सोलुखुम्बु – सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका-५ का २८ वर्षीय सांगे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलुदुधकुण्ड नगरपालिका-७ गार्माकी बालिकालाई बिहीबार करणी गरेको आरोपमा शेर्पालाई आज (शुक्रबार) पक्राउ गरिएको प्रहरी निरीक्षक अनील मिश्रले जानकारी दिए । बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण गरिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Author: Saru Shrestha
पोखरा – केहि दिनअघि मात्रै मनाङ मस्र्याङदी क्लव छोडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका अञ्जन विष्टको दुई गोलसँगै उक्त क्लव पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । आहा राराको सर्वाधिक विजेता विभागीय टीम नेपाल पुलिस क्लवलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वाटरफाइन प्रवेश गरेको हो । पुलिसले हालसम्म ६ पटक गोल्डकपको उपाधी जितेको छ । खेलको २५ औं मिनेटमा रवी शंकर पासवानको गोलसँगै अग्रता लिएको पुलिस दोश्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो हाफ १–० ले पछि परेको चर्च ब्वाइज दोश्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै १–१ को बराबरीमा उक्लियो । ७७ औं मिनेटमा…
काठमाडौँ- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने प्रक्रियामा लाग्नुको विकल्प नभएको बताएका छन् । शुक्रबार रुपन्देहीको भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले दीर्घकालीन रूपमा वामपन्थी एक नभए प्राप्त उपलब्धि गुम्दै जाने बताए । सदनभित्र र बाहिर रहेका कम्युनिस्ट घटकहरूबीच सहमति, संवाद गरी एउटै कम्युनिस्ट पार्टी बनाउने अभियानमा लाग्नुपर्नेमा गुरुङको जोड थियो । मुलुकको स्वाधीनताको रक्षा विगतका नेतृत्वबाट सम्भव नदेखिएकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाइएको उनको दाबी छ । पूर्वमन्त्रीसमेत रहेका गुरुङले विगतको नेतृत्वबाट संविधान, लोकतन्त्रको रक्षा र संसद्को पुनः स्थापनामा सफल भए पनि राष्ट्रिय स्वाधीनतामाथि खतरा पर्दा र…
काठमाडौं – नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले सरकारले जारी गरेको वन नियमावली २०७९ खारेज गर्न माग गरेको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले गत असार १६ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ मा फर्निचर उद्योगहरुमैत्री नभएको भन्दै खारेज गर्न माग गरेको हो । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सुजिल श्रेष्ठले आयात गरेको सामानसँग स्वदेशमा उत्पादित वस्तुले प्रतिष्पर्धा गर्न नसक्ने अवस्था रहेको बताए । “आयातको बजार बढेकाले आयातित सामग्रीले आन्तरिक फर्निचर बजार घट्दै गएको छ । आयातित काठका कारण बजारमा स्वदेशी उत्पादनले प्रतिष्पर्धा गर्न सकेको छैन”, उनले भने, “स्वदेशमा उत्पादित वस्तुको बजार बढाउने र विदेशमा निर्यात गर्नसके…
अत्तरिया – नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो । सोडारी कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेशसभामा चार हजार ७६ मतको अन्तरले विजयी भएका सोडारी अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीसमेत हुन् । धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कन्चनपुरबाट निर्वाचित प्रकाश रावललाई दलको उपनेता, बाजुराबाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र माया पन्तलाई सचेतक तोकेको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका उपमहासचिव एवम् जाजरकोटबाट प्रतिनिधिसभामा निर्वाचित शक्तिबहादुर बस्नेत मन्त्री हुने दौडधुपमा