काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका भएका ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचार घटनाको छानबिन गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसद प्रभु साह र अमरेशकुृमार सिंहको प्रश्नको जवाफ दिँदै उनले देशमा भएका ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचार घटनाको नयाँ शिराबाट छानबिन गर्नुपर्ने बताएका छन् । गौर हत्याकाण्ड, दरबार हत्याकाण्ड, मदनआश्रित हत्याकाण्डलगायत देशका भएका ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारका घटनाको नयाँ शिराबाट छानबिन गर्नुपर्ने पक्षमा सरकार रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
Author: Saru Shrestha
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन माओवादी शिविरमा कुनै अनियमिमिता भएको र त्यसको छानबिनबाट दोषी ठहरिए जेल जान तयार रहेको बताएका छन् । उनले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै उनले २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न तयार रहेको बताए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सोधेको लडाकु शिविरमा भएको भ्रष्टाचारबारेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘क्यान्टोनमेन्टको कुरा कपोल्कल्पित छ । फेरि पनि छानबिन गरेर दोषी ठहरिए म जेल जान तयार छु ।’ उनले लडाकुलाई दिएको पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र भएको बताए ।
काठमाडौँ – राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले नीति तथा कार्यक्रम माथि (३ दिन) जेठ ७,८ र ९ गते छलफल गर्ने मिति तय गरेको हो । ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि जवाफ दिने कार्यतालिका रहेको छ ।
बर्दिया – बर्दियामा हात–खुट्टाबिना एक जना पुरूषको शव फेला परेको छ। गेरूवा गाउँपालिका वडा नं। ४ दंगपुरका ५१ वर्षीय शिवप्रसाद थारूको शव परेको प्रहरीले जनाएको छ। थारू जेठ २ गते साँझपख गाउँका अन्य मानिसहरूसँगै स्थानीय खोलामा माछा मार्न भनेर गएका थिए। थारू घर फर्केर नआएपछि उनको खोजी भएको थियो। शव फेला परेको नजिकै दुइटा गोही पनि देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए। शवको प्रकृतिलगायत अन्य सबै कुरा नियाल्दा थारूको मृत्यु गोहीको आक्रमणबाट भएको र पछि गोहीले नै हातखुट्टा खाएको हुन सक्ने अनुमान गरिएको बोहोराले बताए। थारूको शव पोष्टमर्टमपछि बुधबार नै आफन्तलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे…
मोन्टाना – भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिेकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको घोषणा गरेको हो । मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले मोन्टाना राज्यका बासिन्दाका निजी विवरण चिनियाँ कम्युनिष्ट पार्टीबाट जोगाउने उद्देश्यले टिकटकमाथि प्रतिबन्ध लगाइएको स्पष्ट गरेका छन् । राज्यका मुख्य सूचनाआधिकारीलाई राज्य सञ्जाल र उपकरणहरूबाट उक्त एपलाई पूर्णरुपमा ब्लक गर्न निर्देशन दिएको उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । डिसेम्बर २०२२ मा मोन्टाना सरकारले राज्यका उपकरणमा उक्त एपको प्रयोग वर्जित गरेको थियो । सङ्घीय सरकारका साथै अमेरिकाका धेरै राज्यमा उक्त सामाजिक सञ्जालको प्रयोग…
काठमाडौँ -भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष मिया आज (बिहीबार) सिंहदवारबाटै पक्राउ परेका हुन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धनगढी- मनसुनको समय नजिकिएसगैँ विपद् पूर्व तयारीका लागि धनगढीमा छलफल थालिएको छ। सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयले स्थानीय प्रशासन, सुरक्षा निकाय र विभिन्न संघ÷संस्थाहरुसँग छलफल गरेको हो। मन्त्रालयले सुरक्षा निकाय, विभिन्न संघरसंस्थासँगको सहकार्यमा विपद्बाट क्षति कम गर्न गर्नुपर्ने कामको बारेमा छलफल गरेको हो। बर्षाको समयमा हुने सम्भावित विपद्लाई ध्यानमा रोखेर पूर्व तयारीका योजना निर्माणमा जोड दिइएको छ। जिल्ला पशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले विपद्को समयमा पूर्व सैनिकहरुको प्रयोगसमेत गर्नुपर्ने बताए। उनले स्थानीय तहहरुसँग सो विषयमा छलफल गर्नसमेत आवश्यक रहेको बताएका छन्। सुदूरपश्चिम भूकम्पको उच्च् जोखिममा देखिएकाले सबैले यो क्षेत्रमा काम गर्नुपर्ने धारणा रागेका छन्। आन्तरिक मामिला तथा…
दार्चुला – दार्चुलाको दुहुँ गाउँपालिकाले उत्कृष्ट लोगो बनाउनेलाई पुरस्कृत गर्ने भएको छ। जिल्लाको दुहुँ गाउँपालिकाले उत्कृष्ट लोगो (छाप) बनाउनेलाई ३० हजार नगद सहित पुरस्कृत गर्ने भएको हो। गाउँपालिकाले निशाना छापसँगै पालिकाको छाप प्रयोगमा ल्याउने भन्दै उत्कृष्ट लोगो ९छाप० बनाउनेलाई ३० हजार नगदसहित पुरस्कृत गर्ने गाउँपालिकाका सुचना अधिकारी विरेन्द्रराज जोशीले बताए। पुरस्कृत हुने व्यक्तिले गाउँपालिका भित्रका ऐतिहासिक, सामाजिक, धार्मिक लगायत पर्यटीय स्थल झल्कने गरी लोगो निर्माण गर्नुपर्ने बताइएको छ । गत बैशाख २६ गते पहिलो पटक पालिकाको तर्फबाट एक सूचना जारी गर्दै पालिकाको लोगो बनाउने इच्छुक व्यक्ति तथा कम्पनीले गाउँपालिकाको लोगो निर्माण गरी पेश गर्न भनिएको थियो। तर हाल सम्म उक्त…
बैतडी -बैतडीको डिलाशैनी गाउँपालिका वडा नं.१ लाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । बुधबार एक कार्याक्रमका बिच वडालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ वडालाई पूर्ण खोपयुक्त वडा घोषण गरिएको छ । पूर्णखोपका लागि आवश्यक मापदण्ड पूरा भएकोले वडा नं १ लाई पूर्णखोपयुक्त वडा घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक गणेश बहादुर खातीले जानकारी दिए । वडाका सबै बालबालिकाले खोप पाएपछि सुनिश्चितता गरिएको उनले बताए । अहिले वडाहरुलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिन लागिएको र वडा पछि पालिकालाई नै घोषणा गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक खातीले…
लमजुङ – गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीय तहबीच नयाँ पदमार्ग निर्माण गर्ने समझदारी भएको हो । लमजुङको दोर्दी गाउँपालिकामा बुधबार भएको छलफलमा गोरखाको अजिरकोट गाउँपालिका र लमजुङका दूधपोखरी, दोर्दी र मर्स्याङ्दी गाउँपालिकालाई जोड्ने गरी ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ निर्माण गर्ने सम्झौता भएको टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । सम्झौतापत्रमा टानका अध्यक्ष नीलहरि बास्तोला, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र…