Author: Saru Shrestha

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आजदेखि विभिन्न सेवा प्रवाहमा ‘समय कार्ड’ लागू गरेको छ । यस्तै गुनासो सुन्न प्रजिअ आफैँ सक्रिय हुनुहुनेछ भने ६५ वर्षमाथिका नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ । अन्य अशक्त, दूधे बालक बोकेका महिलालगायतलाई भने लाइनमा नराखी सेवा प्रवाह गर्ने व्यवस्था पनि मिलाइएको छ । यसले प्रशासनको सेवा प्रवाहलाई चुस्त बनाउने र नागरिकको सेवा प्रवाह प्रभावकारी हुने विश्वास रहेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । कार्यालयबाट उपलब्ध हुने विभिन्न १० वटा सेवा प्रवाहका लागि समय तोकिएको र चारवटा सेवामा भने आजैदेखि समय कार्ड लागू भएको छ । काठमाडौँका…

Read More

पोखरा – गण्डकीमा पाँच दिनभित्र सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार पाँच दिनको समय दिएर सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका हुन् । गण्डकीमा एउटा मात्रै पार्टीको बहुमत छैन । त्यसैले संविधानको धारा १७६ (२) अनुसार २ वा सो भन्दा बढी पार्टी मिलेर सरकार बनाउनुपर्छ ।  केन्द्रीय सत्ता गठबन्धन हेर्ने हो भने यहाँ पनि एमाले, माओवादी र राप्रपाको गठजोडबाट सरकार बन्ने देखिन्छ । पहिलो पार्टी नेपाली कांग्रेससँग २७ सीट छ भने सत्ता गठबन्धनसँग ३२ सीट छ । एक सीट एकीकृत समाजवादीमा छ । माथिल्लो गठबन्धनका कारण यहाँ पनि पहिलो पार्टी सत्ताबाट बाहिर…

Read More

सुर्खेत – सत्तारुढ दलमा कर्णाली प्रदेशमा पहिलो दल रहेको नेकपा (माओवादी केन्द्र)ले आफूले जसरी पनि मुख्यमन्त्री पाउनुपर्छ भन्दै केन्द्रीय स्तरमा दवाव बढाएको छ । अन्य प्रदेशभन्दा कर्णालीमा माओवादीको अवस्था राम्रो भएको भन्दै कर्णालीमा मुख्यमन्त्रीको दाबी रहेको माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालिबहादुर मल्लले बताए । प्रदेशसभामा नेकपा एमालेका १० र माओवादीका १३ सिट रहेका छन् । सरकार बनाउनका लागि २१ सिट आवश्यक पर्ने भए पनि दुई दल मिलाउँदा २३ सिट पुग्छ । नेकपा एमालेको तर्फबाट मुख्यमन्त्रीमा दाबी गरिरहेका यमलाल कडेल मुख्यमन्त्रीको दौडमा रहेका छन् । नेकपा एमाले कर्णाली प्रदेशको एक कार्यदलले कर्णालीमा मुख्यमन्त्री आफूले पाउनुपर्ने भन्दै केन्द्रको ध्यानाक्रषण गराएको छ । आज मात्र…

Read More

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो हेटौंडा–१७ सालक पार्कबाट सिन्धुपाल्चोक जिल्ला बाहृबिसे-३ का २१ वर्षीय सोम बहादुर बम्जन, सोही ठाउँका ३३ वर्षीय दिवस बम्जन, बाहृबिसे–४ का २८ वर्षीयका कान्छा तामाङ र त्रिपुरासुन्दरी–३ का २८ वर्षीय सुक्र तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए । उनीहरूको साथबाट १,७४१ अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ६ हजार २१० नेपाली रुपैयाँ, तीन वटा मोटरसाइकल, ८ बण्डल कागजको नक्कली नोट, मोबाईल ५ थान समेत बरामद गरिएको उनले बताए । उनीहरूलाई मुलुकी फौजदारी…

Read More

काठमाडौँ – प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा संलग्न व्यक्ति पक्राउ गरी कारबाहीको दायरामा ल्याउन फेरि अनुसन्धान टोली गठन गरेको छ । प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डिआइजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान टोली गठन गरेर कञ्चनपुर पठाएका हुन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेकै दिन पुस ११ गते ‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल गर्ने’ सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि गृह मन्त्रालयले निर्मला प्रकरणमा अहिलेसम्म भएका अनुसन्धानरछानबिनसम्बन्धी विषयलाई एकीकृत गरेर दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने गरी काम गर्न…

