Author: Dipak Dhamala

काठमाण्डाै – राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप–चुनावमा भाग लिन अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् । दल दर्ताका लागि निर्वाचन आयोगले निवेदन दिन आजसम्मको समयसीमा दिएको छ । अहिलेसम्म नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दिएको आयोगले जनाएको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि आउँदो माघ २५ गते उप–चुनाव हुँदैछ । लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त हुन गएको हो । आयोगले गएको २४ गते सूचना निकालेर संविधानको धारा २७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको थियो । निर्वाचन आयोगमा…

Read More

काठमाडौँ – निर्वाचनलगत्तै नेपाली बजारमा चामलको मूल्य उकालो लाग्न थालेको छ । निर्वाचन अघिसम्म सामान्य अवस्थामा रहेको चामलको मूल्य निर्वाचनताका एकाएक प्रतिकिलो २० रुपैयाँ र प्रतिबोरा ५०० रुपैयाँसम्म बढेर बजारमा आएको हो । उद्योगीहरूले बढाएको मूल्यमा चामल पठाएपछि सोही आधारमा उपभोक्तालाई बेचिरहेको खुद्रा व्यापारी बताउँछन् । निर्वाचनभन्दा अघिसम्म ७० रुपैयाँ प्रतिकिलो रहेको पोखरेली चामलको भाउ हाल ९० रुपैयाँ प्रतिकिलो पुगेको छ । यसअनुसार २० किलोको बोरामा ४०० र २५ किलोको बोरामा ५०० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । यस्तै, निर्वाचनअघि १२० रुपैयाँ प्रतिकिलो रहेको बासमती चामलको मूल्य हाल १० रुपैयाँ बढेर १३० रुपैयाँ प्रतिकिलो पुगेको छ । बासमती चामल पनि २०…

Read More

कर्णाली प्रदेशका विद्यालय तहका पुस्तक व्यवसायी चालु शैक्षिक सत्रकै पाठ्यपुस्तक कर्णालीमा नपुगेको गुनासो लिएर मंगलबार भक्तपुर, सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा आए। उनीहरूले चालु शैक्षिक सत्रकै पुस्तक विद्यालयमा नपुगेको र नजिकिँदै गरेको वार्षिक परीक्षासमेत विद्यार्थीले बिनाकिताब परीक्षा दिनुपर्ने दयनीय अवस्था रहेको केन्द्रका बजारप्रमुख पार्वती न्यौपानेलाई जानकारी गराए।  यति मात्र होइन, उनीहरू केन्द्रसँग कागजको चरम अभाव रहेको थाहा पाएपछि आगामी शैक्षिक सत्रमा पनि किताब अभाव हुने चिन्ता व्यक्त गर्दै फर्किए। पुस्तक व्यवसायी संघ कर्णाली प्रदेश अध्यक्ष कमल नेपालको नेतृत्वमा आएको टोलीले केन्द्रका प्रमुख अनिलकुमार झालाई पनि भेटेर नयाँ शैक्षिक सत्रका लागि समयमै अर्थात् माघको पहिलो साताभित्र कर्णाली प्रदेशका सबै विद्यालयमा पुस्तक…

Read More

काठमाडौं – सत्ता गठबन्धनको बैठक आज बिहीबार बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । तर, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको छैन ।आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबन्डा टुंगो लगाउने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ । प्रचण्डले बुधवार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए । प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए ।

Read More

काठमाडौँ – मंसिर ४ को निर्वाचनपछि सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएका छन् । बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै सबै प्रदेशमा मुख्यमन्त्री चयन भएका हुन् । यसअघि नै प्रदेश नम्बर १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चयन भइसकेका छन् ।  बुधबार मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ६३ सांसदको समथर्नमा उनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।  बारा १ (२) बाट निर्वाचित यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  नेकपा एमालेका २३, जसपाका १६, जनमत १३, माओवादी केन्द्रका ७, राप्रपा १, नागरिक उन्मुक्ति पार्टी…

