Author: Dipak Dhamala

काठमाण्डाै – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरुमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाई छ । मिजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगञ्ज…

Read More

काठमाडौं – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।  भेटमा गण्डकी प्रदेशमा सरकार विस्तार, दलीय भागबन्डा र विश्वासको मत लिने तयारीका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।  अधिकारीले ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्ति भएका थिए ।

Read More

काठमाडौं – लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ । सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टी तानातानको अवस्थामा छ । नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सत्ता गठबन्धनलाई सरकार गठन गर्न कठिन भइरहेको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ । ५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ । यहाँ सबैभन्दा ठूलो नेपाली कांग्रेससँग १९ सिट, माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् । यता लुम्बिनी…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जादै छन् । गोरखा निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड आजबाट सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा जान लागेका हुन्। खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदै छ । यसैबीच प्रधान सेनापति प्रभुराम शर्मा पनि बुधबार गोरखा जादै छन् । गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उनी गोरखा जान लागेका हुन्।

Read More

काठमाडौं – प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम लोकसेवा आयोगले स्थायी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा समूहका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।  सुदूरपश्चिम प्रदेश र अन्तर्गत निकाय र कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।  योग्यता पुगेका उमेदवारहरूले माघ १७ गतेसमम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

Read More

चार महीनाअघि नै ५० हजार मेट्रिक टन गहुँ भारतबाट आइसक्नुपर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूको ढिलासुस्ती र कृषि मन्त्रालयको गलत तथ्यांकका कारण अहिलेसम्म आयात हुन सकेको छैन । यसबाट देशभर सञ्चालनमा रहेका ४० मैदा मिलको उत्पादन बन्द भएको छ । मैदा र आँटासँग जोडिएका अन्य उद्योगको उत्पादनसमेत घटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीले नयाँ मन्त्री नआएसम्म फाइल अघि नबढ्ने बताए । १२ दिनअघि भारत सरकारबाट नेपालका लागि ५० हजार टन गहुँ निर्यातको स्वीकृति आए पनि मन्त्रालयबाट कुन उद्योगलाई कति टन दिने भन्ने चिठी भारतको सम्बद्ध मन्त्रालयमा नपुगेका कारण स्वीकृत कोटाको गहुँसमेत आयात हुन नसकेको…

Read More

इटहरी – इटहरीमा २९ पुसबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस २९ देखि माघ ४ गतेसम्म इटहरीस्थित जनता क्रिकेट पार्कको मैदानमा प्रतियोगिता हुँदैछ ।  आयोजले सुनसरी र क्रिकेटको महत्वलाई झल्कने गरी निर्माण गरिएको प्रतियोगिताको लोगो पनि सार्वजनिक गरेको छ । नेपालमा महिला क्रिकेट प्रतियोगिताहरु कम भइरहेको अवस्थामा यो प्रतियोगिताले नयाँ तथा पुराना खेलाडीलाई क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने प्रतियोगिता संयोजक बिप्लभ घोषले बताए । प्रतियोगितामा साविक विजेता विभागीय टोली एपीएफ क्लबसहित सात प्रदेश टोलीले सहभागिता जनाउने सुनसरी जिल्ला क्रिकेट संघका…

Read More

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छिन् । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले तत्कालिन समयमा पृथ्वीनारायणले लिएको लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरिन् । “स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालन गर्नसमेतका बहुआयामिक क्षेत्रमा हामीले पृथ्वीनारायण शाहका उपदेशलाई सर्वकालिक सन्दर्भसामग्रीका रूपमा लिन सक्दछौं ।”, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ । तत्कालिन समयमा छरिएर रहेका साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको…

Read More

नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १३० रूपैयाँ ५६ पैसा र बिक्री दर १३१ रूपैयाँ १६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ २३ पैसा र बिक्री दर १४० रूपैयाँ ८८ पैसा रहेको छ।   बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९७ पैसा र बिक्री दर १५९ रूपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७५ पैसा र बिक्री दर…

Read More

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु लागेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली र  गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम  तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राती सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना  तथा तराईका केही  भू-भागहरूमा बाक्लो  हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने…

Read More