Author: Dipak Dhamala

काठमाण्डाै – सातौँ संस्करणको एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधिका लागि न्यू डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब खेल्ने भएका छन् । त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न सेमिफाइनल खेलमा नेपाल पुलिसले अर्को विभागीय टोली एपीएफ क्लबको चुनाैती पार गर्दै फाइनलमा स्थान बनाउँदा न्यू डायमण्डले त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिससँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनबाट फाइनलमा स्थान बनाउने क्रममा पुलिसले एपीएफलाई ३–२ को सेटमा स्तब्ध बनाएको हो । निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक बनेको खेलमा पुलिसले पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिका दुई सेटमा एपीएफले २५–१७, २५–२१ ले आफ्नो पार्यो ।चौथो सेट पुलिसले २५–२१ ले जित्दा…

Read More

सुर्खेत – कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता गर्ने समय सीमा तोकिएको छ । प्रदेश सभा सचिवालयका अनुसार शनिबार बिहान १०–११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ भने ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।  यस्तै अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको छ । साथै आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय तोकिएको छ भने १०ः३० बजे अन्तिम नामावली प्रकाशन र ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।  एमालेबाट सभामुखको…

Read More

काठमाण्डाै – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आज दुई वटा खेल हुनेछन् । सुनसरीको इटहरीमा आज हुने पहिलो खेलमा विभागीय टोली एपीएफ र गण्डकी प्रदेश तथा आजको दोस्रो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । एपीएफ र गण्डकीको खेल अहिले ९ बजेदेखि सुरु भएकाे छ भने कर्णाली र लुम्बिनीको खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । हिजोदेखि सुरु भएको प्रतियोगितामा प्रदेश १ र सुदूरपश्चिमले विजयी सुरुवात गरेका छन् । प्रदेश १ ले मधेस प्रदेश तथा सुदूरपश्चिमले बाग्मतीलाई हराएर २ अंक जोडेका छन् । प्रतियोगितामा सात वटा प्रदेश तथा एक विभागीय गरी ८ टोली सहभागी छन् । सहभागी ८…

Read More

सुर्खेत – सुर्खेतको पन्चपुरीमा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पञ्चपुरी नगरपालिका वडा नम्बर २ का २२ वर्षीय गगन थापालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।    प्रहरी चौकी सालकोटले भरुवा बन्दुक एक थान र बन्दुकको एक नाल बोकी सिस्ने काँडा जंगलमा हिडिरहेको अवस्थामा थापालाई पक्राउ गरेको जनाएको छ। भरुवा बन्दुक बोकेका थापा चोरी सिकार गर्न हिंडेको अनुमान गरिएको छ।बन्दुकसहित थापालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

Read More

काठमाण्डाै – पश्चिम तराईका थारू समुदायमा यतिबेला माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी भोलि मनाइने भएकाले केही दिनअघिदेखि नै थारू बस्तीमा चहलपहल बढेको छ । कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । यस पर्वलाई थारू समुदायले बरका तेउहार अर्थात ठूलो पर्वका रुपमा मनाउँछन् । माघीका अवसरमा थारू संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जयमान हुने गरेको छ । गाउँ थारू बस्तीमा युवायवती माघीमा मघौटा, सखिया र हुरदङ्गा नाच नाच्ने गर्छन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन आजथारू समुदायमा जिता मार्ने अर्थात् सामूहिक रुपमा सुँगुर, बङ्गुर मारेर…

Read More

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एन्फाको हिजो बसेको बैठकले मैत्रीपूर्ण खेलका लागि अखिल भारतीय फुटबल महासङ्घको प्रस्ताव स्वीकार गर्ने निर्णय समेत गरेको छ । मैत्रीपूर्ण खेल आउँदो फेब्रुअरी १३ देखि २५ तारिखभित्र भारतमा हुनेछ । एन्फाको आकस्मिक कार्यसमितिको बैठकले विभिन्न आठ वटा निर्णय समेत गरेको छ । बैठकले महान फुटबल खेलाडी पेलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । त्यस्तै शहीद स्मारक ‘ए’ डिभिजन लिग आउँदो फागुन १९ र शहीद स्मारक ‘बी’ डिभिजन लिग चैत १५ गतेदेखि सुरु गर्ने निर्णय पनि गरेको छ ।