लागेका छन् । उनले वरियता जस्तोसुकै भएपनि स्वीकार्ने संकेत दिएका छन् । उपप्रधानसहित गृहमन्त्री भएका लामिछानेभन्दा वरियतामा तल बसेर भएपनि सरकारमा जान तयार भएका छन् । लामिछाने आफ्नो पार्टीको नेता नभएकाले सरकारमा जान वरियताले कुनै असर नपर्ने बस्नेतले बताए । आफूलाई वरियताकै कारण सरकारमा नजाने हल्ला चलाइएको भन्दै बस्नेतले असन्तुष्टि पोखे । बस्नेत वरियतामा लामिछाने भन्दा तल भएपनि सरकारमा जान तयार भएका छन् । उनी यसअघि गृहमन्त्री भएपनि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री भएका थिए । यसपटक पनि बस्नेत वरियताको कुनै…
नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको वरियतामा लफडा भएको छ । प्रधानमन्त्री प्रचण्डले विष्णु पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रीको जिम्मेवारी दिएर पहिलो वरियतामा राखेपछि अर्का उपप्रधानसहित भौतिक मन्त्रीको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री प्रचण्डपछिको वरियतामा आफूलाई राख्नुपर्ने श्रेष्ठले आफू निकट नेताहरूसँग गुनासो गर्ने गरेका छन् । अर्थमन्त्री पौडेलभन्दा आफू वरियतामा अघि हुनुपर्ने श्रेष्ठको भनाई छ । यस्तै रास्वपाबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भएपछि माओवादी नेता वर्षमान पुन असन्तुष्ट छन् । उपप्रधानसहित गृहमन्त्री लिएर लामिछाने वरियतामा अघि भएपछि पुन चिढिएका हुन् । सरकारमा जाने सम्भावना भएपनि वरियताकै कारण पुनले मन्त्री नहुने निकटस्थहरुसँग बताउने गरेका छन् । यद्यपि…
काठमाडौं – सशस्त्र प्रहरी जवान अनन्त महत मस्याङदी नदीमा बेपत्ता भएका छन् । भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जादै गरेका उनी मस्याङदी नदीमा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले दिएको जानकारी अनुसार उनी शुक्रबार बिहान साढे १० बजे मस्याङदी गाउँपालीका-४ काभ्रेभिरबाट बेपत्ता भएका हुन् । उनी लमजुङ बेसिशहरबाट मनाङतर्फ जादै गर्दा बाटोमा गाडी रोकेर ओलिएका थिए। ग१ज ७३३५ नम्बरको गाडीमा सवार महत सडक किनारमा शौच गर्ने क्रममा भीरबाट लडेको सशस्त्र प्रहरीले जनाएको छ । भीरबाट उनी मस्याङदी नदीमा खसेका थिए । नदीमा बेपत्ता उनको खोजी जारी छ ।
काठमाडौँ – काठमाडौँको गोङ्गबुबाट प्रहरीले ९ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-२६ मित्रनगरमा चितवन घर भएका ६६ वर्षीय होमनाथ ढकालले आफ्नो डेरामा जुवा खेलाएका हुन् । जुवा खालबाट पक्राउ पर्नेमा होमनाथ ढकाल, मेघप्रसाद गुरुङ, बिना लामा, सूर्यबहादुर गुरुङ, राजु गुरुङ, चेमसङ गुरुङ, अमृत कार्की, रामचन्द्र राई र अन्जन मग्राति छन् । जुवा खालमा प्रहरी वृत्त महाराजगन्जको टोलीले छापा मारेर १ लाख ६९ हजार बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । प्रहरीले ६ गुड्डी तास पनि बरामद गरेको छ ।
काठमाडौं – नेकपा एमाले छाडेर स्वतन्त्र चुनाव लडेका प्रभु साहले बुधबार आफ्नै अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेकै दिन अग्रगामी शक्तिहरुसँग सहकार्य र एकताका लागि तीन सदस्यीय वार्ता टोली पनि बनाएका छन् । पार्टी घोषणाकै दिन अरु दलसँग एकताका लागि वार्ता टोली बनाएकाले आम जनता पार्टी कति दिनका लागि हो भन्ने प्रश्न उठेको छ । मधेशको नेता बन्ने महत्वाकांक्षा बोकेका साह नयाँ पार्टी बनाएर माओवादीसँग एकता गर्ने तयारीमा छन् । सशस्त्र विद्रोहबाट माओवादी शान्ति प्रक्रियामा आएपछि साह पार्टीमा मधेसको नेतृत्व गर्न चाहन्थे । केन्द्रीय सदस्य हुँदै पोलिट्ब्यूरो सदस्यसम्म भएका उनले प्रदेशको नेतृत्व गर्ने जिम्मेवारी पाएनन् । पछिल्लो समय तत्कालीन नेकपाको…