागी थिए । प्रतिस्पर्धाबाट इलामको तीनजुरे किसान सहकारी संस्थाले उत्पादन गरेको चियाले ुग्रान्ड गोल्ड मेडलु प्राप्त गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । नेपाली चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट गुणस्तरको ठहरिएपछि ग्राण्ड गोल्ड मेडल प्राप्त भएको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टाईले बताए । यो समाचार नागरिक दैनिकमा छ ।

Read More

काठमाडाैँ – आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।   यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व सभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनेगरी ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ । संयन्त्रको निर्णयबमोजिम बागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेशसभा सदस्यका लागि आज दिउँसो १ बजे आनन्द इभेन्ट, नयाँ वानेश्वरमा अभिमुखीकरण कार्यक्रम गरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यस बाहेक सबै प्रदेशमा सोहीअनुसारको…

Read More