Read More

जुम्ला – जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा  दुर्घटना हुदा दुइ जनाको मुत्यु भएको  प्रहरीले जनाएको  छ । जुम्ला प्रहरीका अनुसार जुम्ला बसपार्कबाट रारा लिहितर्फ जादै गरेको क १ स ११ नम्वरको अटो अनियन्त्रित भइ तिला नदिमा खस्दा तातोपानी –१ बाइराँकाका २९ वर्षीया पुरन सार्की र तिला – ३ का २० वर्षीया आकाश थापा को मृत्यु भएको हो। त्यस्तै जुम्लाका प्रहरी निरिक्षक याम बहादुर बुढा मगरका अनुसार पुरन सार्कीको घटना स्थलमै मृत्यु भएको थियो । आकाश थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना भएको अटो…

Read More

धनगढी – धनगढीमा भोलिदेखि ५ दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ। धनगढी उपमहानगरपालिकाको कार्यालयबाट निर्माणधिन चटकपुर चोकदेखि पश्चिम रिङ्गरोड (वडा नम्बर ३ को कार्यालय) सम्म विद्युतीय संरचना स्थानान्तर गर्ने भएकाले पुस २२ गतेदेखि पुस २६ गते सम्म विद्युत सेवा अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले एक सुचना मार्फत जानकारी दिएको छ। यस्तै अत्तरिया–धनगढी ३३ केभी नयाँ लाइन निर्माण गर्नका लागि पोल गाढ्न उक्त फिडरको विद्युत काट्न लागेको हो। धनगढी वितरण केन्द्रले एक सूचना जारी गर्दै शुक्रबार बिहान ८ बजे देखि अपरान्ह ४ बजे सम्म धनगढी वितरण केन्द्रबाट प्रशारित लाईन अवरुद्ध हुने जनाएको छ।

Read More

काठमाडौं – नेपाल घरेलु तथा साना उद्योग महासंघले फागुन पहिलो सातामा आन्तराष्ट्रिय औधोगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र प्राङगारिक कृषि मेला आयोजना गर्ने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले महोत्सव र मेला आयोजना गर्न लागेको हो ।  हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण तीन वर्षदेखि स्थगित थियो । यस पटक भने २ देखि ६ फागुनसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मेला महोत्सव आयोजना हुन लागेको हो । महोत्सवका बारेमा जानकारी दिन महासंघले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो क्रममा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकभर रहेका ६ लाखभन्दा बढी लघु, घरेलु तथा…

Read More

धनगढी – कैलालीको गौरीगङ्गा नगरपालिकाले भोलिदेखि जाडो बिदा दिएको छ । चिसो तथा सितलहरका कारण विद्यार्थीको स्वास्थमा असर पर्ने भन्दै नगरपालिकाले पुस २२ गतेदेखि पुस २४ गते सम्म जाडो बिदा दिएको सूचनामार्फत जानकारी गराएको छ । नगरपालिका भित्रका शैक्षिक संस्थाहरु आइतबारसम्म बन्द हुनेछन् ।

Read More

काठमाडौँ – गृह मन्त्रालयले देशभर अवैध रूपमा सञ्चालनमा रहेका खानी तथा क्रसर उद्योगहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई एकैपटक परिपत्र जारी गर्दै अवैध क्रसरलाई बन्द गराउन भनेको हो। गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार नवीकरण नभएका, मापदण्ड पूरा नगर्न सञ्चालनमा रहेका, खास प्रयोजनका लागि स्थापन भएको तर त्यसको काम सकिएको उद्योगहरु बन्द गर्न भनेको जानकारी दिए। यसअघि सर्वोच्च अदालतले पनि अवैध रूपमा चलेका क्रसर खानीलाई बन्द गराउन आदेश दिएको थियो। त्यस्ता क्रसर उद्योगहरु दुई हजारभन्दा बढी रहेको अनौपचारिक अनुमान छ। प्रवक्ता पोखरेलले भने अवैध क्रसरको संख्या आफूहरूसँग नभएको बताए।

Read More