Author: Saru Shrestha

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने सङ्केत दिएका छन् । गैर भौगोलिक कमिटीका नेताहरूलाई बिहीबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी सरकारमा सहभागी हुन सक्ने सङ्केत दिएका हुन् । भर्चुअल बैठकमा सहभागी एक नेताका अनुसार, अध्यक्ष नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेपछि विकसित घटनाक्रमबारे जानकारी दिएका थिए । ब्रिफिङकै क्रममा अध्यक्ष नेपालले सरकारमा जाने कि नजाने भन्ने सुझावसमेत माग गरेका थिए । सरकारमा गएर जनतासँग जोडिने मन्त्रालय लिएमा पार्टी निर्माणमा सहयोग पुग्ने सुझाव अध्यक्ष नेपाललाई दिइएको ती नेताले बताए । उनका अनुसार प्रतिपक्षमा बसेर जनताको काम गर्न सकिँदैन, बरु राम्रो मन्त्रालय लिएर सरकारमा…

Read More

काठमाडौं – सामान्य इँटाभटाको इटा पोल्ने स्ट्रक्चर पनि अहिलेसम्म विशेष गरेर भारतको विहारबाट आएका छन् । तर पोखराको पोल्याङमा नेपाली स्वयंले विशेष प्रकारको इँटा पोल्ने प्रविधि होफम्यान क्लिन बनाएका छन् । झण्डै ४० वर्ष अगाडि भक्तपुरको चाइनिज इँटा तथा टायल कारखाना र ललितपुरको हरिसिद्धि चाइनिज इँटा तथा टायल कारखानामा जस्तै इँटा पाल्ने प्रविधिको निर्माण नेपालीहरू स्वयंबाट सफल भएको हो । पोखराको पोल्याङको एक रोपनी क्षेत्रमा यो काम झण्डै एक सय वर्षदेखि भइरहेको छ । झण्डै ३० करोडको लगानीमा ५० नेपाली कामदार यो काममा खटिरहेका छन् । निर्माण कार्य झण्डै ८० प्रतिशत सकिएको जनाइएको छ । पोखरा इको रेड ब्रिक्स प्रालिले नेपालमा जर्मन होफम्यान…

Read More

काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आज बुधवार बेलुकी बस्नेतले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । बस्नेतले प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा सफल कार्यकालको कामना पनि गरेका छन् । उनले विगतको कमजोरीको समीक्षा गरेर वाम दलहरूबीच एकता र सहकार्य गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको अभियानमा अघि बढ्न सफलता मिलोस् भन्ने कामना गरेका छन् ।

Read More

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यका कर्मचारीलाई फिर्ता नपठाउन निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीलाई फिर्ता नपठाउन सबै सात सय ५३ वटै स्थानीय तहलाई निर्देशन गरेको हो । मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव मोहन निरौलाले स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीको अपुग तलब भत्ता अहिलेलाई मन्त्रालयबाट वित्तीय हस्तान्तरणमार्फत बजेट पठाइने भएकाले फिर्ता नपठाउन निर्देशन दिएको जानकारी दिए । विभिन्न प्रदेश र स्थानीय तहमा समायोजन भएर स्वीकृत दरबन्दीभन्दा बढी हुन गई तलब भत्ता अपुग हुन गई कर्मचारीलाई मन्त्रालयमा फिर्ता पठाइएका थिए । उनले स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीलाई मन्त्रालयले बजेट…

Read More

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ । सरकारमा जाने वा नजानेबारे निर्णय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक अघिल्लो दिन लिङ्देनले बाराको सिमरा पुगेर पूर्व राजा शाहलाई भेटेका हुन् । स्रोतका अनुसार सिमरामा ज्ञानेन्द्र र लिङ्देनबीच भएको लामो कुराकानीमा भर्खरैको राजनीतिक विकास क्रम, प्रचण्डको सत्ता रोहणमा राप्रपाको समर्थन लगायत विषयमा कुरा भएको थियो । लिङ्देनले पूर्व राजा शाहसँग भएको भेट बाहिर ल्याउन नचाहे पनि पार्टी बैठकमा नेताहरुले प्रश्न उठाएपछि थप सार्वजनिक भएको हो । झण्डै ६ घण्टासम्म चलेको बैठकमा नेताहरुले अध्यक्ष लिङ्देनलाई सरकारलाई दिएको समर्थनको अवस्था ३० दिनभित्र के हुने र…

