Author: Dipak Dhamala

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज निर्णायक वार्ता गर्ने भएका छन् । राष्ट्रपतिको विषयमा दलहरुबीच सहमति नजुटेको सन्दर्भमा प्रचण्डले शुक्रबार ओलीसँग निर्णायक वार्ता गर्न लागेका हुन् ।  बिहीबार साँझ सिंहदरबारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीचको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिको विषयमा सबैसँग छलफल चलिरहेको भन्दै सहमति भने नजुटेको बताए ।  ‘छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन । यस विषयमा शुक्रबार ओलीजीसँग फाइनल वार्ता गर्छु’, उनले भने । नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे केही टुङ्गो नभएको पनि उनले बताए…

Read More

काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लब भिड्ने छन् ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे शुरु हुनेछ । उद्घाटन अघि सांस्कृतिक कार्यक्रम हुनेछ ।  प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिष्पर्धा गर्नेछन् ।

Read More

काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।  निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।  अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।  

Read More

काठमाडौँ – नेकपा (एमाले) का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा भएको बताएको छन् । बिहीबार सामाजिक सञ्जालमार्फत रावलले पदका लागि भएको जति छलफल देश र जनताका लागि गरेको भए जनतालाई राहत हुने बताएका छन् । ‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि ?’ रावलले भनेको छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्न थाले । लज्जास्पद र निन्दनीय ।’

Read More

स्विजरल्याड । बिरामी सुरक्षा सम्बन्धी पाँचौँ मन्त्री स्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विजरल्यान्ड पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आफ्नो कार्यकक्षमा भेट गरेका छन् । भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको लागि धन्यवाद दिए । कांग्रेस सभापति देउवाले बुधबारै लोसपा, जसपा र समाजवादीका नेताहरूसँग भेट गरेका थिए । विशेष गरी खोप कार्यक्रम पोलियो लयागत खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृ शिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि धन्यवाद दिएका हुन् । भेटमा २०७२ सालको भूकम्प हैजा प्रकोप…

Read More

काठमाडौँ । आजदेखि हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन अभियान सुरु हुने भएको  छ । आज अर्थात ११ फागुन देखी २५ फागुनसम्म १५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको हो । कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका १५ जिल्लामा औषधी सेवन अभियान सुरु हुन लागेको हो । जसअनुसार प्रदेश १ को झापा, मोरङ, मधेस प्रदेशका धनुषा तथा महोत्तरी, रौतहट, सर्लाही, बारामा सो औषधी सेवा अभियान सुरु हुनेछ । यसैगरी, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको लमजुङ, पर्वत, बागलुङ र लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके, दाङ र…

Read More

काठमाडौँ । राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बिहान ११ बजेबाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूताउने समझदारी भएपछि  उत्साहित कांग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ ।  नाम भने बैठकबाट सार्वजनिक नगरिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन् । 

Read More

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब आरबी लाइप्जिगले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटी घरेलु टोली लाइप्जिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सिटीका रियाद महारेजले खेलको २७औँ मिनेटमा गोल गरे । त्यस्तै घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले खेलको ७०औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । यो बराबरीले दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना कायमै छ। अर्को खेलमा इन्टरले १० खेलाडीमा समेटिएको पोर्टोलाई १–० गोलले हराएको छ । इन्टरका रोमेलु लुकाकुले खेलको ८६औँ मिनेटमा गरेको गोल नै…

Read More

काठमाडौं – नेकपा एमालेका नेता पूर्व उप प्रधानमन्त्री तथा रक्षा मन्त्री भीम रावलले पदमा हुँदा पनि र नहुँदा पनि राष्ट्र र जनताको हितका लागी तत्पर रहने बताएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । आफ्ना लागी राष्ट्र,राष्ट्रियता र जनताको हित नै सर्वोपरि हुने रावलको भनाई छ । राष्ट्र र जनताका लागी भएको राजनीतिक परिवर्तन सरकारको खिचातानीका कारण ओझेलमा पर्दै गएको भन्दै रावलले चिन्ता व्यक्त गरेका छन् । नेतृत्वमा रहेकाहरू पद र सरकार प्राप्तिका लागी तल्लीन बन्दै जानु देश र जनताका लागी दुःखद बनेको उनले बताएका छन् । जनताको आधारभूत आवश्यकताको परिपूर्ति,देश…

Read More

काठमाडौँ । शिक्षक सेवा आयोगले  प्राथमिक  तह,  तृतीय  श्रेणी  शिक्षक  पदको अन्तरवार्तामा सहभागीहरूको नतिजा सार्वजनिक गरेको छ ।  आयोगले आज एक सूचना प्रकाशित गरी शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अनुभव र अन्तर्वार्ता समेतको प्राप्ताङ्कका आधारमा रुकुम पूर्व, रुपन्देही र सुर्खेत जिल्लाको योग्यता क्रम सहितको नतिजा प्रकाशन गरिएको जानकारी दिएको हो । विस्तृत जानकारी र नतिजा आयोगको आधिकारी पेज www.tsc.gov.np मा राखिने सूचनामा उल्लेख छ ।

Read More