Author: Dipak Dhamala

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।  यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफलभएका थिए ।  पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका…

Read More

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले शर्तसहित विश्वासको मत दिने निर्णय गरेको जानकारी दिएका हुन् । ‘एकीकृत समाजवादीले यो सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘हाम्रो एजेन्डाहरु राखिनेछन् । ती एजेन्डाहरु पूरा नगरेमा कुनै पनि बेला पर्खने सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने हाम्रो निर्णय छ ।’ ती शर्तहरूमा राष्ट्रियता, सुशासन, देशको बिग्रँदै गएको अर्थतन्त्र लगायतको सुधारका विषयहरू हुने र पार्टी अध्यक्ष तथा दलका नेताले यसबारे संसद्मा विचार राख्ने खतिवडाले जानकारी दिए । प्रवक्ता खतिवडाले दलका नेता एवं पार्टी…

Read More

काठमाडौं – लुम्बिनी प्रदेशमा मंगलबार नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछ ।नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले मंगलबार सरकारको नेतृत्वमा दाबी पेश गर्ने र प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा गिरी मुख्यमन्त्री बन्नु हुनेछ । सत्ताधारी गठबन्धनको भागबण्डामा लुम्बिनी प्रदेश एमालेको भागमा परेको छ । ८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४४ जनाको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, माओवादीका १०, राप्रपा ४, जसपा ३ र जनमतका ३ सांसद रहेका छन् । उनीहरु सबैको समर्थन पाउँदा गिरीको पक्षमा ४९ जनाको बहुमत पुग्नेछ…

Read More

इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मङ्गलबार ७.७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ । भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको पनि सो निकायले जनाएको छ । भूकम्पले पुर्याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

Read More

काठमाडौं – काठमाडौंमा जारी नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर खेलमा मंगलबार जनकपुर रोयल्स र विराटनगर सुपर किङ्स भिड्नेछन् । खेल किर्तिपुरस्थित टियु मैदानमा मध्यान्ह १२ः३० बाट सुरु हुनेछ । आजको दोस्रो क्वालिफायर खेलको विजेताले फाइनलमा स्थान बनाउने छ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ ।विजेताले फाइनलमा लुम्बिनी अल स्टार्ससँग उपाधिको लागि खेल्नेछ । पहिलो क्वालिफायरमा लुम्बिनीसँग ६ रनले पराजित भएको जनकपुरका लागि फाइनल प्रवेशका लागि यो दोस्रो मौका हो । यता, विराटनगरले काठमाडौं नाइट्सलाई ९९ रनले हराउँदै जनकपुरसँगको भेट पक्का गरेको हो । यी दुईबीच यसअघि लिग चरणमा भेट हुँदा दुवै खेलमा जनकपुर विजयी भएको थियो ।…

Read More

एजेन्सी – ब्राजिलमा पूर्वराष्ट्रपति जायर बोल्सोनारोको समर्थनमा दंगामा उत्रिएका प्रदर्शनकारी मध्ये १५ सय जना पक्राउ परेका छन् । राजधानी ब्रासिलियामा गत आइतबार प्रदर्शनमा उत्रिएका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरुले संसद भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालत जस्ता संवेदनशील निकायमा प्रवेश गरेर तोड्फोड गरेका हुन् । पक्राउ परेकाहरुलाई कानून अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ । यसैबीच राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कंग्रेस भवनमा छिरेर हुलदंगा गर्ने जो कोहीलाई कडा सजाय गर्ने बताउनु भएको छ । राष्ट्रपति लुलाले आक्रमणबाट भएको क्षतिको अवलोकन गर्नुभएको थियो । यसैबीच सर्वोच्च अदालतले राजधानी शहरका गभर्नर इवानेसिस रोचालाई ९० दिनका लागि निलम्बन गरेको छ । अदालतले दंगा…

Read More

काठमाडौँ – नेपाल समाजवादी पार्टीले नेता गंगानारायण श्रेष्ठको संयोजकत्वमा संवाद समिति गठन गरेको छ । नेसपाको दुई दिनसम्म चलेको राजनीतिक संवाद समितिको बैठकले पार्टी एकता गर्न श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।  ‘हामीले अध्यक्ष बाबुराम भट्टराईको प्रतिवेदन पारित गरेका छौँ। माओवादी केन्द्रसहित अन्य कम्युनिस्ट घटकसँग एकता गर्न संवाद समिति गठन गरेका छौं’ नेता गंगानाराय श्रेष्ठले भने,’अरू पाँच सदस्य बनाउने तयारी भए पनि फाइनल भएको छैन । अरू को को  सदस्य थप्ने भन्ने विषय छिट्टै टुङ्गो लग्छ ।’  नेता महेन्द्र राय यादव अस्वस्थ भएकाले समितिका अन्य सदस्यको टुङ्गो नलागेको श्रेष्ठले बताए । यता माओवादीले समेत नेसपासहित अरू कम्युनिस्ट घटकसँग एकता…

Read More

पोखरा – नयाँ सरकार गठन भएसँगै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस मात्रै प्रतिपक्षमा रहने भएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सिटको कांग्रेस प्रतिपक्षमा पुग्यो ।  यसअघि एकीकृत समाजवादी छिरेको दाबी गरेका दीपक मनाङेले पनि सरकारलाई समर्थन गरेपछि सत्ताको पक्षमा ३३ सिट पुगेको छ । सुरुमा कांग्रेस नेतृत्वमा सरकार बन्ने लगभग निश्चित थियो । तर राजनीतिक समीकरण फेरिएपछि पहिलो पार्टी कांग्रेस एकाएक सत्ता विमुख भयो । मङ्सिर ४ को निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन बनाएर चुनाव लडेको माओवादीले कांग्रेसको साथ छोडेर एमालेसँग मिलेपछि केन्द्रसहित सातै प्रदेशमा कांग्रेस सत्ताबाट बाहिरिएको हो ।  योसँगै गण्डकीमा डेढ वर्षअघि माओवादीकै कारण सत्ता च्युत भएको…

Read More

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने-नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो । प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दै छ ।  प्रचण्डले सत्ता गठबन्धनमा नरहे पनि एकीकृत समाजवादी र नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गर्दै आएका छन् । कांग्रेसले पनि यसबारे निर्णय लिन आजै बिहानको लागि पदाधिकारी बैठक बोलाएको छ ।

Read More

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले ब्राजिलका सरकारी भवनहरुमा भएको आक्रमणको निन्दा गर्नुभएको छ । अस्ति ब्राजिलको संसद् भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण भएको थियो । गएको अक्टोबरमा भएको राष्ट्रपति चुनावमा हारेका कट्टर दक्षिणपन्थी नेता जायर बोल्सोनारोका समर्थकहरू संसद् र सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए भने राष्ट्रपति भवनलाई घेरेर आक्रमण गरेका थिए । राष्ट्र सङ्घका महासचिव गुटेरेसले यो कदमलाई लोकतन्त्रमाथिको उपहास भन्दै निन्दा गर्नुभएको छ । महासचिव गुटेरेसले नागरिक र प्रजातान्त्रिक संस्थाको इच्छालाई सम्मान गर्नुपर्नेमा पनि जोड दिनुभएको छ । यसअघि ट्विट गरी अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि ब्राजिलका प्रजातान्त्रिक संस्थाहरूप्रति आफ्नो देशको पूर्ण समर्थन रहेको पनि उल्लेख गर्नुभएको…

Read More