Author: Dipak Dhamala

काठमाडौं – बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।…

Read More

काठमाडौं – माओवादी केन्द्रबाट रेखा शर्मा र सुदन किराँती मन्त्री बन्ने पक्का भएको छ । तेस्रो मन्त्रीको नाम भने टुंगिन बाँकी रहेका नेताहरुले बताएका छन् । माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । अब तीन मन्त्री पठाउनुपर्छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पार्टी पदाधिकारीहरुसँग छलफल गरेका थिए । एक नेताका अनुसार दाङ २ बाट निर्वाचित रेखा शर्मा सूचना तथा सञ्चारमन्त्री बन्ने भएकी छन् । भोजपुरबाट निर्वाचित…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज  मन्त्रिपरिषद् विस्तार गर्दै छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुङ्गो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।  दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीमा प्रचण्ड र उपप्रधान एवं  भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठले पहिलो चरणमै शपथ लिइसकेका छन् ।  थप तीन मन्त्रीमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीले अवसर पाउने भएका छन् । शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको…

Read More

केन्टकीले साइबर सुरक्षा चिन्तालाई उद्धृत गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाउन अमेरिकाका २० भन्दा बढी राज्यहरू सहमत भएका छन् ।     राज्यका कर्मचारीहरूलाई ‘कानुन प्रवर्तन उद्देश्यको लागि बाहेक’ चिनियाँ–स्वामित्वको एप सरकारी डिभाइसमा प्रयोग गर्न  रोक्नको लागि आफ्नो कर्मचारी पुस्तिका अद्यावधिक गरेका छन् । बिहीबार विस्कन्सिन र उत्तरी क्यारोलिनाका गभर्नरहरूले सरकारी उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए । ओहायो, न्यू जर्सी र अर्कान्सासले पनि यस हप्ताको सुरुमा प्रतिबन्धमा हस्ताक्षर गरेका थिए । केही राज्यहरू टिकटकलाई लक्षित भन्दा अगाडि बढेका छन्। उदाहरणका लागि न्यु जर्सी र विस्कान्सिनले चिनियाँ कम्पनीहरूका विक्रेताहरू, उत्पादनहरू र सेवाहरूमा प्रतिबन्ध लगाएका छन् ।

Read More

काठमाडौँ – मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता मङ्गलबारदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता सुरु हुने जनाएको थियो । तर सोमबार राष्ट्रिय शोक बिदा परेकाले आजबाट दर्ता सुरु हुने आयोगले जनाएको छ ।  निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मङ्गलबारदेखि ७७ वटै जिल्लामा अनलाइन दर्ता सुरु हुने बताए । प्रारम्भिक दर्तासँगै नामावली स्थानान्तरण, मतदाता नामावली अद्यावधिक गर्ने कार्यसमेत सँगै सुरु हुने सहायक प्रवक्ता भुसालले बताए । यसअघि बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआईआर)मार्फत नामावली दर्ता हुँदै आएकोमा प्रणालीलाई स्तरोन्नति गरेर मोबाइलबाटै आफ्नो विवरण राख्न मिल्नेगरी प्रारम्भिक दर्ता सुरु हुन लागेको हो । प्रारम्भिक दर्ता…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दै छ ।  विश्वासको मत दिएका दलहरूसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।  सत्ता गठबन्धनमा सभामुख र उपसभामुखको उम्मेदवारसँगै मन्त्रालय भागबन्डामा सहमति जुटाइएको छ ।  प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन् । नवनियुक्त मन्त्रीलाई आजै शपथ खुवाउने शितलनिवासको तयारी छ ।

Read More

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिने भएका छन् । गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलको विश्वासको मत लिने सम्बन्धी प्रस्तावबारे छलफलका लागि आज मंगलबार दिउँसो १२ः३० बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठकमा मुख्यमन्त्रीले जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जानकारी गाइसकेको छ ।  जम्कट्टेल गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । २५ गते नियुक्त भएका मुख्यमन्त्री जम्मकट्टेलले २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तीन मन्त्री पाउने तय भएको छ । सत्ता साझेदार दलमा सोमबार भएको सहमतिअनुसार राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा र सहरी विकासका साथै महिला बालबालिका वा खेलकुद मन्त्रालय मध्ये एक मन्त्रालय पाउने तय भएको हो ।  जसमा उपप्रधानसहित ऊर्जा मन्त्री पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन हुने निश्चित भएको छ । यस्तै नेता ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्ने मोटामोटी सहमति भएको छ । तर, अर्को मन्त्री छान्न भने सो पार्टीलाई सकस पर्ने देखिएको छ । मन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबीच हानथाप देखिएको हो । उसो त जुम्लाबाट निर्वाचित ज्ञानेन्द्र बहादुर शाहीले पनि मन्त्री बन्ने…

Read More

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै त्यही विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटना भयो । ठुलो मानवीय क्षति हुने गरी भएको यो दुर्घटनाले अहिले मुलुक नै शोकमा छ । यती एयरलाइन्सको ९ एन एएनसी कल साइनको एटिआर ७२( ५०० सिरिजको विमान दुर्घटनामा मुलुकले ५७ जना नागरिक गुमायो भने १५ जना विदेशीको ज्यान गयो । दुर्घटनाले दुई साताअघि (सन् २०२३ जनवरी १) मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति पनि प्रश्नचिह्न उठ्ने खतरा बढेको सरोकारवालाको चिन्ता छ ।  विमानस्थलका भौतिक पूर्वाधार बेलैमा निर्माण सम्पन्न भए पनि सञ्चालनका बेला गरिएको हतारोले नागरिकप्रति गुनासो थियो । वर्षौंअघि गर्नुपर्ने…

Read More

काठमाण्डाै – आइतवार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरुको शव आफन्तलाई बुझाउन थालिएको छ । हिजो बेलुकी पोखरा महानगरपालिका वडा नम्बर १३ का सदाकत अलि मियाँको शव परिवारले बुझेसँगै शव बुझाउने काम सुरु भएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हिजो बेलुकीदेखि शव परीक्षण सुरु गरेर बुझाउन थालेको अस्पताल प्रशासनले जनाएको छ । दुर्घटनामा अहिलेसम्म फेला परेका ७० जनाको शवमध्ये २४ जनाको शवको पोखरामै परीक्षण गरी आफन्तलाई बुझाउने तयारी छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षणका लागि काठमाण्डाैदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ । विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव काठमाण्डाैको शिक्षण अस्पतालमा परीक्षण हुनेछ । ती…

Read More