Read More

महोत्तरी – महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत माद्यामिक विद्यालयको नै स्वामित्वमा रहनेगरी वडा अध्यक्ष बिराट बिष्टले १८ बिघा ६ धुर जग्गाको विवाद टुंग्याएका हुन । लामो समयदेखी जोतभोग गर्दै आएको दावी गर्दै ब्यक्तीले नै अधिग्रहण गरेको उक्त जग्गाको विवाद टुंग्याउदै अध्यक्ष बिष्टले बुधबार नै स्थानिय कुमार प्रसाद घिमिरेको संयोजकत्वमा समिती समेत वनाएका छन । विभिन्न ब्यक्तीले अधिग्रहण गरेको उक्त जग्गामा पोखरी र सौन्दयकरण गरेर पर्यटनस्थल निर्माण गर्ने अध्यक्ष बिष्टले जानकारी दिए । ‘स्थानिय उपभोक्ता र विद्यालयले नै संरक्षण गर्दै आएको उक्त जग्गामा पार्क समेत निर्माण गरि स्थानियहरुको लागी…

Read More

सुर्खेत – मुगु मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली बस्तीका स्थानीय चिसाले गाउँ छोड्न बाध्य भएका छन् । मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयलाई हरेक वर्ष हिउँद आफ्नो जन्मथलो छोडेर बाहिरिने गरेका छन् । कठ्याङग्रिँदो जाडोसँगै हिमपातले गर्दा हिउँदमा गाउँ बस्न नसकिने भएपछि मंसिर, पुस, माघ र फागुन तीन महिना गाउँ छोडेर महिला पुरुष बालबालिका वृद्धाहरु बेंसीतिर झर्ने गरेपछि उक्त हिमाली बस्तीहरु सुनसान देखिने गरेका छन् । यतिबेला मुगु, चितै, डोल्फु, किम्री, कार्ति लगायत बस्तीका स्थानीय बेंसीमा झरिसकेका छन् । हिउँदमा गाउँ छोडेर कोही मुगु गमगढी, जुम्ला, काठमाडौं, सुर्खेत, नेपालगञ्जतिर कोही भारत कुल्लीमुलालीतर्फ गएका छन् । गर्मी मौसम सुरुवात भएसँगै पाटन क्षेत्र, बन…

Read More

धनगढी – कञ्चनपुरमा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय दीपकबहादुर श्रीमालको मृत्यु भएको हो । प्रहरीका अनुसार नगरपालकाको वडा नम्बर ६ टाउन बजारमा बुधबार बिहान से ५ प ७१०१ नम्बरको मोटरसाइकल दुर्घटनाहुँदा श्रीमालको मृत्यु भएको हो । श्रीमाल पुनर्वास नगरपालिका ५ का कार्यालय सहयोगी हुन्। उनको मृत्युको शोकमा नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो ।

Read More

आन्दोलनलाई निरन्तर दिने निर्णयबाट निजी क्षेत्र पछि हटेको छ । ब्याजदर कम गर्नुपर्ने र चालू पुँजी कर्जा कार्यविधि कम्तीमा दुई वर्षको लागि स्थगित गर्नुपर्ने माग राख्दै देशैभर आन्दोलन गरिरहेको निजी क्षेत्र बुधबार अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा माग सम्बोधन गर्ने आश्वासन पाएपछि पछि हटेको हो । मंगलबार बधाई दिन पुगेका निजी क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्री पौडेलले बुधबार आन्दोलनरत उद्योगी व्यवसायीसँग पुनः भेट गरेका थिए । भेटका क्रममा अर्थमन्त्री पौडेलले सबै माग चाँडोभन्दा चाँडो सम्बोधन गर्ने आश्वासन दिएको उद्योग वाणिज्य महासंघले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार ५ बजे आकस्मिक पत्रकार सम्मेलन गरी आन्दोलन स्थगित गरिने जानकारी दिएको छ । बुधबार…

Read More

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले तत्कालै नीति अधिवेशन बोलाउन माग गरेका छन् ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ भन्ने कुरा गलत भएको बताउँदै तत्काल नीति अधिवेशन बोलाउनु पर्ने बताएका हुन् । कांग्रेस छोडेर एमालेसँग मिल्नु भनेको माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसक्नु भएको र कांग्रेसको पनि कमजोरी रहेको उनले बताए । कोइरालाले कांग्रेसले माओवादी र एमालेको चाललाई बुझ्न नसक्दा दुर्घटना भएको पनि बताए । ‘हामीले माओवादीको र एमालेको चाललाई बुझ्न सकेनौं,’ कोइरालाले भने । आफूहरूको मान्यता निर्वाचन पछि गठबन्धन गर्ने भन्ने रहेपछि निर्वाचनमा जाँदा नै गठबन्धन गर्दा कमजोरी भएको…

Read More