Read More

काठमाडौं – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आज नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भए। नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार रावल मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। विद्यार्थी छँदादेखि राजनीतिक यात्रा थालेका रावल राजनीतिककर्मीसँगै लेखक, साहित्यकार र इतिहासका अध्येयताका रुपमा समेत परिचित छन्।  कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा बसोबास गर्दै आएका रावलको जन्म बैतडीको दशरथचन्द नगरपालिका–५ मारकण्ड गाउँमा बुबा दानसिंह र आमा कलादेवीको सन्तानका रूपमा २०२१ जेठ १६ गते भएको हो। मुख्यमन्त्री रावलले आधारभूत तहकोे शिक्षा भारत मेघालयको सिलङ, मध्यप्रदेशको जबलपुर र उत्तराखण्डको पिथौरागढबाट हासिल गरे। बुवा दानबहादुर भारतीय सेनामा जागिरे थिए।  बैतडीको शाहीलेकस्थित वीरेन्द्र माध्यमिक विद्यालयबाट कक्षा १० उत्तिर्ण…

Read More

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। पूर्वी तथा मध्य तराईका केहि स्थानमा हुस्सु लागेको अवस्था छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भू-भागमा तथा  गण्डकी  प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम , कर्णाली  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  तथा बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ ।  देशभरको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र तराईमा बाक्लो हुस्सु लाग्ने…

Read More

काठमाडौं – नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो । जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धमा छलफल भएको र वर्तमान आवश्यकतानुसारको पाठ्यक्रम परिमार्जन गरिने प्रहरीले जनाएको छ । पदपूर्ति समितिमा पाठ्यक्रम समयानुसार परिवर्तनका लागि अध्ययन गरी सुझाव दिन बनेको समितिले आफ्नो प्रतिवेदनसमेत बुझाएको समितिका सदस्य प्रहरी नायब महानिरीक्षक दीपक थापाले जानकारी दिए । विज्ञसहितको उक्त समितिले छ महिनाभन्दा बढी लगाएर अध्ययन गरी प्रतिवेदन बनाएको हो । मुख्यगरी प्राविधिक पदमा सेवा, संविधान तथा…

Read More

डोटी – डोटीमा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ४२ जनाले सेवा लिएका छन् । डोटीको सिलगढीमा रहेको भैरबप्रसाद गणको आयोजनामा शिखर नगरपालिका-११ बारपाटामा गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ७८ जना पुरुष, एक सय ४७ जना महिला र १७ जना बालबालिका गरि जम्मा दुई सय ४२ जनाले सेवा लिएका हुन् । शिविरमा उपचारका लागि आएका बिरामीहरुलाई निःशुल्क रुपमा औषधिसमेत वितरण गरिएको भैरवप्रसाद गणका गणपति जनमतबहादुर कार्कीले जानकारी दिनुभयो । बारपाटामा सहजै सडक तथा स्वास्थ्यको पहुँच नभएको र आर्थिक स्थिति कमजोर भएका स्थानीयवासीलाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको कार्कीले बताउनुभयो । शिविरमा रुघा, खोकी, ज्वरो, पेटको अल्सर, हातखुट्टा तथा…

Read More

काठमाण्डाै – नेपाल टि–२० क्रिकेट लिगको उपाधिका लागि आज विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ । विराटनगर हिजो भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै उपाधि नजिकै पुगेको हो । त्यस्तै लुम्बिनी पनि पहिलो क्वालिफायरमा जनकपुरलाई ६ रनले हराउँदै फाइनलमा पुगेको हो । यो लिगको विजेताले ५५ लाख रुपैयाँ पाउनेछ । यस्तै उपविजेताले ३० लाख, तेस्रो हुनेले १० लाख र चौंथो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । पहिलो संस्करणको नेपाल टि–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, काठमाण्डौ नाईट्स, पोखरा एभेन्जर्स र फार वेस्ट…

Read More