महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् । जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी दरखास्त पेस गर्न बचतकर्तालाई सार्वजनिकरुपमै आह्वान गरेपछि उनीहरू जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले मङ्गलवार र बुधबार गरी सात सय ३७ बचतकर्ताले प्रहरीमा सम्बन्धित कागजात बुझाएको जानकारी दिए । ‘यो सहकारीका विषयमा केन्द्रीय अनुसन्धान ब्युरोले पनि छानबिन गर्दै छ’, उनले भने, ‘कञ्चनपुरमा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान अघि बढाउने भएकाले कागजात विवरण पेस गर्न भनेका हौँ ।’ जिल्ला…
Author: Saru Shrestha
सुनसरी – प्रहरीले इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोसीमा छापा मारेको छ । हलगढास्थित यातायात व्यवस्था सेवा कार्यालयमा बुधबार९आज० दिउँसो प्रहरीले छापा मारी सेवाग्राही ठगेको आरोपमा २२ जनालाई पक्राउसमेत गरेको छ । सेवाग्राहीसँग बढी पैसा असुल्ने र कार्यालयका महत्त्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पुर्याएर मिलेमतो गरी गलत कार्य गर्ने गरेको गुनासोपछि प्रहरीले छापा मारेर २२ जनालाई नियन्त्रणमा लिएको एक प्रहरी अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा कर्मचारीसहित विभिन्न लेखापढी सेन्टरका व्यक्तिहरू रहेको ती अधिकारीले बताएका छन् । यससँगै बजाज, होन्डा, यमाहा, भेस्वालगायत ब्रान्डका मोटरसाइकल कम्पनीका कर्मचारीसमेत पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट यातायात कार्यालयका डेढ दर्जन बढी ढड्डा…
काठमाडौँ – सभामुख देवराज घिमिरेले ग्यास लिकपछि आगलागीबाट घाइते भएका संघीय सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज साँझ बत्तिसपुतलीस्थित निवासमा सांसद भण्डारीसँग भेट गरी सभामुख घिमिरेले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । त्यस क्रममा सभामुखले शीघ्र स्वास्थ्यलाभको कामना गरेको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सांसद भण्डारीले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा आफ्ना केही सुझाव राख्न चाहेको बताएका थिए । सांसद भण्डारीले घटनापछि आफ्ना केही कुरा सदनमार्फत जनतालाई सुनाउन मन लागेको बताएका थिए । चिकित्सकको सिफारिस हुन्छ भने विशेष व्यवस्था गरेर तपाईँलाई बोल्ने व्यवस्था मिलाउँछौँ भन्ने जवाफ दिँदै सभामुखले अहिले…
काठमाडौं – अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को टोलीले नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलोपटक सगरमाथा आरोहण गरेको छ। प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले यहीँ हप्ताको मंगलबार नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन्। उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा इन्टरपोल एच्क्युको झण्डा फहराउन सफल भए। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामनासहित उक्त झण्डाहरु हस्तान्तरण गरी नेपाली सहितको आरोहण दल वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो। पहिलोपटक वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो। साथै…
काठमाडौँ – अमेरिकाले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)सँग सम्बन्ध भएका धार्मिक समूहले नेपाललाई हिन्दूराष्ट्रको पक्षमा बोल्न राजनीतिक दलका प्रभावशाली नेताहरूलाई पैसा दिने गरेको दाबी गरेको छ । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदनुमा नागरिक समाजका अगुवाहरूलाई उद्धृत गर्दै हिन्दूराष्ट्रका पक्षमा बोल्न नेपालका नेताहरूलाई पैसा दिँदै आएको दाबी गरेको हो । ‘नागरिक समाजका अगुवाहरूले उनीहरूले दक्षिणपन्थी भन्ने गरेको भारतको भाजपासम्बद्ध धार्मिक समूहहरूले सबै राजनीतिक दलका प्रभावशाली नेताहरूलाई हिन्दूराष्ट्रका समर्थनमा बोल्न निरन्तर रूपमा रकम उपलब्ध गराउने गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ । उक्त अमेरिकी प्रतिवेदनको १३ पृष्ठमा नेपालको धार्मिक अवस्थाका बारेमा चर्चा गरिएको छ ।…
