Author: Dipak Dhamala

काठमाण्डौ – नेवार समुदायमा म्हः अर्थात (आत्म) पूजा समेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष मंगलवार र बुधवार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही ठाउँमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । यसैगरी एकथरी नेवार समुदायले हिजो नै म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने आज गर्दैछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्म सन्तुष्ट बनाइ खुसी राख्न सके देवी देवता पनि प्रसन्न भइ आशीर्वाद दिने…

Read More

काठमाडौं- पाण्डेकै सल्लाहअनुसार गृहमन्त्री साना साना व्यवसायीको घरघरमा पुग्ने गरेका छन् । स्थानीय व्यवसायी रामनाथ गुप्ताले अहिलेसम्म गृहमन्त्री आफ्नो घर पसलमा यसरी भोट माग्न नआएको बताए । ‘उहाँ धेरैपटक ठूल्ठूला ओहोदामा पुग्नु भयो, तर अहिले जसरी भोट माग्न आउनु भएको थिएन । तर, अहिले भने आउनु भएको छ,’ उनले भने ।गृहमन्त्री खाण दीपावलीको दिन बैंक रोड, मिलनचोक, गल्लामण्डी, मैत्री पथमा भोट माग्न पुगेका थिए । उनी भोट माग्न जाने बेला सादा पोसाकका प्रहरी पुग्ने गरेका छन् ।यसअघि गृहमन्त्री खाणले आफ्ना निर्वाचन क्षेत्रका सबैलाई दसैं तिहारको शुभकामना कार्ड पठाएका थिए । उनले सबैको नामसमेत उल्लेख गरी कार्ड पठाएका थिए । 

Read More

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।  आज दिउँसो  प्रदेश नं १ ,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा  मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १, बागमती  र गण्डकी प्रदेशका थोरै  स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ। यी तीन प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ ।  भोलि भाइटीकाको दिन प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा शुक्रबार पनि…

Read More

काठमाडौं- नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्‌लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत‌्काे शुरुआत गराएका थिए । नेपाल संवत्‌ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत‌्काे मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि…

Read More

काठमाण्डौ – तिहार अन्तर्गत आज गोवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गर्ने गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका…

Read More

तिहारमा घर झिलिमिली पारिएका छन् । कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन् । तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ । तिहारका लागि किनमेलसँगै भाइटिकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन् । दीपावलीको चौथो दिन लागिसक्दा पनि अधिकांश किसान धान भित्र्याउनमा व्यस्त छन् । तयार भएको धान मौसम प्रतिकूलताका कारण काट्न नपाएका किसान यतिखेर मौसमले साथ दिएकाले धानखेतमै व्यस्त छन् । “दसैँमै धान बाली तयार थियो, मौसमको सूचनाले काट्न पाइएन, त्यसपछि मौसम सफा भएपछि काट्न थाल्यौँ, अहिले पनि मौसमको के भर त्यसैले हामी धान…

Read More

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्यामले बर्नमाउथलाई हराएको छ । घरेलु मैदान लण्डनमा राति भएको खेलमा वेस्टह्यामले बर्नमाउथलाई २–० गोलले हरायो । वेस्टह्यामले खेलको पहिलो र दोस्रो हाफमा एक/एक गोल गर्यो । खेलको ४५ औँ मिनेटमा कर्ट जुमाको गोलबाट अग्रता लिएको वेस्टह्यामका लागि खेलको अतिरिक्त समय ९२ औँ मिनेटमा सेड बेनरह्माले पेनाल्टीमा गोल गरे । जितसँगै वेस्टह्यामको १२ खेलमा १४ अंक भएको छ । वेस्टह्याम अंकतालिकाको १० औँ स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ समान खेलमा १३ अंकका साथ १४ औँ स्थानमा रहेको छ । प्रिमियर लिगमा आर्सनल ११ खेलमा २८ अंकका साथ शीर्ष स्थानमा कायमै छ ।

Read More

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको शुभकामना दिँदै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका कामना व्यक्त गर्नुभएको छ । तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने उहाँको भनाइ छ । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दीयौँ पहिलेदेखि चल्दै आएको तिहार हाम्रो विशिष्ट मौलिक पर्व भएको बताउनु भएको छ । उहाँले यो मौलिक सांस्कृतिक पर्वले प्रकृति, मानव, जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई समेत प्रगाढ बनाउन मद्दत पुर्याउँदै आएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले सन्देशमार्फत तिहार र नेपाल संवत् ११४३…

Read More

कालीकाेट – कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालन भएको छ । बर्खा तथा असोज १९ गतेदेखि लगातार परेको पानीले बन्द भएको सुर्खेत–जुम्ला सडक खण्ड पूर्णरुपमा खुलेको हो । सडक खुलाउन सडक डिभिजन कार्यालय जुम्ला, नेपाली सेना, निर्माण व्यवसायी र जिल्ला प्रशासन कार्यालयले निरन्तर पहल गरेका सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो । हिजो बेलुका ९ बजेदेखि कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक खण्ड सञ्चालनमा आएसँगै अब अवरोध नरहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो । राजमार्ग सञ्चालनमा आएपछि सडकमा झण्डै १५ दिनदेखि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । कर्णाली राजमार्गको नाग्म–गमगडी सडकखण्ड यसअघि शनिवारदेखि नै खुलेको थियो ।

Read More

काठमाण्डाै – काठमाण्डौको लोलाङ हाइटमा लागेको आगोबाट जुत्ता कारखाना, रेस्टुरेन्ट र वर्कसपमा क्षति पुगेको छ । काठमाण्डौको तारकेश्वर नगरपालिका वडा नम्बर–४ लोलाङ हाइटमा हिजो बेलुका भएको आगलागीबाट जुत्ता कारखानासहित जुत्ताको सोरुम, एउटा रेस्टुरेन्ट र मोटरसाइकल वर्कशपमा क्षति भएको हो । हिजो बेलुका लक्ष्मी पूजा गरेको केही बेरमै जुत्ता कारखानामा आगलागी भएको बालाजु प्रहरी वृत्तले जनाएको छ । स्थानीय बासिन्दा, प्रहरी र दुई वटा दमकलको सहयोगमा आगो हिजो नै निभाइएको थियो । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भैरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

Read More