Read More

धनगढी- सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाको बैठक र सभामुख चयनको प्रक्रिया अनिश्चित बनेको छ। हिजो (शुक्रवार) बिहान ११ बजेका लागि प्रदेश सभा बैठक बोलाइएकोमा बस्न नसकेपछि बैठक र सभामुख चयनको प्रक्रिया अनिश्चित बनेको हो। हिजो अनिश्चित समयकालको लागि स्थगित गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाउनेबारे छलफल गर्न आज (शनिवार) बिहान ११ बजे फेरि सर्वदलीय बैठक बोलाईएको छ। सो बैठकले प्रदेश सभा बैठक संचालन र सभामुख चयनका लागि मतदान गर्ने सवालमा निर्णय लिने बताइएको छ। अस्ति (बिहीवार) साँझ भएको मतदानमा सभामुखमा कसैको पनि बहुमत पुग्न नसकेपछि हिजो बिहान ११ बजेको लागि बैठक बोलाइएको थियो। तर, हिजोको सर्वदलीय बैठकमा कांग्रेसले निर्वाचन प्रक्रिया सुरुबाट…

Read More

काठमाडौं – नेपाली सेनाको जनशक्ति व्यवस्थापन, सङ्गठनात्मक गतिविधिको सञ्चालन, संस्कृति तथा परम्पराको संरक्षण एवं सैनिक अनुशासनसम्बन्धी जिम्मेवारी रहेको विभागको कार्यरथी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा कार्यरथी विभागअन्तर्गतका निकायबाट आफ्ना जिम्मेवारीको वर्तमान वस्तुस्थिति, सम्पादित कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गरियो । सम्मेलन पूर्वकार्यरथीको अनुभव र सुझावले सेनालाई जिम्मेवारी निर्वाह गर्न तथा भावी नीति र योजना निर्माणमा ठोस योगदान प्राप्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सम्मेलनमा प्रधान सेनापति प्रभुराम शर्माले व्यक्तिगत स्वार्थका लागि सङ्गठनात्मक मर्यादा, अनुशासन, चेन अफ कमाण्ड र नैतिक आचरण पालना नगर्ने प्रवृत्ति नेपाली सेनालाई स्वीकार्य नहुने बताए। बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सीताराम…

Read More

माघे सङ्क्रान्ति नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ ।मध्यपुरथिमिमा ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गर्नुभएको चाकु बनाउने पेसा नाती पुस्तासम्म पनि प्रख्यात छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उत्तमराज श्रेष्ठको परिवार एकमहिना अघिदेखि चाकु बनाउन व्यस्त छ । थिमिमा चाकु उत्पादन गर्ने पुरानो एकमात्र गणेश चाकु वासको नामबाट प्रख्यात श्रेष्ठले माघे सङ्क्रान्तिका लागि मात्रै नभई वर्ष दिनभरि नै चाकु बनाउछन् । यहाँको चाकु र पुष्टकारी स्वदेशमा मात्रै नभई विदेशमा पनि प्रख्यात रहेको बताउछन् व्यवसायी श्रेष्ठ । माघे सङ्क्रान्तिले भीड बढेको र जाडो बढेकाले चाकुको माग धान्न धौ धौ परेको उनको…

Read More

काठमाण्डाै – धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजारमा हिजो बेलुका आगलागी भएको छ । सन्तोष राईको घरबाट सुरु भएको आगोले बजारका दुई घरमा पूर्ण तथा ४ घरमा आंशिक गरी ६ वटा घरमा क्षति पुगेको छ । बेलुका ७ बजे आगो लागेको थियो । आगलागीबाट बजारको काउली चोक नजिकका घरहरुमा क्षति भएको छ । आगोले सन्तोष राई र झमक थापाको घर पूर्ण तथा डम्बरबहादुर थापा, अर्जुन घिमिरे, लिलाबहादुर थापा र डिगबहादुर खड्काको घरमा आंशिक क्षति पुगेको सुन्दरमान डङ्गोलले जानकारी दिनुभएको छ । आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले तथा छिमेकी तेह्रथुमको लालिगुराँस नगरपालिका वसन्तपुरबाट आएको दमकलको सहयोगमा…

Read More