धनगढी- नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन भएका छन् । कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित चौधरीलाई संसदीय दलको नेतामा चयन भएका हुन् । उनी पार्टीको निर्णयमा दलको नेता चयन भएका हुन् । संसदीय दलको नेताका लागि उनीसहित चारजनाको दाबी थियो । कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा २ बाट निर्वाचित लक्ष्मणकिशोर चौधरी, प्रदेश १ बाट निर्वाचित कैलाश चौधरी र समानुपातिकतर्फबाट निर्वाचित टीका थापा संसदीय दलको नेतामा दाबी गर्दै आएका थिए ।
Author: Saru Shrestha
काठमाडौं- गृहमन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता भएका छन् । गएको मंगलबार गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता हुन निर्देशन दिएको थियो । निर्देशनपछि मापदण्डविपरीत पूर्वकर्मचारी, सुरक्षाकर्मीसहितका व्यक्तिको सुरक्षामा खटिएका नेपाल प्रहरीका १०३ जना र सशस्त्र प्रहरी ९१ जनागरी १९४ सुरक्षाकर्मी फिर्ता भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए । यो तथ्यांक केन्द्रको मात्र भएको र जिल्लामा निर्देशन दिएकाले यो संख्या अझ धेरै हुन सक्ने उनले बताए ।
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूतबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाल र राजदूत डिन आर थप्सनको टोलीबीच आज भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको छ ।
काठमाडौं – अवैध लागूऔषध चरेशसहित बनबासाबाट भारतीय प्रहरीले दुई जना नेपाली महिलालाई पक्राउ गरेको छ। बुधबार ४ किलो ३० ग्राम चरेशसहित ती दुई महिला पक्राउ परेका हुन्। भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–३ की ४३ वर्षीया गोमा घर्तिमगर र दाङ लमही नगरपालिका–३ की ४६ वर्षीया कमला मगर रहेका छन्। चम्पावत प्रहरीले अहिले सीमावर्ती क्षेत्रमा लागूऔषधविरुद्ध विशेष अप्रेसन चलाइरहेको छ। सोही अभियान अन्तर्गत बनबसा थानाको टोलीले ती दुई महिलालाई पक्राउ गरी एफआइआर दर्ज गरेको चम्पावतका प्रहरी प्रमुख देवेन्द्र पींचाले जानकारी दिएका छन्।
काठमाडौँ – गीतकार गोपी दाहालको नया गीत बजारमा आउने तयारीमा रहेको छ । बिगत लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा आफ्नो लगातार समय खर्चिदै छुट्टै पहिचान बनाउन सफल बनेका गीतकार दाहालको पछिल्लो गीतको शिर्षक ‘दिलको छेउ कुनामा’ रहेको छ । रोमान्टिक भर्सनमा तयार भएको यो गीत सम्भवत गोपी दाहालको गीतहरुको सुचिमा हिट नम्बरमा आउन सक्ने सम्भावना रहेको उनी बताउछन् । गीतको भिडियोको आज अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरले नै गीत एकदमै रोमान्टिक तरिकाले तयार भएको देखिन्छ । पोस्टरमा भिडियोमा प्रमुख कलाकारका रुपमा रहेका गोपी दाहाल र प्रेक्षा बानियाँलाई हेर्न सकिन्छ । २ जनाको लोभलाग्दो प्रेम पोस्टरमा झल्किएको…
काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १६७ मा दिइएको अधिकार प्रयोग गर्दैै नियमावलीको संशोधनसहित सशस्त्र प्रहरी कर्मचारीलाई हिमाली चुस्ता र डाउन ज्याकेट पाउने व्यवस्था गरेको छ । यसअघि प्रत्येक ३र३ वर्षमा कटन प्याडेट युनिफर्म सुट र ५ वर्षको अन्तरालमा स्नोपार्क ज्याकेट मात्र पाउँदै आएका थिए । यो व्यवस्थासँगै हिमाली क्षेत्रमा कार्यरत कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन् । नियमावलीमा सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरूले पाउँदै आएको पोशाक तथा अन्य सामानको सम्बन्धमा समेत संशोधन गरिएको छ । संशोधित नियमावलीमा सशस्त्र प्रहरी कर्मचारीहरूले १ वर्ष अवधिमा पाउने पिटी गन्जी, पिटी कट्टु र पिटी जुत्तामा ट्रयाक सुट र स्पोट्र्स…
बेंसीसहर – लमजुङको मर्स्याङदी गाउँपालिका-८ भुलभुलेमा बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना हुँदा ४५ वर्षीया भीमकुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उकालोमा चढ्ने क्रममा ६ मिटर तल खसेको छ । जीपमा सवार दुई जना गम्भीर घाइते र ६ जना मध्यम घाइते भएका छन् । घाइतेको लमजुङ जिल्ला अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ ।
काठमाडौं – बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको ‘हत्या’मा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खानसहितका आन्दोलनकरीहरूले माइतीघरमा रिले अनशन थालेका छन् । आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं आइपुगेका हुन् ।
काठमाडौं – अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार चितवन पुगेका छन्। पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा चोक-चोकमा सयौँको संख्यामा समर्थकले ‘राजा आऊ देश बचाऊ’को नारा लगाउँदै फूलगुच्छाले उनको स्वागत गरेका थिए। परिवारसहित गएका उनी चितवनको जगतपुरस्थित होटेल सोल्टीमा बसेका छन्। हप्तौँ अघिदेखि निजी भ्रमणमा रहेका पूर्वराजा शाह सिमराको भ्रमण गर्दै चितवन गएका हुन्। उनी आफैँ गाडी चलाउँदै चितवन पुगेका हुन्। उनले आफ्नो भ्रमणबारे कुनै प्रतिक्रिया दिएका छैनन् । स्रोतका अनुसार उनले नयाँ वर्ष चितवनमा नै मनाउने छन्। उनका लागि सांगीतिक कार्यक्रमको समेत आयोजना गरिँदै छ। चितवनमा पूर्वराजा शाहले केही राजनीतिक भेटघाटसमेत गर्ने उच्च स्रोतले जनाएको छ।
अत्तरिया – कैलालीमा ट्याक्टरले च्यापिएर एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–५ मा ट्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । हिलोमा फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा गौरीगङ्गा–४ बस्ने २२ वर्षीय गणेश चौधरीको मृत्यु भएको हो । चौधरीलाई गाडीको बिचको टायरले च्यापेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।