विराटनगर – आन्तरिक राजस्व कार्यालय विराटनगरले लामो समयदेखि कर नतिरेका उद्योगबाट ठूलो रकम उठाउनुपर्ने देखाएकाले छानबिन प्रक्रिया सुरु गरिने जनाएको छ । अशोककुमार मुराका र कृष्णप्रसाद प्रसाईँ साझेदारबाट सञ्चालित अवनिश एग्रिगेट इण्डस्ट्रिज तथा अशोककुमार मुरारका, अभिषेककुमार मुरारका र कृष्णप्रसाद प्रसाईँ साझेदार रहेको ओम साइबाबा क्रसर उद्योगबाट तीन अर्बभन्दा बढी कर असुल उपर गर्नुपर्ने देखिएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डिबी क्षेत्रीले जानकारी दिए । उनीहरू व्यावसायिक औद्योगिक घराना मुरारका समूहसँग भने आबद्ध नरहेको पनि स्पष्ट गरिएको छ । यी उद्योगले लामो समयदेखि कर नबुझाएकाले असुलउपरका लागि प्रक्रिया अघि बढाइने डा क्षेत्रीको भनाइ छ । त्यस्तै मोरङको बेलबारीस्थित ओम साइबाबा…
काठमाडौँ – सरकार र विज्ञापन व्यवसायी संघबीच ७ बुँदे सहमति सहमति भएको छ । बुधबार सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको वार्तामा सरकारसँग ७ बुँदे सहमति भएको हो । सहमतिपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको आनले जनाएको छ । विज्ञापनदाता एवम् विज्ञापन एजेन्सीहरूले सरकारी विज्ञापन प्रकाशन/प्रसारणको जानकारी बोर्डलाई दिने तथा त्यस्तो विज्ञापनको भुक्तानी कानुन बमोजिम बोर्डमार्फत हुने व्यवस्था गर्ने एजेन्सीले सम्बन्धित विज्ञापनदातालाई कर बिजक जारी गर्ने सहमति भएको आनले जनाएको छ । उक्त व्यवस्था कार्यान्वयनमा समस्या उत्पन्न भए समयानुकूल संशोधन गर्ने सहमति भएको छ । Scan_20230517-2Download
काठमाडौँ – यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले सफलता प्राप्त गरेकी छन् । चो युआनले यही जेठ १ गते सोमवार बिहान ५ बजेर ४२ मिनेटमा सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट आरोहण गरेकी हुन् । नेपाल बिग माउन्टेन ट्राभलले आज बुधवार पत्रकार सम्मेलन गरी चिनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहण गरेको जानकारी दिएको हो । नेपाल बिग माउन्टेन ट्राभलले उनको आरोहणका क्रममा समन्वय गरेको जनाइएको छ । उनी महिलामा अहिलेसम्म सम्भवतः सबैभन्दा कम उमेरको सगरमाथा आरोही रहेको बताइएको छ ।
काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ। बुधबार काठमाडौँ जिल्ला अदालतले १४ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न थप तीन दिनको म्याद दिएको हो । यस प्रकरणमा पक्राउ परेकामध्ये आङटावा शेर्पाको बयान लिन बाँकी छ। अन्यको बयान लिइसकिएको छ। समय कम भएको भन्दै सरकारी वकिलको कार्यालयले प्रहरीलाई छिटो अनुसन्धान सकाउन निर्देशन दिएको थियो। तर प्रमाण सङ्कलन तथा थप व्यक्तिहरू पक्राउ पर्दा अनुसन्धान लम्बिएको हो। केशव दुलाल, सानु भण्डारी, टङ्ककुमार गुरुङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, टेकनारायण पाण्डे, बालकृष्ण खाँण, उनका पिए नरेन्द्र केसी, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, आङटावा शेर्पा,…
कैलाली – टीकापुरको बस्ती नजिकै बच्चासहितको पाटेबाघ देखा परेको छ। टीकापुर नगरपालिका वडा नं। २ विजयनगर नजिकै पाटेबाघ देखिएको हो। रानीकुलाको इन्टेक नजिकै नहरको सडकमा पाटेबाघले आफ्नो बच्चालाई मुखमा बोकेर हिँडिरहेको भिडियो समेत स्थानीयले कैद गरेका छन्। बच्चासहित बस्ती नजिकै पाटेबाघ देखिएपछि स्थानीय भने त्रसित बनेका छन् । बच्चा बोकेर हिँडेको पाटेबाघले कुनै पनि बेला आक्रमण गर्न सक्ने बताइन्छ। ‘उसले आफ्नो बच्चाको सुरक्षाका लागि आक्रमण गर्छ’ स्थानीय बलविर चौधरीले भने, ‘बच्चा सहितको बाघ निकै रिसाहा हुन्छ।’ कैलालीको पूर्वी भेगका बस्तीमा पछिल्ला वर्षहरुमा जंगली जनावरको प्रवेश बढ्न थालेको छ। टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न बस्तीमा बेलाबेलामा जंगली जनावरले मान्छेलाई आक्रमण…