Author: Dipak Dhamala

धनगढी: धनगढी उपमहानगरपालिकाले बोटबिरुवा चोरिन थालेको जनाएको छ। धनगढी–अत्तरिया ६ लेनस्थित सडक क्षेत्रमा रोपिएका बोटबिरुवा चोरी हुन थालेको जनाइएको हो। चटकपुरबाट ८ वटा र राजपुरबाट ४ वटा गरी अहिले सम्म १२ ओटा फूलसहित अन्य बोटबिरुवा चोरी भएको बताइएको छ। बोटबिरुवा चोरी गर्ने व्यक्तिलाई कारबाही गरिने पनि नगरपालिकाको दाबी छ।

Read More

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको घरेलु मैदानमा जारी त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिलो बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौड्यलले टस जितेर स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएका हुन् । नेपाल आजको खेलमा जित निकाल्दै घरेलु मैदानमा भएका यस सिरिजका सबै खेलहरू जित्ने योजनमा छ ।  यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । नेपालले नामिबियाविरुद्धको दुबै खेलहरू जितेको थियो । मंगलबार स्कटल्यान्डलाई हराउन सकेमा नेपालले आफ्नो एकदिवसीय क्रिकेटको इतिहासमा पहिलो पटक लगातार चार खेल जित्नेछ । लिग २ मा नेपाल २७ खेलमा २४ अङ्कका साथ छैटौँ स्थानमा छ…

Read More

काठमाण्डाै – जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन आउँदो चैत्र २७, २८ र २९ गते काठमाण्डौमा हुनेभएको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको आइतवार र सोमवार गरी दुई दिन बसेको बैठकले पार्टीको विधान अधिवेशन चैत्र अन्तिम हप्ता काठमाण्डौमा गर्ने निर्णय गरेको हो । बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा विधान अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको पार्टीको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा विजय यादव, सुशीला श्रेष्ठ, लालबहादुर तामाङ, अर्जुन थापा, विद्युत बज्राचार्य र न्हुच्छेलाल महर्जन रहनुभएको छ । मूल व्यवस्थापन समितिले आवश्यकता अनुसार उपसमिति बनाउन सक्नेछ । बैठकले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव (बारा) र…

Read More

काठमाडौँ ।  नेपाल सरकार  प्रधानमन्त्री एवं गृहमन्त्री स्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना मध्ये ३ जना वरिष्ठ अधिकृतलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । दर्ज्यानी चिन्हबाट सुशोभित हुने वरिष्ठ अधिकृतहरूमा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू अन्जनी कुमार पोख्रेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका छन् । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सङ्गठनमा आबद्ध भएपछि पदोन्नति महत्त्वपूर्ण रहने उल्लेख गर्दै बढुवासँगै बढेको पदीय जिम्मेवारीलाई अझ बढी उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिए । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आर्थिक अनियमितता लगायत नेतृत्व…

Read More

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जातजातिको धर्म, संस्कार र संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान भएको बताएका छन् ।  शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको नयाँ वर्ष (ग्याल्पो ल्होसार)का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्दै उनले सो कुरा व्यक्त गरेका हुन् ।  “संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरेको छ”, यस पर्वले नेपालीका सबै चाडपर्व, भाषा, वेशभूषा, धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्वर्द्धन गर्न हामी सबैलाई थप हौसला…

Read More

काठमाडौं । आगामी राष्ट्रपतिको विषयलाई लिएर सत्ता गठबन्धन भत्कने अवस्थामा पुगेको छ । सत्ता साझेदारको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी गर्दै आएको राष्ट्रपतिमा सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र) ले सहयोग नगर्ने भएपछि गठबन्धन फुट्ने संकेत देखिएको हो । सत्ता गठबन्धनमा राष्ट्रपतिका विषयमा कुनै सहमति नभएको माओवादीका नेताहरूले बताइरहँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले भने राजनीतिक सहमतिअनुसार राज्यका शक्ति बाँडफाँट गरिएकाले त्यसलाई कार्यान्वयन गर्नुपर्ने अडान राख्दै आएको छ । एक हप्तादेखि साझा सहमतिको राष्ट्रपतिको एजेन्डा उठाएका प्रधानमन्त्री प्रचण्डले पछिल्लोपटक सोमबार पनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिनुभयो । यसलाई सत्ता साझेदार दल एमालेलाई राष्ट्रपति नदिने रणनीतिको रूपमा…

Read More

टर्कीएमा ६ दशमलव ४ रेक्टरस्केलको अर्को भूकम्प गएको छ । टर्कीएको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार गएराति आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो । नयाँ भूकम्पमा परि तीन जनाको ज्यान गएको छ । यो भूकम्पले अन्टाक्यामा क्षति पुर्याएको छ । टर्कीए र सिरियामा गरी ६ सय ८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरु भग्नावशेषमा फसेका छन् । उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको छ । नयाँ भूकम्पपछि पनि केही परकम्प गएको बीबीसीले जनाएको छ । यसअघि गएको माघ २३ गते अर्थात् फेब्रुअरी ६ तारिखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले टर्कीए र सिरियामा गरी ४५ हजारभन्दा…

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।  आइसिसी विश्वकप लिग टू क्रिकेट अन्र्तगत त्रिवि मैदानमा त्रिकोणात्मक एक दिवसीय खेलमा लगातार तीन जित निकालेको नेपाली टोलीलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् । प्रचण्डले एक ट्वीट गर्दै नेपाली टोलीलाई बधाई दिनुका साथै सरकारका तर्फबाट प्रोत्साहन स्वरुप पुरुस्कार दिने समेत जनाउनुभएको छ । उनले भनेका छन्,काठमाडौंमा जारी आइसिसी पुरुष क्रिकेट लिग टु अन्र्तगत  त्रिकोणात्मक श्रृङखलाबाट उत्कृष्ट प्रदर्शनबाट लगातार तेस्रो जित निकाल्न सफल भएकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै उत्कृष्ट खेलाडीहरुलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृत गरिने विश्वास दिलाउन चाहन्छु,। नेपालले त्रिवि मैदानमा खेल्ने चार खेलमध्ये ३ खेलमा…

Read More

वामपन्थी अगुवा एवं पूर्व स्वास्थ्यमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।   ८८ वर्षीय श्रेष्ठलाई दश दिनअघि अस्पताल भर्ना गरिएको थियो । नेपाली चिकित्सा क्षेत्रमा डा. श्रेष्ठले ठूलो योगदान गरेका छन् । उनी कम्युनिटी मेडिसिनका प्राध्यापक हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमको स्थापनामा पनि उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । २०४६ सालको जन आन्दोलनपछि स्वर्गीय कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा गठन भएको अन्तरिम सरकारको मन्त्रिमण्डलमा प्रा.डा. श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका थिए । नेपालको राजनीतिक परिवर्तनका क्रममा चिकित्सकहरूलाई आन्दोलनमा ल्याउन पनि उनको नेतृत्वदायी भूमिका रहेको छ । श्रेष्ठको निधनमा एमाले…

Read More

काठमाण्डाै – सरकारले ६ वटा प्रदेशका १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ । आउँदो ११ गतेदेखि २५ गतेसम्म औषधि खुवाउने अभियान सुरु हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ । यसअघिका अभियानमा धेरैले औषधि नखाइदिने समस्या देखिएकाले यसपालि स्वास्थ्यकर्मी अगाडि औषधि खान भनिएको महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले बताउनुभयो । धेरैले औषधि नै नखाइदिएकाले रोग निवारणमा समस्या भइरहेको उहाँको भनाइ छ । हात्तीपाइले र शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउनेसरुवा रोग हो ।…

Read More