Author: Dipak Dhamala

काठमाडौं- आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने विगतको प्रवृत्तिलाई स्थानीय तहका वर्तमान प्रमुख तथा अध्यक्षले पनि निरन्तरता दिएका छन्। महालेखा परीक्षकको कार्यालयको गत वर्षको वार्षिक प्रतिवेदनमा स्थानीय तहका प्रमुख र अध्यक्षले आफूखुसी स्वकीय सचिव तथा सल्लाहकार नियुक्त गरेबापत ठूलो रकम बेरुजु देखाएको थियो। बेरुजु देखाए पनि यो प्रवृत्तिलाई स्थानीय तहका पदाधिकारीले निरन्तरता दिएको पाइएको छ। स्थानीय तहका पदाधिकारीले कानुनविपरीत नियुक्त गरेका स्वकीय सचिव र सल्लाहकारले बुझेको १० करोड २९ लाख रुपियाँ महालेखाले बेरुजु देखाएको छ। स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी ऐनमा पदाधिकारीका लागि स्वकीय सचिव र सल्लाहकार राखी पारिश्रमिक दिने व्यवस्था छैन तर पनि कतिपय स्थानीय तहका प्रमुख र…

Read More

काठमाडौं- कुमारी आमाको रुपमा आफूलाई परिचित गराउने निहारिका राजपुत ‘सोनाली’ले अनशन तोडेकी छन् । आइतबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले अनशन तोडेकी हुन् । राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय शितलनिवास अगाडि आत्मदहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना गरिएकै बेला उनले अनशन सुरु गरेकी थिइन् । काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार अनशन तोड्दा उनको माग बमोजिम आरोपी शिवराज श्रेष्ठसँग डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरमा माग गर्ने सहमति भएको छ । उनको मुद्दा अदालतमा विचाराधीन भएकाले अदालतमा सरकारी…

Read More

काठमाडौं- हिमाचल प्रदेश, झारखण्ड, ओडिशा र उत्तराखण्डलगायत धेरै राज्यहरूमा भारी वर्षापछिको बाढी पहिरोमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । हिमाचल प्रदेशमा शुक्रबारदेखिको भारी वर्षापछिको पहिरो र बाढीका कारण एकै परिवारका आठ सदस्यसहित कम्तीमा २२ जनाको मृत्यु भएको छ । सो राज्यमा र वर्षासँग सम्बन्धित घटनाहरूमा १० जना घाइते भएका छन् भने ६ जना बेपत्ता भएका छन् । उत्तराखण्डमा चार जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । नदीले खतराको चिन्ह नाघेका र पुलहरु बगाएपछि कैयौं गाउँबाट हजारौंलाई विस्थापित गरिएको छ । पहिल्यैदेखि बाढीको चपेटामा परेको ओडिसाका ५ सय गाउँका ४ लाख मानिस प्रभावित भएका छन् ।…

Read More

नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०:३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९:३० बजे निधन भएको हो । गिरीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिने र बिहान ११:३० बजेदेखि दिउँसो २:०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसपछि उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि…

Read More

काठमाडौं- कृषि तथा पशुपन्छी मन्त्रालयले दक्षिण कोरियाबाट उन्नत जातका साँढे र गाई ल्याउने भएको छ । हेफर इन्टरनेशनल मार्फत मन्त्रालयले दक्षिण कोरियाबाट उन्नत जातका २० वटा साँढे र १ सय १ वटा गाई ल्याउन लागेको हो ।हेफर इन्टरनेशनलका अनुसार आगामी दुई महिना भित्र ती साँढे र गाई नेपाल आईपुग्ने छन् । पाँच बर्ष अघि नै प्रक्रिया सुरु गरे पनि कोभिडलगायत कारण ल्याउन नसकिएको उन्नत जातका साँढे र गाई ल्याउन भने अव बाटो खुल्ला भएको छ । कृषि मन्त्रालयले सवै कानुनी प्रक्रिया पुरा गरी उन्नत जातका साँढे र गाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालयमार्फत दक्षिण कोरिया सरकारलाई पठाउने पत्र तयार पारिएको…

Read More

काठमाडौं- आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी गरिएको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने सम्भावना रहेको स्रोतले बतायो । संसद सचिवालय स्रोतले भन्यो, ‘कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरु व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गर्नेबारे छलफल भइरहेको छ ।’ गएराति साढे ९ बजे कांग्रेस नेता गिरिको निधन भएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ । त्यसपछि अन्त्येष्टि गर्ने कार्यक्रम छ । अन्त्येष्टिपछि संसदबाट शोक प्रस्ताव पारित गर्ने चलन छ । आज…

Read More

काठमाडौं- पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ । दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौँ देखी १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ । प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकमा खोप दिइने छ। यसैगरी गण्डकी प्रदेशका बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ तथा लुम्बिनी…

Read More

काठमाडौं- कञ्चनपुरका निर्माण व्यवसायी इश्वरी भट्टको निधन भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१८ घर भएका उनको शनिवार काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको हो। ह्रदयघातका कारण उनको निधन भएको आफन्तले बताएका छन्। अन्दाजी ४७ वर्षीय भट््टको निर्माण कम्पनीले कैलालीको अत्तरिया–मोहना ५ लेनमा काम गर्दै आएको छ। उनी नेपाली काँग्रेसबाट राजनीतिमा पनि सक्रिय थिए।

Read More

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट समकालिन नेपाली राजनीतिमा अभावको अनुभूति भएको बताएका छन् । गिरिको निधनले स्तब्ध बनाएको बताउँदै प्रचण्डले सामाजिक सन्जालमा लेखेका छन्, ‘गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’ उनले शोक सन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन् ।

Read More

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरीको निधनमा दु:ख ब्यक्त गरेका छन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाएका छन् । ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तव्ध भएको छु,’ देउवाले भनेका छन, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’  प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गएराती ९ः३० मा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

Read More