काठमाडौँ – विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच विद्यार्थी सङ्गठनले विशेष कार्यक्रम गर्ने भएका छन्। नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एसनिकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चानिकट अखिल छैठौँ, नेसपानिकट समाजवादी विद्यार्थी युनियन र नेकपानिकट अखिल क्रान्तिकारीले कार्यक्रम आयोजना गर्न लागेका हुन्। जेठ १ गते राष्ट्रिय नाच घरमा हुने ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल सहभागी हुने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए। उनले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव पनि सहभागी हुने बताए।
Author: Saru Shrestha
धनगढी – राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिको आयोजनामा अमेरिकी साम्राज्यवाद विरुद्ध मेची-महाकाली अभियानको जानकारीका लागि आज धनगढीमा पत्रकार सम्मेलन सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्ट प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता राजमो सुदूरपश्चिम प्रदेस समिति अध्यक्ष नन्दराज भट्टले गरेका थिए। महासचिब भट्टले कार्यक्रममा बोल्दै देशमा अमेरिकी साम्राज्यवाद विभिन्न रुपबाट प्रवेश गरि नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्तामाथि आक्रमण गरिरहेको हुँदा त्यसको भण्डाफोर गर्नका लागि १५ दिने मेची महाकाली अभियान चलाएको र आम देसभक्त जनतालाई अमेरिकी साम्राज्यवादको प्रवेश र आक्रमणलाई परास्त गर्न अपिल समेत गरेको बताएका छन्। कार्यक्रमको उद्घाटन जेठ १ गते कंचनपुरको महेन्द्रनगर बाट हुनेछ भने समापन जेठ १५…
धनगढी- सुदूरपश्चिम सरकारले आगामी बजेटका लागि सार्वजनिक रुपमै सुझाव मागेको छ। प्रदेशको आर्थिक मामिला प्रदेश सरकारको बजेट जनतासँग प्रत्यक्ष नजोडिएको गुनासो बढीरहेका बेला मन्त्रालयले सूचना जारी गर्दै आर्थिक बर्ष २०८०/८१ को बजेटका लागि सुझाव मागेको हो। सुझावहरू आगामी २०८० जेठ १० गतेभित्र मन्त्रालयमा वा अनलाइनमार्फत् उपलब्ध गराउने सकिने बताइएको छ।
काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गरेका छन्। मन्त्री साउद र प्रधानमन्त्री हसिनाबीच आइतबार गणभवनमा भेटवार्ता भएको हो। भेटमा सीमापार सम्पर्क, व्यापार, पारवहन, ऊर्जा, शिक्षालगायतका विषयमा केन्द्रित रहेर नेपाल-बंगलादेश सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको छ। बंगलादेशको राजधानी ढाकामा आयोजित दुई दिने ‘छैटौं इण्डियन ओसन कन्फ्रेन्स(२०२३’ मा सहभागी हुन परराष्ट्रमन्त्री साउद शुक्रबार त्यसतर्फ गएका थिए। उक्त सम्मेलन शुक्रबार र शनिबार भारतीय विदेश मन्त्रालय, इण्डिया फाउण्डेशन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न भएको हो।सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री साउदले भारतीय विदेशमन्त्री डा। एस जयशंकर, जापानको विदेश मामिलाका लागि संसदीय उपमन्त्री ताकागी केई, सिंगापुरका विदेश मामिला मन्त्री…
काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दृष्टिबिन्दु, कार्यशैली र कार्यपद्धतीमा गुणात्मक परिवर्तन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। आइतबार ७७ जिल्लाका प्रजिअ तथा सुरक्षा निकायका प्रमुखहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देश गरेका हुन्। यसलाई अबको कार्यसम्पादन मूल्याङ्कनको आधारको रूपमा लिइने स्पष्ट पार्दै मन्त्री श्रेष्ठले यसलाई सामान्य निर्देशनको रूपमा नलिन आग्रह गरेका छन्। गरिब र उत्पीडितलाई प्राथमिकतामा राखेर काम गर्न तथा विपद्को पूर्वतयारी, शान्ति सुरक्षा, मिटरब्याज, सीमा सुरक्षालगायतका विषयमा समेत आवश्यक निर्देशन दिए। भर्चुअल बैठकमा ७७ जिल्लाको तर्फबाट सम्बन्धित प्रदेश राजधानी भएका जिल्लाका प्रमुख अधिकारीले रिपोर्ट प्रस्तुत गरेका थिए। सुरक्षा निकायका प्रमुखहरू, विपद्…
काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थप चारदिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले उनीसहित यस प्रकरणमा पक्राउ परेका १२ जनालाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।
काठमाडौँ । मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाले आगामी आर्थिक वर्षको बजेटमा आफूहरूलाई पुनः स्थापना गर्नका लागि बजेट विनियोजन गर्न माग गरेका छन् । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाको प्रतिनिधि टोलीले आगामी आर्थिक वर्षको बजेटमा पुनःस्थापनाका लागि बजेट विनियोजन गर्न माग गरेको हो । सरकारले पटक पटक गरेर कमैया, कमलरी, हलिया र हरवाचरवालाई मुक्तिको घोषणा गरेको तर हालसम्म सरकारको नीति तथा कार्यक्रममा पुनः स्थापनाको कार्यक्रम नराखेको भन्दै यसपटकको बजेटमा पुनः स्थापनाको कार्यक्रम राख्न माग गरिएको मुक्त कमैया विकास मञ्च कैलालीका कार्यक्रम संयोजक इन्द्रजित चौधरीले बताए । उनले…
काठमाडौँ – सरकारको आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी भइरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ । संविधानको धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बोधन गरी राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको बताए । काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि कार्यव्यवस्था परामर्श समिति बैठकमा जेठ…
काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका एक नायब सुब्बालाई पक्राउ गरेको छ । शनिबार नासु रेवन्त खड्कालाई कार्यालयको कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको हो । अनुसन्धान प्रक्रियामा गइसकेका कतिपय मुद्दामा व्यक्तिगत लाभ हुनेगरी चासो राखेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । नासु खड्काले विदेशबाट आफन्तले ल्याएका अवैध सामानसमेत अनुसन्धानमा नलगिकनै फिर्ता पठाउने गरेको स्रोतको भनाइ छ ।
बझाङ – भारतमा भिरबाट लडेर बझाङ घर भएकी एक किशोरीको मृत्यु भएको छ । जिल्लाको छबिस पाथीभेरा गाउँपालिका वडा नं. ६ लेक गाउँकी १९ बर्सिया हर्कला बुढाको भारतको उत्तराखण्डको केदारनाथमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । मृतक बुढाको आज शनिवार दिउँसो १२ बजेको समयमा केदारनाथ भिरमा घाँस काट्ने क्रममा लडेर घटनास्थलमै उनको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । बुढा भिरबाट करिब १ सय मिटर तल खसेकी बताइएको छ । उनी एक महिना अगाडी रोजगारीका लागी गाउँका स्थानीय सँगै भारत गएकी थिइन् ।