Author: Dipak Dhamala

काठमाण्डाै – भारतीय कलाकार खेसरीलाल यादव सहभागी सुनसरीको बर्जु गाउँपालिकामा–६ मा भएको बर्जु महोत्सवमा झडप भएको छ । झडपका क्रममा प्रहरीसहित पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते भएकाको उपचार भइरहेको छ । मेला आयोजकले लिएको प्रवेश शुुल्क महँगो भएको भन्दै केही व्यक्तिले विरोध जनाएपछि झडप भएको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । गएको वर्ष पनि खेसरीलालको कार्यक्रम हेर्न आएका दर्शकबीच झडप हुँदा केही घाइते भएका थिए ।

Read More

सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । मेलबर्नमा हिजो भएको खेलमा स्पेनका रोबर्टो कार्बालेस बेनालाई हराएर जोकोभिच दोस्रो चरणमा पुगेका हुन् । ९ पटकको च्याम्पियन जोकोभिचले रोबर्टोलाई ६–३, ६–४ र ६–० ले पराजित गरे । ३५ वर्षीय जोकोभिचले कोरोनाविरुद्धको खोप नलगाएका कारण गएको वर्ष खेल्न पाएका थिएनन् । यस वर्ष भने अष्ट्रेलिया सरकारले खोप विना नै प्रवेश खुला गरेको थियो ।

Read More

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज बस्ने भएको छ । यसअघि मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको निष्कर्ष निकालेको थियो ।  संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने र सभामुख निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।  

Read More

कर्णाली प्रदेशसभाको उपसभामुख आज चयन गरिने भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि निर्वाचनको मिति बुधबार दिउँसो १ बजेका लागि तोकेको छ ।  कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम (९) बमोजिम उपसभामुख चयन गर्न लागिएको हो। बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन गर्नेछ ।

Read More

नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दिबास नगरपालिका वडा नं ०४ स्थित  पूर्व पश्चिम लोकमार्ग सडक खण्डदेखि  चेरु माईस्थान जङ्गलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाई लुटपाट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास९१४  बस्ने  २२ वर्षीय  नीरज साह सोनार,  वर्ष २२ को नै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा,  २० वर्षीय सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका  शैलेन्द्र राउत र  धनुषा जनकपुर उप९महानगरपालिका ७ जिरोमाईल बस्ने  १९ वर्षीय दीपक राउत छन् । पीडितको अनुसार २८ माघमा चेरुस्थित एकान्त जङ्गलमा पुर्‍याएर सिआइडीको बहानामा नगद, मोबाइल र…

Read More

सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक  बस्दैछ । बुधबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको  निवास धुम्बाराहीमा पदाधिकारी बैठक बस्न लागेको कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बताए । बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने उनको भनाइ छ । सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ ।

Read More

काठमाडौँ – देशमा आज पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको छ । जसको प्रभावले पहाडी भेगमा आंशिकदेखि सामान्य बदली छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ भने सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको प्रक्षेपण…

Read More

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा दायर मुद्दामा सफाइ पाएका ठेकेदार विक्रम पाण्डे सहरी विकास मन्त्री भएका छन् । उनले मंगलबार पद तथा गोपनीयताको सपथसँगै पदभार समालेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।  विशेष अदालतबाट पाण्डेका पक्षमा भएको फैसलाप्रति असन्तुष्ट अख्तियार पुनरावेदनमा जाने तयारी गरिरहेकै बेला ठेकेदार कम्पनीका मालिकसमेत रहेका पाण्डे सहरी विकासमन्त्री भएका हुन् । प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीको टिकटमा चितवन निर्वाचन क्षेत्र ३ बाट निर्वाचित पाण्डे कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख तथा ‘क’ वर्गका ठेकेदार हुन् । गत असार ६ गते विशेष अदालतले पूर्ववनमन्त्रीसमेत रहेका पाण्डेसहित…

Read More

काठमाडौँ – सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ। निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ। बुधबार ४:१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ। प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन्। सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ। एक मात्र उम्मेदवार भएकाे अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ। मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ। कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन…

Read More

नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ५२ पैसा र बिक्री दर १३१ रूपैयाँ १२ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ १७ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ४० पैसा र बिक्री दर १६० रूपैयाँ १३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७९ पैसा र बिक्री दर ३५ रूपैयाँ…

Read More